भर्खरै :

नेमकिपा काभ्रेको घोषणापत्र सार्वजनिक

काभ्रे, ९ वैशाख । निर्वाचन घोषणापत्रको लडाइँ भएकोले घोषणापत्र व्यावहारिक हुनुपर्ने नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुुनिल प्रजापतिले बताउनुभएको छ ।
शनिबार नेमकिपा काभ्रेद्वारा बनेपामा आयोजित नेमकिपा काभ्रेको घोषणापत्र सार्वजनिक गर्दै उहाँले निर्वाचनलाई वैचारिक सङ्घर्षको रूपमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा नेमकिपाको छुट्टै पहिचान जनतामाझ लानुपर्छ । पहिलेको स्थानीय निकाय र अहिलेको स्थानीय तह फरक रहेको र स्थानीय तहले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकार प्राप्त हुने भएकोले सक्षम नेतृत्व चयन गर्नुपर्ने आवश्यक छ । चुनावबाट निर्वाचित हुनेहरूले प्रतिबद्धता जाहेर गरेअनुसारको काम गर्नुपर्छ ।’
घोषणापत्रमा गर्न सकिने काममात्र उल्लेख गरी सरल तरिकाले जनताले बुभ्mने भाषामा उल्लेख हुनुपर्नेमा जोड दिंदै सचिव प्रजापतिले नेमकिपा काभ्रेका कार्यकर्ताहरूले जनताको घर दैलोमा घोषणापत्र पु¥याउन निर्देशन दिनुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रे अध्यक्ष कृष्णकुमार वैद्य, नेमकिपा काभ्रेका सचिव हिमाली रानामगर र तारा न्यौपानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *