अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र
- श्रावण ४, २०८३
नयाँ दिल्ली, ८ पुस । भारतमा जनस्तरबाट निकै विरोध भइरहेको नागरिकता संशोधन ऐन (सीएए) र राष्ट्रिय नागरिकता पञ्जीकरण (एनआरसी) को खारेजीको माग गर्दै पोन्डीचेरी विश्वविद्यालयका विद्यार्थीले गएको सोमबार आयोजित दीक्षान्त समारोह बहिष्कार गरेका छन् ।
विश्वविद्यालयकी उत्कृष्ट छात्रा रहिबा अब्र्दुहीमले दीक्षान्त समारोहमा सहभागी भएर स्वर्ण पदक बहिष्कार गरेकी हुन् । उनले नागरिकता संशोधन ऐन खारेजीको माग गर्दै पदक बहिष्कार गरेको बताइन् । उनले सन् २०१८ मा जनसञ्चार विभागमा सर्वोत्कृष्ट नतिजा ल्याएर स्वर्ण पदक पाउने थिइन् । बीबीसी हिन्दी सेवाले मञ्चमा पुगेर पनि उनले पदक नलिएको दृश्य सार्वजनिक गरेको हो । सामाजिक सञ्जालमा उनको सो कदमप्रति लाखौँ मानिसले ऐक्यबद्धता व्यक्त गरेका छन् ।
रहिबाले भनिन्,“जामिया मिलिया इस्लामिया, अलिगढ मुस्लिम विश्वविद्यालय र अन्य शैक्षिक संस्थामा नागरिकता संशोधन ऐन र एनआरसीविरुद्ध आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले गरेको दमनको विरोधमा त्यहाँका विद्यार्थीप्रति ऐक्यबद्धता व्यक्त गर्न मैले जे गर्नसक्थेँ, त्यही गरेँ ।”
पदक बहिष्कार गर्ने थाहा भएपछि विश्वविद्यालयले उनलाई राष्ट्रपति रामनाथ कोविड हुँदासम्म सभास्थलमा पस्न दिएको थिएन । राष्ट्रपतिको सुरक्षाका लागि खटिएकी एक महिला सुरक्षाकर्मीले ‘एकै छिन’ भनेर बाहिर लगेर एउटा कोठामा बन्द गरेकी थिइन् ।
राष्ट्रपति सभास्थलबाट बाहिरिएपछि मात्र उनलाई पदक लिन मञ्चमा बोलाइएको थियो । मञ्चमा गएर रहिबाले प्रमाणपत्रमात्र ग्रहण गरिन्, स्वर्ण पदक भने लिन मानिनन् ।
विश्वविद्यालयबाट इलोट्रोनिक्स मिडियामा एमएस्सीमा स्वर्ण पदक विजेता एक जना छात्राले पनि नागरिकता संशोधन ऐनको विरोधमा पदक बहिष्कार गरेकी छिन् । कार्थिका बी कुरूपले नागरिकता संशोधन ऐन फिर्ता र प्रस्तावित राष्ट्रिय नागरिकता पञ्जीकरण स्थगित गर्न माग गर्दै विश्वविद्यालयको दीक्षान्त समारोहसमेत बहिष्कार गरेकी हुन् ।
उनले शनिबार सामाजिक सञ्जाल वाट्सएपमार्फत आफ्नो निर्णय सार्वजनिक गरेकी थिइन् । उनले गत साल स्नातकोत्तर तह पूरा गरेकी थिइन् । उनले भनिन्,“यो मेरो निजी निर्णय हो । मानवताविरोधी र असंवैधानिक कुनै पनि कानुनको विरोध गर्न पाउनु मेरो प्रजातान्त्रिक अधिकार हो ।”
विद्यार्थी र अन्य भारतीय जनताले गरिरहेको विरोधप्रति सरकारले बेवास्ता गरेकोमा खेद जनाउँदै उनले भनिन्,“जबसम्म यो कानुन खारेज गरिंदैन, तबसम्म म यो पदक स्वीकार गर्दिनँ ।”
पान्डीचेरी विश्वविद्यालय विद्यार्थी युनियनले ऐनको विरोधमा दीक्षान्त समारोह बहिष्कार गर्न आह्वान गरेको थियो । युनियनको आह्वान मान्दै विश्वविद्यालयमा विद्यावारिधिका विद्यार्थी ए.एस. अरुण कुमारले पनि समारोहमा भाग नलिने घोषणा गरे । उनी मानवशास्त्र विभागका विद्यार्थी हुन् । उनले भने,“म नागरिकता संशोधन ऐनप्रति खेद व्यक्त गर्न चाहन्छु । नयाँ दिल्लीमा भएको विद्यार्थी प्रदर्शनमाथि केन्द्रीय सरकारले गरेको दमनको विरोधस्वरूप म राष्ट्रपति महोदयको हातबाट प्रमाणपत्र लिन चाहन्नँ ।”
Leave a Reply