ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
क्रिश्चिना
नेपाली जनमानसमा अध्ययनबाट फर्केका विद्यार्थी तथा विशेषज्ञहरूमा आफूले अध्ययन गरेका देशका राम्रा संस्कृतिको पनि प्रभाव परेको अनुमान गरिन्छ । अध्ययनको विषयमा विशेषता हासिल गर्नु एउटा विषय हो र त्यस देशको सामाजिक र राजनैतिक व्यवस्थाबारेको जानकारी एवम् त्यस देशका जनताको व्यवहार, बोलीवचन र आनीबानी (संस्कृति) बारे परिवार, समाज र जनतालाई बताउनन झर्काे मानेको मात्र होइन, त्यसको महत्वसमेत नबुझेको देखिन्छ ।
यसबारे नेपाली नेताहरू र माथिल्ला सरकारी कर्मचारीहरूमा समेत आफ्नो ज्ञान र जानकारीलाई जनतासम्म पु¥याउने भावनाको अभाव खट्किन्छ । अरूले लेखेको भए पनि जङ्गबहादुरको बेलायत यात्रा, यदुनाथ खनाल, ऋषिकेश शाह र अन्य लेखक (तारानाथ शर्मा– कवि, कलाकारहरू (लैनसिंह बाग्देल) का यात्रा वर्णनहरू निश्चय उल्लेखनीय छ । कर्मचारी वा आफूले काम गरेको संस्थाको प्रतिनिधिको रूपमा विदेशको बैठक, सभा र समारोहमा भाग लिने अवसरलाई सदुपयोग गर्ने व्यक्तिहरूमध्ये गोविन्दप्रसाद लोहनीको नाम बरोबर स्मरण र छलफलमा आउँछ ।
तर यसबारे गोरखापत्र, प्रज्ञा प्रतिष्ठान, साझा आदि जिम्मेवार संस्थाका महत्वपूर्ण पात्रहरूको ध्यान नगएकै देखिन्छ । व्यक्ति एउटा पेशासँग सम्बन्धित हुन्छ । मजदुरी, खेतीपाती, शिक्षण, स्वास्थ्य, सरकारी वा अन्य कार्यालयको कर्मचारी आदि । तर, ती व्यक्तिहरू बौद्धिक क्षमता र जानकारी अन्य क्षेत्रमा पनि हुनु स्वाभाविक छ । व्यक्तिको पेशाबाहेक उसको शारीरिक र बौद्धिक क्षमता पनि देशको सम्पति हो, त्यसको उपयोग समाजको निम्ति किन नगर्ने भन्नेबारे सबैले घोत्लिनुपर्ने हो । एक नागरिकको हैसियतले हरेक व्यक्तिले देश र विदेशबाट वा विदेशीबाट सिकेको ज्ञान र व्यवहारबारे जनतासम्म पु¥याउनु एक नागरिकको कर्तव्य हो । जन्मनु आफ्नो इच्छाको विषय होइन । तर, मानिस भएर समाजमा हुर्केपछि हरेक व्यक्तिमा निहीत गुण वा विशेषताले समाजको स्वयम्सेवकको रूपमा प्रयोग गर्नु, कर्तव्यको भावना र मनलाई पनि आनन्द दिने काम हुन्छ । मनमा वर्षौंदेखि गुम्सेको विषयलाई अभिव्यक्त गर्दा मन हुलुका हुन्छ र समाजले त्यसबाट सिक्छ, आज नभए भोलि नभए अर्काे पुस्तामा !
रविन्सन क्रुसो, कोलम्बस, मार्काेपोलो, भास्को डि गामा र अनेक यात्री, संस्मरण र पुस्तकहरूले सयाँै वर्षसम्म र सयौँ वर्षपछि–पाँच दश पुस्तापछि त्यसको उपादेयता प्राप्त हुन्छ । मार्काेपोलोले चीन र युरोपको सम्बन्धलाई सुमधुर गर्न अप्रत्यक्षरूपले सहयोग पु¥यायो ।
तर सोभियत सङ्घमा सयौँ होइन हजारौँ युवाहरूले अध्ययन गरे, विशेषज्ञ भए, तर शतांशले पनि सोभियत सङ्घको समाजबारे नेपाली जनतालाई बताएन । नेपाली जनताले दिएको त्यो अध्ययनको अवसर ‘नेपाल’ लाई दिएको हो व्यक्तिलाई होइन, किनभने व्यक्ति समाजकै एक अङ्ग हो । कसैले भन्लान्–‘यो त मेरो खुबी र योग्यतालाई दिएको हो । कवि देवकोटा जवाफ दिनुहुन्छ– नेपालका कति शेक्सपियरहरू हलो जोत्दै होलान् ।’
हजारौँ युवाहरूलाई सोभियत सङ्घमा अध्ययन गर्न मद्दत गर्नुहुने कृष्णप्रसाद भण्डारीजीलाई ती युवा बुद्धिजीवीहरूले कुन्नि कतिले सम्झेका होलान् ! सोभियत सङ्घमा वर्षको २–४ पटक भ्रमण गर्ने गरेका ‘नेताहरूले’ सोभियत सङ्घका पतनका कारणहरूसमेत नेपाली जनतालाई बताउनु आफ्नो कर्तव्य सम्झेनन्, तिनीहरूमध्ये कति मरे कतिले मृत्युलाई पर्खदैछन् । १०–१५ वर्षसम्म त्यहाँ अध्ययन गरेर फर्केका युवामध्ये सरकारमा गएर मोटरमा झन्डा हल्लाउने र नातागोता स्याहार गर्ने पदको बारेको बाहेक देश र जनताको निम्ति चासो देखाएनन्, काम गरे पनि परचक्रीको निम्ति काम गरे ।
नेकपा (एमालेंएमाओवादी) का नेता र सांसदहरू अचेल चीनको अध्ययन भ्रमणमा गएका गएकै छन् । तर, फेरि पनि सोभियत सङ्घका अध्ययन गरेका विद्यार्थीजस्तै “भालुलाई पुराण’ त हुनै होइन ? त्यसैले होला, चेतनाथ आचार्यले ‘ के सिक्ने चीनबाट’ भन्नेबारे कलम चलाउनुपर्ने ! नत्र नेपाली शासक दलका नेता र सांसदहरूले चीन जानु भनेको बजारमा किन भेल गर्ने अर्थमा लिएमा देश र जनताको निम्ति अनर्थ हुनेछ ।
Leave a Reply