भर्खरै :

देशभर वर्षा र हिमपात

काठमाडौँ, २८ मंसिर । पश्चिमी न्यून चापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शनिबार बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको थियो । मौसमविद्का अनुसार यो क्रम शनिबार बेलुकासम्म कायम रही आइतबारबाट क्रमशः सुधार हँुदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकोले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ”, विभागले भनेको छ ।
विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भूभाग र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही भूभागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *