भर्खरै :

वर्षामा भाडाका बस नचल्ने

जनकपुरधाम, ९ वैशाख । जनकपुर क्षेत्रका तीन सडकखण्ड जीर्ण भएकाले वर्षायाममा सार्वजनिक भाडाका बस सञ्चालन गर्न नसक्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जीर्ण सडकका कारण हुन सक्ने दुर्घटनालाई दृष्टिगत गर्दै वर्षायाममा जनकपुर –भिट्ठामोर–मटिहानी, जनकपुर–जटही र जनकपुर–तिनकौरिया–सघारा सडकखण्डमा सार्वजनिक बस सेवा बन्द गर्ने जनाएको छ ।
वर्षायामको जोखिमलाई ध्यानमा राखी उक्त सडकखण्डमा बस सञ्चालन गर्न नसकिने सङ्घद्वारा जारी विज्ञप्तिमा उल्ले छ । सङ्घका अध्यक्ष मनोजकुमार चौधरीले वर्षाले सडक हिलाम्य भई बस सञ्चालनमा समस्या हुने गरेकाले वैकल्पिक मार्ग निर्माणतर्फ ध्यान जानु जरुरी भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *