भर्खरै :

आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न

भक्तपुर, २८ मंसिर । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा समन्वयकर्ता भनपा ४ वडा स्वास्थ्य समितिको आयोजनामा शनिबार आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भयो ।
स्थानीय तारा मा.विमा सम्पन्न भएको उक्त शिविरमा प्रमुख अतिथि एवं भनपा मेयर सुनिल प्रजापतिले समय समयमा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य शिविरबाट जनतालाई विभिन्न रोगबारे चेतना प्रदान गर्नुका साथै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
उहाँले नगरबासीहरुको सुस्वास्थ्यका लागि भनपाले चोक चोकमा व्यायामशालाहरुको व्यवस्था गरेको बताउँदै सुसंस्कृत समाजको निम्ति स्वस्थ नागरिकले मात्र महत्वपूर्ण योगदान दिन सक्ने विचार राख्नु भयो ।
विशिष्ट अतिथि एवं नरदेवी चिकित्सालय प्रमुख प्रदिप केसीले आयुर्वेदिक औषधीको उपयोगिताबारे बताउँदै स्वास्थ्य सम्बन्धी बेलैमा सचेत नहुँदा सामान्य रोगबाट पनि मानिसको ज्यान जाने हुनाले स्वास्थ्य जाँचलाई निरन्तरता दिनु पर्छ भन्नु भयो ।
भनपा ४ नं वडाका वडाध्यक्ष कुमार चवालले नियमित स्वास्थ्य परिक्षण र औषधी सेवनले स्वस्थ र दिर्घायु जीवन बाँच्न सकिने बताउँदै खानपिनमा विशेष दिनु पर्ने आवश्यकताबारे प्रकाश पानु भयो ।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र भक्तपुरका डा. नदन कदेलको सभापतित्वमा भएको शिविर उद्घाटन कार्यक्रममा केन्द्रका रामकुमार रायमाझी, रुमाकुमारी झा, स्वास्थ्य समिति संयोजक कृष्णलक्ष्मी दुवाल, सल्लाहकार उपेन्द्र सुवाललगायतले शिविरको सञ्चालनको महत्व र आवश्यकताबारे बोल्नु भयो ।
निशुल्क औषधि वितरण समेत गरिएको उक्त स्वास्थ्य शिविरमा ४ सय ३३ जना वडाबासीले स्वास्थ्य परिक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *