भर्खरै :

भारतले दक्षिण एसियाका सबै देशहरूमा हस्तक्षेप गरेको छ

भक्तपुर, २६ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा भनपा वडा नं. ५ को आयोजनामा विद्यार्थी भेला एवम् प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले सन् १८१६ को सुगौली सन्धी, बेलायत र भारतले प्रकाशन गरेका तत्कालीन नक्साहरु, वि सं. २००९ र २०१८ को जनगणना, कर–तिरो, जलाधार र पानीको बहाव र बग्ने आयतनलगायतका तथ्य र प्रमाणहरुको आधारमा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको बताउनुभयो ।
“भारतले दक्षिण एसियाका सबै देशहरुमा हस्तक्षेप गरेको छ । बेलायतको औपनिवेशिक संस्कार भारत सरकारमा सरेको छ । देशभक्त नेपाली जनताले भारत अतिक्रमित नेपाली भूमि फिर्ता गराउन आन्दोलन गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो ।
उहाँले भारतीय दूतावास घेराउ, जुलुश, कोणसभा, प्रशिक्षणलगायतका कार्यक्रमबाट जनता सचेत हुन थालेको बताउँदै सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य सर्जु फसिकवले विद्यार्थीहरु देशको सार्वभौमिकता र भू–अखण्डता जोगाउन सक्रिय रहनुपर्ने बताउँदै सबै घटनाक्रमबारे सजग रहनुपर्ने स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष प्रविण प्रजापतिले भारतीय विस्तारवादले सुस्तामाथि अतिक्रमणको विरोधमा नेक्राविसङ्घले गरेको बताउँदै सङ्घर्ष अझै चालू रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विमल भोयद्योको सभापतित्वमा भएको सो कार्यक्रममा नविन सिंख्वाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *