भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
प्रतिष्ठा
तिम्रो पार्टी
आज सरकारमा छ
तर, सिद्धान्त छैन
चुनाव जित्न
सरकार बनाउन
भ्रष्टाचार गर्न
कमिसन कुम्ल्याउन
सिद्धान्तहीन गठबन्धन गर्छ ।
आज तिम्रो पार्टीलाई
आन्दोलन प्रिय छैन
सहयोद्धा त शत्रु नै भयो ।
कस्तो तिम्रो सरकार ?
डिजाइन र इस्टिमेट
कन्सल्टेन्सीले गर्छ
निर्माण कन्ट्रयाक्टरले गर्छ
के तिम्रा कर्मचारी र प्राविधिक
फाइल कुर्नमात्र योग्य हुन्
र ?
तिम्रो पार्टी
आन्दोलन बिर्सने
ठेकेदारमात्र प्रिय हुने ठान्ने ।
उपभोक्ता समिति
जनताको सहभागिता
आर्थिक अनुशासन
सुन्नै नचाहने
आफ्नै कार्यकर्तालाई
‘बाँडेर खाने’ आरोप लगाउने
संस्कृति र संस्कार
सिकाउँदै नसिकाउने
कस्तो थियो ? कस्तो भयो ?
तिम्रो पार्टी र सरकार आज ?
– २०७६ पुस ४
Leave a Reply