कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
विश्व सर्वहारा वर्गको आन्दोलनका अर्थात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका, अझ श्रमिक वर्ग वा शोषित पीडित जनताकै मुक्ति आन्दोलनका अग्रणी नेताहरूमा माक्र्स, एँगेल्स र लेनिनपछि स्तालिनको नाम आउँछ । माक्र्स र एँगेल्सले विश्व सर्वहारा वर्गको कम्युनिस्ट आन्दोलनको सुरुवात गर्नुभयो र त्यस आन्दोलनको पथप्रदर्शक सिद्धान्त प्रदान गर्नुभयो । माक्र्सवादी सिद्धान्तको जन्म पुँजीवादविरोधी आन्दोलनको युगमा निस्केको थियो । पुँजीवादको विकसित रूप साम्राज्यवादको जन्म भएपछि साम्राज्यवादको युगको माक्र्सवादको विकसित सिद्धान्तको रूप लेनिनवाद सर्वहारा वर्गको क्रान्तिको निर्देशक सिद्धान्त बन्न गयो ।
माक्र्सवाद–लेनिनवादको निर्देशक सिद्धान्तको ध्वजामुनि सोभियत सङ्घको समाजवादी क्रान्ति र निर्माणलाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने काममा का. स्तालिनको अविस्मरणीय योगदान रहेको छ । महान् अक्टोबर समाजवादी क्रान्ति लेनिनको नेतृत्व र निर्देशनमा सम्पन्न भएको थियो । फलस्वरूप विश्वको पहिलो सर्वहारा वर्गीय शासन–सत्ता र समाजवादी राज्य सोभियत सङ्घको स्थापना भएको थियो । बोल्सेभिक क्रान्तिको विजय वास्तवमा समाजवादी क्रान्तिको सुरुवात थियो, अन्त होइन, किनभने क्रान्तिको सच्चा अर्थ परिवर्तन हो, समाजको रूपान्तर हो । सोभियत शासन–सत्तालाई आफ्नो हातको सशक्त हतियारको रूपमा प्रयोग गरेर समाजवादी क्रान्ति सञ्चालन गर्ने कार्य त बोल्शेभिक क्रान्तिको सफलताले सुरु भएको थियो । लेनिनले सोभियत सङ्घको स्थापना गर्नुभयो । तर, उहाँ धेरै समयसम्म बाँच्नु भएन र समाजवादी क्रान्ति र निर्माण गर्ने काममा सशक्त नेतृत्व र निर्देशन स्तालिनले दिनुभयो । यो काम विश्व कम्युनिस्ट आन्दोलनमा का. स्तालिनको अमर योगदान थियो ।
त्यसबेलाको परिस्थितिमा विश्व कम्युनिस्ट क्रान्तिको केन्द्र तथा आधार सोभियत सङ्घ थियो । सोभियत सङ्घमा समाजवादको निर्माणलाई अगाडि बढाउनमात्र होइन विश्वको पहिलो (तथा त्यसबेलाको एकमात्र) समाजवादी राज्य जोगाउन पनि का.स्तालिनको अविस्मरणीय योगदान थियो । का. स्तालिनको उज्ज्वल तथा सबल नेतृत्वले नाजी जर्मनी, फासिस्ट इटाली र सैन्यवादी जापानको संयुक्त शक्तिलाई हराउन प्रमुख भूमिका लिएको थियो । दोस्रो विश्व युद्धमा हिटलर मुसोलिनी–तोजाले प्रतिनिधित्व गरेको जर्मनी–इटाली–जापानको साठगाँठ (जसलाई आक्सिस पावर भनिन्छ) लाई एल्लाइड पावर (बेलायत, अमेरिका, सोभियत सङ्घ, फ्रान्स र चीनसमेत पाँच राष्ट्रको संयुक्त गठबन्धन) ले परास्त गरेको थियो । तर, वास्तवमा विश्व मानवताको दुश्मन आक्सिस साठगाँठलाई हराउन मुख्य भूमिका स्तालिनको नेतृत्वले गरेको थियो । त्यसबेला आक्सिस–विरोधी गठबन्धनका पाँच राष्ट्रमध्ये फ्रान्सलाई नाजी जर्मनीले कब्जा गरिसकेको थियो, बेलायत पनि नाजी जर्मनीद्वारा गरिएको निरन्तर बम वर्षाले निकै कमजोर भएको थियो ।
त्यसबेलाको कोमिन्ताङ चीनको ठूलो भूभाग जापानले कब्जा गरिसकेको थियो । अमेरिका युद्धको त्यति ठूलो मारमा नपरे पनि अर्थात् कमजोर नभए पनि लडाइँमा खुलेर लागेको थिएन । तर, युरोपको सम्पूर्ण पूर्वी भाग कब्जा गरेर सोभियत सङ्घको रुस भित्रसम्म घुसिसकेको हिटलरको नाजी जर्मन सेनालाई लखेट्दै लगी जर्मनीसम्मै पु¥याएर अन्तिमरूपमा हराउने काम सोभियत लाल सेनाले गरेको थियो । यस क्रममा का. स्तालिनको सोभियत लाल सेनाले पूर्वी युरोपका राष्ट्रहरूलाई मुक्त पारे तथा त्यहाँका जनतालाई समाजवादी गणतन्त्र र जनगणतन्त्रहरू स्थापना गर्न मद्दत पु¥याए । एसियामा पनि ३६ वर्षमा कोरिया कब्जा गरी उपनिवेशन बनाई बसेको जापानी साम्राज्यवादी सेनालाई हराई कोरिया मुक्त पार्न पनि सोभियत लाल सेनाको अहम् भूमिका रह्यो । फासिस्ट शक्तिहरूलाई परास्त गरी विश्व मानव जातिको स्वाधीनता रक्षा गर्न यसरी विशिष्ट योगदान का. स्तालिनले गर्नुभयो । इतिहासमा का. स्तालिनको विशिष्ट स्थान छ ।
सैनिक रणनीतिज्ञ सिद्ध गरेको सच्चा अन्तर्राष्ट्रवादी क्रान्तिकारीको हैसियतले स्तालिनले विश्व मानव जातिको स्वाधीनताको निम्ति सोभियत सङ्घको तर्फबाट ठूलो बलिदान गर्नुभएको थियो । दोस्रो विश्व युद्धमा दुई करोड सोभियत नागरिकहरूले प्राणको आहुति दिएका थिए । सैद्धान्तिक क्षेत्रमा पनि का. स्तालिनले विशिष्ट योगदान दिनुभएको थियो । आफ्ना अमर सैद्धान्तिक कृतिहरूद्वारा उहाँले माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक भण्डारलाई समृद्ध पार्नुभएको मात्र होइन, माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक विकासमा पनि उल्लेखनीय योगदान दिनुभएको थियो । उहाँको नेतृत्व काल (जीवन काल) मा प्रकाशित गरिएको ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’ मा उहाँद्वारा लिखित ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’ शीर्षकको एक अध्याय माक्र्सवादी विश्व दर्शनको अत्यन्त सरल र स्पष्ट व्याख्या गरिएको एक अमर दार्शनिक ग्रन्थ बनेको छ । त्यसैगरी का. स्तालिनले लेख्नुभएको ‘लेनिनवादका प्रश्नहरू’ भन्ने पुस्तक र उहाँको जीवनको अन्तिम समयतिर लेख्नुभएको ‘सोभियत सङ्घमा समाजवादका आर्थिक समस्याहरू’ नामक कृति माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक क्षेत्रका अमर क्लासिक्स्मा गनिएका कृति हुन् ।
