लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, ८ पुस । ‘प्रदेशमन्त्री तथा प्रदेश सांसदको विदेश मोह’, ‘मेलामा भाग लिन पनि विदेश जान्छन् मुख्यमन्त्री’ र ‘उपहार लिन नपाउने’ जस्ता स्तम्भ, मुख्य शीर्षक र उप–शीर्षक (नागरिक ८ पुस २०७६) को समाचारले नेपालको प्रजातन्त्र र गणतन्त्रको निम्ति सङ्घर्ष गर्ने शासक राजनैतिक दल र नेताहरूको स्तर, नैतिकता र तालिम (दीक्षा) को निर्धारण गर्छ ।
जात, धर्म र क्षेत्रको आधारमा निर्माण भएका राजनैतिक दलको उद्देश्यबाट दीक्षित नेताहरू निश्चय पनि आफ्नो जातका मानिस, धर्मावलम्बी र क्षेत्रका जनताको हितबारे सोच्छन् ।
सत्य यही हो भने बारम्बार अनुशासन भङ्ग गर्ने व्यक्तिलाई महत्वपूर्ण पदमा दलले किन चयन गर्छ ? ‘जित्नेलाई’ उम्मेदवार बनाउन दल बाध्य हुन्छ । जात, भाषा, धर्म, क्षेत्रीय र साम्प्रदायिक भावनाले उम्मेदवार जित्छ । यसकारण सिद्धान्त र नीतिप्रति आस्था नभए पनि, गम्भीर नभए पनि अनुशासन भङ्ग गर्ने उम्मेदवार बनाइन्छ । अनि कसरी ‘समाजवाद’ र ‘साम्यवाद’ प्रति आस्थावान तथा पदअनुसारको आचरण गर्ने कार्यकर्ता, नेता, सांसद, मन्त्री, मुख्यमन्त्री, सभामुख, उप–सभामुख आदि तयार हुन्छ, नेका र नेकपालाई ? जसले जे गरे पनि हुने भए प्रजातन्त्र, गणतन्त्र र समाजवादको बखान गरेर के जनतालाई विश्वासघात भएन ?
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ एउटा मेलामा भाग लिन बेलायत पुगेका थिए । २०७६ भदौदेखि कार्तिकसम्म तीन महिनाको अवधिमा उनले दुईपटक विदेश भ्रमण गरेका थिए । (नागरिक ८ पुस २०७६)
सरकारमा पुगेका व्यक्तिले कुन विषयमा प्राथमिकता दिने हो भन्नेबारे के एमाले प्लस एमाओवादी (नेकपा) ले कहिल्यै तालिम दिएको थियो पृथ्वी सुब्बा गुरुङजीलाई ? दिइएको भए यस्तो गुनासो अखबारमा आउने अवसर दिँदैनथ्यो । पहिले पनि यस्ता अनुशासन भङ्गका अनेक घटनाहरू भएकै होलान् ।
सत्य यही हो भने बारम्बार अनुशासन भङ्ग गर्ने व्यक्तिलाई महत्वपूर्ण पदमा दलले किन चयन गर्छ ? ‘जित्नेलाई’ उम्मेदवार बनाउन दल बाध्य हुन्छ । जात, भाषा, धर्म, क्षेत्रीय र साम्प्रदायिक भावनाले उम्मेदवार जित्छ । यसकारण सिद्धान्त र नीतिप्रति आस्था नभए पनि, गम्भीर नभए पनि अनुशासन भङ्ग गर्ने उम्मेदवार बनाइन्छ । अनि कसरी ‘समाजवाद’ र ‘साम्यवाद’ प्रति आस्थावान तथा पदअनुसारको आचरण गर्ने कार्यकर्ता, नेता, सांसद, मन्त्री, मुख्यमन्त्री, सभामुख, उप–सभामुख आदि तयार हुन्छ, नेका र नेकपालाई ? जसले जे गरे पनि हुने भए प्रजातन्त्र, गणतन्त्र र समाजवादको बखान गरेर के जनतालाई विश्वासघात भएन ?
यो कुरा एक–दुई जना व्यक्तिलाई मात्र होइन, सबै कार्यकर्ता र नेतालाई लागू हुन्छ । फाइदा लिनकै लागि राजनीति गर्नु जनतामाथि अर्को ठूलो घात गर्नु हो । गलत उद्देश्यले गरेको हरेक निर्णयले गलत परिणाम नै ल्याउँछ , यसमा दुईमत नहोला ¤ चेली भएको घरमा डेरा लिने, अनि बिहे गर्ने र राजनीति गर्ने उद्देश्य लिएका २–४ जनामात्रै होइन काठमाडौँ जाने धेरै देखिए –शासक दलहरूमा । उनीहरूले बिहे गरे, राजनीति गरे । उनीहरू मन्त्री र प्रधानमन्त्री पनि भए । तर, उनीहरूले समाजको आमूल परिवर्तनको निम्ति सिन्को भाँचेनन्, देश र जनताको सेवा गरेनन्, बरु आ–आफ्ना नाता–गोता, छर–छिमेकी, आउरे–बाउरे, सामन्त सबैलाई काठमाडौँ ल्याएर बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते ढलमती बनाए, फोहरको डङ्गुर थुपारे तथा आधा घण्टाको बाटोमा दुई घण्टा ‘जाम’ गरे ।
‘उपेन्द्रको ठाडो प्रस्तावले ओली कड्किए’ (अन्नपूर्ण पोष्ट ८ पुस २०७६) । दुईतिहाइ बहुमतको निम्ति उपेन्द्रको दलसँग नेकपाले समर्थन लिँदा उद्देश्य र कार्यशैलीमा फरक पर्ने नै भयो । हुनसक्छ, केही दिनअगाडि स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत जाँदा प्रम ओली अनभिज्ञ थिए । उनी नेपाल फर्कँदा उनको मन्त्रालय नै फरक प¥यो । साँचो के होे भने मन्त्रीहरू विदेश जाँदा दैनिक सुविधा भत्ता पाउँथे ।
तर ती मन्त्रीहरूले को को भेटे वा भाग लिएको मेलाको उपलब्धिले देशको कति हित हुने हो भन्नेबारे सार्वजनिक नगरेको होला ¤ मन्त्री उपेन्द्रले कुनै देशसँगको सम्झौताकै विरोधमा नेकपाका कुनै एक नेताले प्रस्ताव प्रस्तुत गर्दा ‘संविधानको संशोधन’ को प्रस्ताव राखे ¤
Leave a Reply