भर्खरै :

चीन, पश्चिमा देश र पुँजीवाद

विकासको उचाइ हासिल गर्दै गर्दा पश्चिमा देशहरूसँग व्यवहार गर्ने र उनीहरूलाई बुझ्ने तरिका फरक बन्दै गएको छ । अर्को शब्दमा भन्नुपर्दा पुँजीवादप्रति चिनियाँ जनताको बुझाइ थप प्रस्ट र वस्तुगत बन्दै गएको छ ।
संरा अमेरिका पुँजीवादको प्रतिनिधि हो । धेरै चिनियाँहरू संरा अमेरिकाको प्रशंसा गर्थे । तर, चीन र संरा अमेरिकाबीच अन्तर्निभर स्वार्थ बढ्न थालेपछि चिनियाँ जनताले संरा अमेरिकालाई हेर्ने दृष्टिकोण भिन्न हुँदै गएको छ ।
संरा अमेरिका शक्तिशाली छ । तर, उससँग धेरै समस्या छन् र धेरै गल्ती पनि गर्छ । संरा अमेरिकी प्रतिनिधिसभा यतिबेला आफ्ना राष्ट्रपतिलाई महाभियोग लगाउने तयारी गरिरहेको छ ।
धेरै समयअघि संरा अमेरिकाको यस्तो अभ्यासलाई चिनियाँ जनताले शक्ति सन्तुलनको उत्तम उदाहरणको रूपमा हेर्थे । तर, आजभोलि उनीहरू यसलाई संरा अमेरिकाको फोहोरी खेलको रूपमा लिन थालेका छन् ।
राष्ट्रपतिमाथि महाभियोग लगाउने दुई खेमा डेमोक्रेटिक र रिपब्लिकनमा विभाजित छन् । पछिल्ला वर्षमा संरा अमेरिकी राजनीतिक दलहरूबीचको लगातारको द्वन्द्वका कारण सरकारी काम नै ठप्प हुनुले अमेरिकी प्रणालीको अकर्मण्यता प्रस्ट हुन्छ ।
संरा अमेरिकी मिडियाले सार्वजनिक गरेका गोप्य दस्तावेजले अफगानिस्तान युद्धमा संरा अमेरिकी सरकारले जनतालाई झुक्याइरहेको स्पष्ट हुन्छ । अफगान युद्धमा संरा अमेरिकाले जित्ने सम्भावना नभएको वास्तविकता सरकारलाई थाहा हुँदाहुँदै उसले युद्धमा प्रगति भइरहेको बताइरह्यो । फलतः अफगान युद्ध १८ वर्ष लम्बियो । दुई त्रिलियन अमेरिकी डलर खर्च भयो । लाखौँ मानिस मारिए र घाइते भए । तर, त्यत्रो लडाइँले संरा अमेरिकालाई केही लाभ दिन सकेन । त्यस्ता गल्ती गर्नबाट संरा अमेरिकी प्रजातान्त्रिक प्रणालीले रोक्न सकेन । न त युद्धको सहज समाधान गर्नसक्यो ।
चीनसँगको व्यवहारमा पनि संरा अमेरिकी नीतिगत हचुवापना, बहुलठीपना र मूर्खता देखिएको छ । संरा अमेरिकाले वस्तुगत अवस्थाको जगमा नीति बनाउन सकेको छैन । चीनलाई उसले गलत ढङ्गले बुझ्ने गरेको छ । उसका धेरै व्यवहार आफ्नो दीर्घकालीन हितअनुकूल छैन ।

संरा अमेरिकी मिडियाले सार्वजनिक गरेका गोप्य दस्तावेजले अफगानिस्तान युद्धमा संरा अमेरिकी सरकारले जनतालाई झुक्याइरहेको स्पष्ट हुन्छ । अफगान युद्धमा संरा अमेरिकाले जित्ने सम्भावना नभएको वास्तविकता सरकारलाई थाहा हुँदाहुँदै उसले युद्धमा प्रगति भइरहेको बताइरह्यो । फलतः अफगान युद्ध १८ वर्ष लम्बियो । दुई त्रिलियन अमेरिकी डलर खर्च भयो । लाखौँ मानिस मारिए र घाइते भए । तर, त्यत्रो लडाइँले संरा अमेरिकालाई केही लाभ दिन सकेन । त्यस्ता गल्ती गर्नबाट संरा अमेरिकी प्रजातान्त्रिक प्रणालीले रोक्न सकेन । न त युद्धको सहज समाधान गर्नसक्यो ।