माक्र्सवाद–लेनिनवादको विकासको साथै विश्व कम्युनिस्ट आन्दोलनमा एक रणनैतिक योगदान ठहरिएको उहाँको कार्य जनवादी जनतन्त्र (पिपल्स् डेमोक्रेसी) बारे उहाँको सैद्धान्तिक धारणा हो । पुँजीवादको राम्ररी विकास भइनसकेको पुँजीवादी क्रान्तिको अभिभारा पूरा गर्न बाँकी रहेका समाजहरूमा (खासगरी एसियाका उपनिवेशहरू र अर्ध उपनिवेशहरूमा) सर्वहारा वर्गको आन्दोलनको कस्तो रूप हुन्छ र सर्वहारा वर्गले राज्य–सत्ता कब्जा गरेपछि त्यस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्नभन्दा पहिलेका जनवादी क्रान्ति (सर्वहारा वर्गको पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति) को चरणबारे र त्यस क्रान्तिलाई सञ्चालन गर्नेबारे का.स्तालिनका निर्देशनहरूको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण स्थान छ ।
हुन त आ–आफ्नो देशको ठोस परिस्थितिसित मिल्ने गरी माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मकरूपले प्रयोग गरी भियतनाममा हो चि मिन्हको नेतृत्वमा र कोरियामा किम इलसङको नेतृत्वमा ती देशहरूका कम्युनिस्टहरूले जनवादी क्रान्तिहरू सम्पन्न गरी जनगणतन्त्रहरू स्थापना गरे र समाजवादी क्रान्तिको निम्ति आधार तयार गरे । चिनियाँ क्रान्तिको यथार्थतासित माक्र्सवाद लेनिनवादका सिद्धान्तहरूको सर्वव्यापी सत्यलाई जोडेर पिपल्स डेमोक्रेसीको एक प्रकार ‘नयाँ जनवाद’ को धारणा, नयाँ जनवादी क्रान्तिको विस्तृत कार्यक्रम र औपनिवेशिक तथा अर्ध औपनिवेशिक नियन्त्रण हटाउने मुक्ति सङ्घर्ष र सामन्तवादबाट मुक्त हुने जनतान्त्रिक क्रान्ति दुवै पक्षलाई अँगाल्ने क्रान्तिको स्वरूपबारे नयाँ जनवादी क्रान्तिका सिद्धान्त र कार्यक्रम का. माओ त्सेतुङले प्रस्तुत गर्नुभयो । यी सबैमा का.स्तालिनको प्रेरणाले निकै काम गरेको थियो ।
एकातिर मानव मुक्तिको लागि यति ठूलो योगदान का.स्तालिनले गर्नुभएको थियो भने साम्राज्यवादी–पुँजीवादी खेमाले स्तालिनविरुद्ध विश्वव्यापी मनपरी प्रचार गरेर उहाँलाई एक क्रूर दानवतुल्य अत्याचारी तानाशाहको रूपमा प्रस्तुत गर्न खोजेका छन् । यो प्रचार स्तालिनको जीवनकालमा भन्दा पनि उहाँको मृत्युपछि झन् तीव्र तुल्याइएको छ र विश्वका कैयौँ देशहरूमा समाजवादी व्यवस्था ढलेको अवस्थामा समाजवादी व्यवस्थामा अडिग हुने धारणा लिने जतिलाई ‘स्तालिनवादी’ भन्ने बिल्ला लगाउँदै छन् । स्तालिनको विरोधमा साम्राज्यवादी प्रतिक्रियावादीहरूलगायत सबै प्रकारका समाजवाद विरोधीहरूले यसरी