भर्खरै :

सत्तासीन एमाले–माओवादी साम्राज्यवादको दलाल ¤

–प्रकाश
सत्तासीन पार्टी एमाले–माओवादी अर्थात् नेकपाभित्र संरा अमेरिकाले अनेक सर्तसहित दिएको मिलेनियम च्यालेन्ज कोपरेसन –एमसीसी स्वीकार्न हुने या नहुनेबारे बहस भएको खबर प्रकाशमा आयो । पार्टीका नेता कार्यकर्ताहरूको अभिव्यक्ति र व्यवहार देखेर उक्त पार्टीलाई नेकपा भनी सम्बोधन गर्नु स्वयम् झूटलाई मान्यता दिनुसरह हुन्छ । एमाले–माओवादी नै भन्नुपर्ने अवस्था पनि छ किनकि ती दुई पार्टी अझै व्यवहारमा पूर्णरूपमा मिलेका छैनन् ।
त्यस पार्टीभित्र एमसीसीको विरोध गर्ने नेताहरूले साँच्चै सिद्धान्तबाट प्रेरित भएर विश्व साम्राज्यवादको नाइके संरा अमेरिकाको सर्तसहितको सहयोग लिनु हुँदैन भनेका हुन् कि आफू सरकारमा बस्न नपाएको झोँकमा भनेका हुन् छिट्टै साबित पनि होला । एमाले–माओवादी सरकारले भने एमसीसी सम्झौतालाई जसरी भए पनि संसद्बाट अनुमोदन गराउने भनेको छ । सरकारको प्रवक्तासमेत रहेका उक्त पार्टीका नेताले भने संसद्को अबको अधिवेशनबाट एमसीसी पारित हुने भन्दै पार्टीभित्र भइरहेको बहसले सरकारको काम कारबाहीमा कुनै असर नगर्ने पनि प्रस्ट पारे । मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा हुन् भन्दै उनले केही व्यक्तिका निजी धारणाले एमसीसी संसद्बाट पारित हुन नरोकिने बताए ।
यदि त्यसो भएमा उक्त पार्टीकै नेताहरूको भनाइअनुसार सरकार संरा अमेरिकाको दलाल हुन पुग्नेछ । एमसीसी सहयोग अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको अङ्ग भएको भन्दै नेकपाका नेताहरूले नै विरोध गरिरहेका छन् । विचारबाटै पार्टी बन्ने हो । पार्टीले सरकार चलाउने हो । त्यसको अर्थ पैसामात्र प्राप्त हुने हो भने सत्तासीन एमाले–माओवादी पार्टीले विचारलाई तिलाञ्जली पुनः पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *