क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
छङ् तु, २४ डिसेम्बर (सीआरआई) । चीन, जापान तथा दक्षिण कोरिया आठौँ शिखर सम्मेलन २४ तारिख बिहान चीनको स छ्वान प्रान्तको छङ तु सहरमा आयोजना भएको छ ।
यो सम्मेलनले “चीन, जापान तथा दक्षिण कोरियाको सहयोगबारे आगामी दश वर्षको दृष्टिकोण” शीर्षकमा विज्ञप्ति जारी गर्नुका साथै अनेकन् उपलब्धि प्राप्त दस्तावेज पारित गरेको छ । तीन मुलुकले स्वतन्त्र व्यापार तथा बहुपक्षीयताको सुरक्षालाई दोहो¥याउँदै क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको सम्झौता–वार्ताको आधारमा स्वतन्त्र व्यापार सन्धिको वार्ता छिटै गर्ने व्यक्त गरेको छ । जसले बहुपक्षीय सहयोगलाई अगाडि बढाउने पूर्वी एसियाली बलियो आवाज बुलन्द गरेको छ ।
आगामी दश वर्षमा अन्तर्राष्ट्रिय परिस्थितिमा गहिरो परिवर्तन हुनेछ । चीन, जापान तथा दक्षिण कोरिया सर्ननसकिने छिमेकी मुलुक हुन् । एसियाको शान्ति तथा स्थिरताका लागि यी तीन मुलुकले महत्वपूर्ण जिम्मेवारी वहन गरेका छन् । भविष्यका दश वर्षमा तीन मुलुकले संयुक्तरूपमा स्वतन्त्र व्यापार तथा बहुपक्षीयताको नियमको सुरक्षा गर्नुका साथै सहयोगद्वारा साझा विजय र वार्ताद्वारा मतभेदको समाधान गर्नुपर्छ । जसले तीन मुलुक तथा क्षेत्रको आर्थिक समृद्धिका लागि नयाँ योगदान दिनुका साथै विश्वको विकास तथा स्थिरताका लागि सक्रिय शक्ति थप्नेछ ।
चीनले विविध स्वामित्वको व्यवसायप्रति समान धारणा राख्ने यसैबीच दक्षिण कोरिया तथा जापानसँग चीनको व्यापारमा घाटा भए तापनि चीनले व्यापार संरक्षणवादलाई नगर्ने स्पष्ट पारेको छ । मङ्गलबार बिहान छङ तु सहरमा आयोजित चीन, जापान तथा दक्षिण कोरियाबीचको सातौं उद्योग तथा वाणिज्य शिखर सम्मेलनमा चीनका प्रधानमन्त्री ली खछ्याङले उक्त कुरा बताउनुभएको हो ।
उहाँका अनुसार, चीनले खुलापनलाई विस्तार पार्ने नीतिमा कुनै परिवर्तन गर्ने छैन । खुलेको ढोकालाई बन्द गर्ने होइन अझ बढी खुला गरिने छ । चीनले बजारीकरणसँगै कानुनी शासन भएको अन्तर्राष्ट्रिय व्यापारिक वातावरणको निर्माण गर्नुका साथै विविध स्वामित्वको व्यवसायप्रति समान धारणा राखेर स्वागत गरेको छ । दक्षिण कोरिया तथा जापानका व्यवसायले चीनको यस अवसरको सदुपयोग गरी अझ बढी व्यापार अवसर खोज्न प्रधानमन्त्री लीले स्वागत गर्नुभएको छ ।
Leave a Reply