लागिपर्नुले के सिद्ध गर्दछ भने स्तालिनका विचार तथा योगदानहरू आधारभूतरूपले समाजवादको पक्षमा छन् । विश्व कम्युनिस्ट आन्दोलनका एक विशिष्ट नेता माओ त्सेतुङ्गले भन्नुभएझैँ शत्रुले निन्दा गर्दछ भने त्यो त खुसीको कुरा हो, यसले त आफू ठीक ठाउँमा छ, आफ्नो नीति सही छ भन्ने देखाउँछ, बरु शत्रुले तारिफ गर्नथाल्यो भने आफू आफ्नो कार्यदिशामा राम्ररी अड्न सकिएन कि भनी होसियार रहनुपर्दछ । घोषित शत्रुको स्तालिनविरोधी निन्दाबारे त अरु भन्नु आवश्यक छैन ।
माक्र्सवाद–लेनिनवादको विकासको साथै विश्व कम्युनिस्ट आन्दोलनमा एक रणनैतिक योगदान ठहरिएको उहाँको कार्य जनवादी जनतन्त्र (पिपल्स् डेमोक्रेसी) बारे उहाँको सैद्धान्तिक धारणा हो । पुँजीवादको राम्ररी विकास भइनसकेको पुँजीवादी क्रान्तिको अभिभारा पूरा गर्न बाँकी रहेका समाजहरूमा (खासगरी एसियाका उपनिवेशहरू र अर्ध उपनिवेशहरूमा) सर्वहारा वर्गको आन्दोलनको कस्तो रूप हुन्छ र सर्वहारा वर्गले राज्य–सत्ता कब्जा गरेपछि त्यस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न गर्नभन्दा पहिलेका जनवादी क्रान्ति (सर्वहारा वर्गको पार्टीको नेतृत्वमा पुँजीवादी क्रान्ति) को चरणबारे र त्यस क्रान्तिलाई सञ्चालन गर्नेबारे का.स्तालिनका निर्देशनहरूको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण स्थान छ ।
समाजवादका घोषित अर्थात् शत्रु साम्राज्यवादी पुँजीवादीहरूमात्र होइनन् आफूलाई कम्युनिस्ट भनी दाबी गर्ने समाजवादी आन्दोलनभित्र घुसेका ‘छुपे रुस्तम’ (लुकेका शत्रु) हरूले पनि स्तालिनको हुनसम्म निन्दा गरेका छन् । बरु, तिनीहरूको आलोचनाले आम जनतामा केही भ्रम फैलाउन सक्दछ, त्यसकारण संशोधनवादीहरूको स्तालिन–विरोधी प्रचारको तथ्यहिनताबारे राम्ररी भण्डाफोर गरिनु आवश्यक छ । खासगरी स्तालिनको मृत्युपछि उहाँकै देश सोभियत सङ्घमा उहाँको पार्टीको नेतृत्व वर्गमा पुगेका खु्रश्चेव–मण्डलीले गरेको सोभियत कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनमा स्तालिनमाथि लगाइएका केही आलोचनाहरू र आरोपहरूमध्ये एक दुईवटा विचारणीय कुराहरूबारे यहाँ छलफल गरौँ । उनीहरूद्वारा गरिएका गाली र निन्दाका शब्दहरूबारे त केहीँ टिप्पणी गर्नु आवश्यक छैन । स्तालिनमाथि गरिएको सबभन्दा ठूलो आलोचना नै उहाँले ‘व्यक्तिपूजा’ को परम्परा बसालेको रे, अनि व्यक्तिपूजा (पर्सनालिटी कल्ट) माक्र्सवाद–लेनिनवादको विपरीत धारणा भएकोले त्यसको विरोध गर्नुपर्दछ भन्ने थियो । स्तालिनप्रति अन्धभक्ति र उहाँका निर्देशनहरूलाई अन्धरूपले पालन गर्ने काम स्तालिनले नै गराएको हो कि भनी ती चापलुसी – अवसरवादीहरू (जसले उहाँको मृत्युपछि यो आलोचना गरेका थिए) ले गरेका हुन् । खु्रश्चेव आफैँले स्वीकार गरेका थिए कि स्तालिनलाई खुसी पार्नका निम्ति उनी आफँैले भालु बनेर नाचेका थिए रे । एक क्रान्तिकारी पार्टीभित्रको नेतृ समूहमध्येको प्रमुख नेताको स्थान र महत्वलाई स्वीकार्नु नै ‘व्यक्तिपूजा’ होइन । पार्टी नेताको निर्देशन सर्वहारा वर्गको हित र आकाङ्क्षाको प्रतिनिधित्व गर्दछ भने त्यो हुकुमी आदेश होइन । बरु, नेताको निर्देशनलाई मान्नु व्यक्तिपूजा होइन नेताको आदेशलाई द्वन्द्वात्मक दृष्टिकोण नलिई यान्त्रिक तवरले मान्ने र मान्न लगाउने प्रथाले ‘व्यक्तिपूजा’ को विकास गर्दछ । का. स्तालिनले जीवनभरि नै समाजवादी सोभियत सङ्घलाई ध्वस्त पार्न खोज्ने शत्रुहरूको आक्रमण र पार्टीभित्रका दक्षिणपन्थी र वामपन्थी विचलनहरूको विरुद्ध अथक लडाइँ लडिरहनुमा व्यस्त हुनु परेको थियो । यस्तो बेला स्तालिनप्रति चाकडी चाप्लुसी र अन्धभक्तिको जञ्जाल खडा गर्नेहरू त ती मौका खोर तत्वहरू नै थिए, जसले पार्टीको नेतृत्व हडपेर आफ्नो संशोधनवादी कार्यदिशा लागू गर्न खोजिरहेका थिए ।
जे होस् ‘व्यक्तिपूजा’ को रोगको विरुद्ध सङ्घर्ष त गर्नु आवश्यक छ, तर सोभियत पार्टीको बीसौँ काँग्रेस (महाधिवेशन) मा ‘व्यक्तिपूजा’ विरोध गर्ने नाममा व्यक्तिको विरोध गर्न पुगे, यो अवसरवादको पराकाष्टा थियो ।
स्तालिनको विरोध गर्दै खु्रश्चेव–मण्डलीले ‘दोस्रो महायुद्धमा फासिस्ट नाजी शक्तिलाई परास्त गर्नुको श्रेय स्तालिनको होइन, लालसेनाको थियो’ भन्नेसम्म पनि भन्न पुगे । सोभियत लालसेनालाई हिटलरको नाजी सेनाविरुद्ध युरोपमा लड्न निर्देशन दिने अनि जापानी साम्राज्यवादीहरूलाई कोरियाबाट धपाउन लालसेना पठाउने निर्णय गर्ने त स्तालिन नै थिए । साथै खु्रश्चेव–मार्का संशोधनवादीहरूले दोस्रो महायुद्धमा स्तालिनको गलत निर्णयले गर्दा ‘२ करोड सोभियत नागरिकहरूको प्राण बलिदान गर्नुपरेको थियो’ भन्ने आरोप पनि लगाए । यो आरोपमा रुसी राष्ट्रवादी अहड्ढारवाद तथा सङ्कीर्ण राष्ट्रवादी स्वार्थको अभिव्यक्ति स्पष्टै देखिन्छ । अर्को कुरा नाजी फासिस्ट शक्तिविरुद्ध लड्दा भोग्नु परेको बलिदानको दोष स्तालिनलाई दिने तर त्यस बलिदानबाट प्राप्त विजयको श्रेय फेरि स्तालिनलाई नदिने पूर्वाग्रही धारणा खु्रश्चेववादीहरूले देखाएका छन् ।
स्तालिनले सोभियत राज्य पार्टीलाई नेतृत्व दिँदा धेरै गल्तीहरू गरेका थिए, उनका निर्णयहरू ‘तरङ्ग’ र ‘लहडबाजी’ मा दिइन्थे भन्ने आलोचना पनि स्तालिनमाथि गरिएको छ । स्तालिनले गल्ती नै गरेका थिएनन् भनी भन्न सकिन्न । केहीँ पनि काम नगर्नेले मात्र गल्ती पनि गर्दैन । विश्व सर्वहारा आन्दोलनका महान् गुरुहरूमा माक्र्सका पनि कैयौँ भविष्यवाणीहरू गलत निस्के । लेनिनका विश्लेषणहरू पनि गलत निस्केका छन्, माओ त्सेतुङका पनि गल्तीहरू नभएका होइनन् । स्तालिनले गल्तीहरू गरे भन्ने खु्रश्चेवको आरोपबारे का. किम इल सङले एक फेरा भन्नुभएको थियो, “स्तालिन मान्छे थिए, बुद्ध होइनन्, मान्छेले गल्ती गर्नु स्वाभाविक थियो ।” तर मुख्य कुरा त स्तालिनका ती केही गल्तीहरू परिस्थितिको विश्लेषणमा र त्यसको आधारमा नीति तर्जुमा गर्दा भएका थिए । यसको मतलब स्तालिनको सिद्धान्त, दृष्टिकोण र निर्णय आधार नै त्रुटिपूर्ण थिए भन्न सकिन्न “स्तालिनको सोचाइमा काफी हदसम्म अवस्तुवादी मेटाफिजिक्स थियो” भन्ने कामरेड माओ त्सेतुङले गरेको आलोचना पनि सही मान्न गा¥हो छ, किनभने गल्तीहरू हुँदैमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट विचलन भन्न मिल्दैन ।
खासगरी सोभियत कम्युनिस्ट पार्टीको बाइसौँ काँग्रेसमा ख्रुश्चेव संशोधनवादी नेतृ–समूहले स्तालिनका ‘खराब कामहरू’ को प्रतिवेदन दिँदै ‘डिस्तालिनाइजेसन’ (स्तालिनलाई मेट्ने कार्य) का कदमहरूको घोषणा ग¥यो । पार्टीविरोधी कार्य गरेको आरोप लगाई स्तालिनले धेरै निरपराध मानिसहरूको हत्या गरे भन्ने आरोप पनि स्तालिनमाथि लगाइएको छ । निश्चय पनि सन् १९३३–३६ को शुद्धीकरण अभियानमा निरपराध मानिसहरू पनि मारिएका थिए, यो गल्तीलाई खु्रश्चेवले पार्टीको बाइसौँ काँग्रेसको रिपोर्ट दिँदा समापन भाषणमा ‘यसरी मानिसहरू मार्नुको अर्थ हो स्तालिनद्वारा अख्तियारको दुरूपयोग र व्यक्तिको कल्ट (व्यक्तिपूजा) को सच्चा अर्थ यो हो’ उल्लेख थियो । निरपराध मानिस मारिनु ज्यादै दुःखद घटना हो, तर त्यसैलाई ‘व्यक्तिपूजा’ को रूप भन्न मिल्दैन । सन् १९३३–३६ को शुद्धीकरण अभियानमा गल्तीहरू भएको कुरा स्वयम् स्तालिनले पार्टीको अठारौँ काँग्रेसको रिपोर्टमा भन्नुभएको थियो, “गल्तीहरू भएनन् भन्न सकिन्न र जति गल्ती हुनु स्वाभाविक थियो त्योभन्दा गल्तीहरू पनि भएका थिए । तर त्यस्तो आम शुद्धीकरणको अब आवश्यकता छैन । तैपनि सन् १९३३–३६ को शुद्धीकरण अनिवार्य आवश्यकता थियो र त्यसको समग्र नतिजा त राम्रै भयो ।” जहाँसम्म निरपराध व्यक्तिहरूको हत्या भएको थियो, त्यसको जिम्मेवारी पार्टीको नेताको हैसियतले स्तालिनको कति हदसम्म थियो र त्यसबेला पार्टीमा जरो गाडेर बसेको कर्मचारीतन्त्र वा ‘ब्युरोक्रेसी’ (जसको विरुद्ध स्तालिनले अथक सङ्घर्ष गरिरहनुभएको थियो) कति हदसम्म दोषी थियो त्यसको मूल्याड्ढन पूर्वाग्रही खु्रश्चेववादीहरूले कहिल्यै गरेनन् ।
माथि नै भनिसकिएको छ, का. स्तालिनद्वारा लिखित ‘सोभियत सङ्घमा समाजवादका आर्थिक समस्याहरू’ भन्ने कृति माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक भण्डारमा अमूल्य शास्त्रीय ग्रन्थ हो । स्तालिनलाई बदनाम गर्न लागिपरेका खु्रश्चेव र मिकोयानले सोभियत पार्टीको बीसौँ काँग्रेसमा स्तालिनको यो सैद्धान्तिक कृति मूलभूतरूपले गलत थियो भनी प्रचार गरे । खु्रश्चेवले ‘उत्पादनको पूर्णरूपले बन्द भएको’ भन्ने धारणा गलत छ भनी अप्रत्यक्षरूपले स्तालिनको आलोचना गरे । मिकोयानले पनि पुँजीवाद गम्भीर सड्ढटमा फसेको बेलामा पनि पुँजीवादी अर्थतन्त्रमा ‘उत्पादनको वृद्धिमा पूर्ण गतिरोध वा पूरै बन्द हुने’ भनी स्तालिनले गरेको कुरा एकदम गलत छ भनी त्यस पुस्तकको आलोचना गर्न पुग्यो । वास्तवमा स्तालिनले ‘उत्पादनको वृद्धि पूरै रोकिन्छ’ भनी भन्नुभएकै छैन, उहाँका शब्दहरू त यी हुन् “तैपनि यी देशहरूमा उत्पादनका वृद्धि अझ साँगुरो आधारमा अगाडि बढ्ने छ, किनभने यी मुलुकहरूमा उत्पादनको परिमाण घट्ने छ ।” स्तालिनका शब्दहरूको पछिल्लो आधी वाक्यांश “यी मुलुकहरूमा उत्पादनको परिमाण घट्ने छ” मात्र उद्धृत गरी जानाजान कुरा बङ्ग्याएर मिकोयानले खु्रश्चेवद्वारा स्तालिनमाथि गरिएको आरोपको समर्थन गर्ने कुत्सित प्रयत्न गरेको छ ।
वास्तवममा संशोधनवादीहरूको अभिप्राय सोभियत सङ्घमा विस्तार विस्तारै समाजवादलाई शिथिल पार्दै लगेर अन्तमा पँुजीवादको पुनःस्थापना गर्ने थियो, यसको लागि सोभियत सङ्घका जनतामा लेनिन र स्तालिनको प्रभाव हटाउनु आवश्यक थियो । लेनिनलाई एकैपल्ट आलोचना गर्ने आँट उनीहरूमा भएन, पहिले स्तालिनमाथि आक्रमणको तारो केन्द्रित गरी स्तालिनको प्रभाव हटाउने कुटिल षड्यन्त्र उनीहरूको थियो, लेनिनलाई सीधा आलोचना नगरी लेनिनका निर्देशन र शिक्षाहरूलाई आफ्नो अनुकूल गलत व्याख्या गर्दै लगेर आखिरमा लेनिनलाई पूरै त्याग्ने उनीहरूको उद्देश्य थियो, चेतन वा अचेतनरूपले । संशोधनवादको स्वाभाविक अन्तिम परिणति यही हो र यो योजनाको पहिलो क्रम थियो स्तालिनविरोधी प्रचार ।
तर, एउटा कुरा ध्यान दिन योग्य छ, खु्रश्चेव समूहले सन् १९३४ सम्म त स्तालिनले विचलनको बाटो लागेन । तिनका गलत– कार्यहरू सन् १९३४ पछि सुरु भए भनी स्वीकार गर्नुको अर्थ कामरेड लेनिनको मृत्युपछि कम्युनिस्ट आन्दोलनमा देखापरेका सबै प्रकारका विचलनहरूविरुद्ध अथक विचारधारात्क सङ्घर्ष चलाई का. स्तालिनले विश्व कम्युनिस्ट आन्दोलन र सोभियत राज्य तथा पार्टीको संरक्षण गर्नुभएको कुरालाई उनीहरूले नकार्न सकेनन् ।
स्रोत ः नौलो आयाम द्वैमासिक
Leave a Reply