नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ९ चैत्र । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले जुनसुकै क्षेत्र, पदमा रहेर पनि देश र जनताको सेवा गर्नु नै वास्तविक अर्थमा राजनीति हो भन्नुभएको छ । उहाँले उक्त विचार नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिबाट आयोजित ‘Younger Gen Meet – 2074’ मा व्यक्त गर्नुभएको हो । विशेषतः नेपाल मजदुर किसान पार्टीमा आबद्ध पार्टी कार्यकर्ताका छोराछोरीहरुलाई एकै ठाउँमा भेला गर्न सो भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष बिजुक्छेले जुनसुकै पेशामा लागे पनि आफ्नो कर्तव्य पूरा नगर्दा समाज दुर्घटनामा पर्ने बताउनुभयो । नयाँ पुस्ताका विद्यार्थीहरुलाई कुनै न कुनै विषय वा क्षेत्रमा विशेषज्ञता हासिल गर्न सुझाव दिनुहुँदै उहाँले पुस्तौं पुस्ताले समेत स्मरण गर्ने किसिमको काम गर्नुपर्ने बताउनुभयो । उहाँले सबै नागरिकलाई सरकारले नै शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरु निःशुल्क व्यवस्था गरेको भए देशले छिट्टै प्रगति गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं सांसद अनुराधा थापामगरले हिजोको प्रतिकूल समयमा आफ्नो ज्यानको बाजी लगाएर पार्टी गतिविधि गर्ने कार्यकर्ताहरुको दुःख नयाँ पुस्ताले बिर्सन नहुने बताउँदै देशको स्वतन्त्रता, सार्वभौमिकताको रक्षामा नेमकिपाले खेलेको भूमिकाप्रति आफूलाई सधैं गर्वको महसुस हुने बताउनुभयो । उहाँले शिक्षण पेशामा राम्रा र योग्य व्यक्तिहरु अग्रसर भए नयाँ पुस्ता अझ शिक्षित र योग्य हुने बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाको गर्विलो इतिहासलाई अझ अगाडी बढाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको बताउनुभयो । पार्टी गतिविधिहरुमा आफूले सकेको योगदान पनि नगरे हामीले आफ्नै जीवन र समयमाथि न्याय गर्न नसकेको अर्थमा बुझ्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
नेक्राविसंघ केन्द्रीय अध्यक्ष नीरज लवजूको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघका सचिव नरेश खत्री र उपस्थित विद्यार्थी साथीहरुले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।




Leave a Reply