भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २६ मंसिर । चाँगुनारायण नगरपालिकाको शैक्षिक क्यालेन्डरअनुसार नगरपालिकाको आयोजना र गणेश माध्यमिक विद्यालय छालिङको व्यवस्थापनमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता बुधबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख वीर खड्काले लोक नृत्यको महत्वबारे स्पष्ट पार्दै नृत्यले बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने र शिक्षण सिकाई क्रियाकलापमा पनि थप टेवा पु¥याउने धारणा राख्नुभयो ।
नृत्यले बालबालिकाको शारीरिक व्यायाम मात्र नभई संवेगात्मक विकास गर्न सहयोग गर्ने भएकोले यस्तो क्रियाकलापहरू नगरपालिकाले महत्वका साथ आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा क्वालिटी इङ्गलिश सेकेन्डरी स्कूल प्रथम, गणेश मा.वि. छालिङ द्वितीय र ज्ञान ज्योति आधारभूत विद्यालय तृतीय हुन सफल भयो ।
प्रतियोगिताको निर्णायकको भूमिका सुलोचना छ्वाजू र अञ्जु लोहलाले निर्वाह गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक रामकृष्ण त्यातले पनि बोल्नुभएको थियो ।
Leave a Reply