संसारका अरु पुँजीवादीहरूबारे पनि चर्चा गरौँ । दसकअघि चीनकै जस्तै परिस्थिति भएको भारत आज विकासमा चीनभन्दा निकै पछि परेको छ । संसारका बहुमत विकासशील देशहरूले पुँजीवादी राजनीतिक प्रणाली अपनाए । तर, निकै थोरैले मात्र तीव्र विकास र सुशासन हासिल गर्न सके । अधिकांश त्यस्ता देशको प्रस्तुत निकै अल्छीलाग्दो देखियो । केही देश त अराजकताको दलदलमा फसेका छन् ।
यी सबै कारणले कम्तीमा चिनियाँ जनतालाई पुँजीवाद मृत्युञ्जयी बुटी नभएको प्रस्ट पार्छ । पश्चिमा देशहरूको आर्थिक र सामाजिक विकासले पुँजीवादको संस्थागत लाभ प्रमाणित गर्दैन । विकसित देशहरूमा देखिएका धेरै थरी समस्याले पुँजीवादी व्यवस्थाका संस्थागत कमजोरी प्रतिबिम्बित गर्छ । पुँजीवादी व्यवस्थाको तस्वीर आज निकै जटिल खालको छ र यो लगातार ओरालोलाग्दो छ ।
हङकङमा फैलिएको अराजकताले मूलभूमि चीनलाई ‘राजनीतिक पाठ’ पढाएको छ । वास्तवमा समृद्ध हङकङको समाजमा धेरै थरी प्रणालीगत कमजोरी लुकेको छ । त्यसकारण त्यो सहर अराजकतासामु टिक्न सकेन । कानुनी शासन सजिलै चकनाचुर भयो ।
हामी उच्च सैद्धान्तिक संसारमा बाँचेका छौँ । हरेक देशको लागि राजनीतिक प्रणाली आधार संरचना हो । तर, देश देशबीचको प्रतिस्पर्धाले सङ्घर्षको माध्यमको रूपमा एकअर्काको राजनीतिक प्रणालीलाई निषेध गर्न खोजेको देखिन्छ ।
पछिल्ला दसकमा चीनको उच्चस्तरको खुलापनले वैचारिक क्षेत्रमा उसले आफूलाई फैलाएको छ । चीनले दिगो तरिकाले चिनियाँ विशेषतासहितको समाजवादी बाटो पछ्याएको छ । साथै संसारबाट सिक्ने काम पनि जारी नै राखेको छ ।
खुलापनाको चस्माले हामीले सबै प्रकारका पुँजीवादी व्यवस्थालाई नजिकबाट हेरिसक्याँै । तिनका धेरै थरी समस्यालाई पनि नियाल्यौँ । यसबीच संरा अमेरिका र अरु पश्चिमा देशहरूले बिनाआधार ‘इतिहासको अन्त्य’ लाई पत्याइरह्यो । वास्तविकताभन्दा पर गएर चीनको राक्षसीकरण गर्ने काम गरिरह्यो ।
सुधार गर्नसक्ने क्षमता भएको एउटा देशलाई त्यसले के लछारपाटो लगाउन सक्थ्यो र ¤ कुनै पनि देशको सरकारी प्रणाली पूर्ण हुँदैन । समयको परिवर्तनसँगै लगातारको परिवर्तनले देशमा प्रगति हुने हो ।
सुधारको क्षमताको जहाँसम्म कुरा छ, पश्चिमा पुँजीवादी देशहरूजस्तै संरा अमेरिका संसारको लागि उदाहरणीय देश अब रहेन ।
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *