कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
संरा अमेरिकी ‘सहायता’ कार्यक्रम एमसीसीबारे बहस पेचिलो बन्दै छ । एमसीसीसम्बन्धी बहसमा अनेक कोणबाट विविध प्रश्न र प्रतिवाद गरिंदै छ । यो कार्यक्रमको प्रतिरक्षा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘वामपन्थी र साम्राज्यवादविरोधी देशहरू बोलिभिया र निकारागुआसमेत एमसीसीमा आबद्ध भएको’ तर्क गरिरहेका छन् । उनले संरा अमेरिकी साम्राज्यवादविरोधी देश भएर पनि ती देशहरू एमसीसीमा सामेल भएकाले नेपाल पनि यसमा सामेल हुन मिल्ने भन्ने आशयमा यस्तो तर्क गरेका हुन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले यो तर्क प्रस्तुत गर्दै गर्दा बोलिभिया र निकारागुआको पछिल्लो राजनीतिक अवस्थाबारे भने केही बोलेको छैनन् । एमसीसी कार्यक्रम लागू भएपछि ती देशको अवस्था के भयो भन्नेबारे पनि उनले बोल्नुपर्ने होइन र ?
एमसीसीको वेभसाइटमा निकारागुआले सन् २००५ मा एसीसीको कम्प्याट सम्झौता गरेको उल्लेख छ । ‘सहायता’ को नाममा त्यत्तिबेला संरा अमेरिकाले गरेको ‘सहायता’को लाभ निकारागुआमा उसले अहिले उठाइरहेको छ । सन् २०१८ निकारागुआको लागि सुखद् र शान्तिपूर्ण थिएन । त्यो वर्षको अप्रिलबाट निकारागुआको वामपन्थी सरकारविरुद्ध विपक्षले गरेको सडक आन्दोलनले त्यहाँको अर्थतन्त्र र सामाजिक जीवनमा गम्भीर असर गरेको थियो । केही मानिस मारिए भने हजारौँ घाइते भए । वामपन्थी नेता डानिएल ओर्टेगाविरुद्धको त्यो आन्दोलन उछाल्न संरा अमेरिकी सरकारको हात भएको कसैबाट लुकेको छैन । संरा अमेरिकी मिडियाले ओर्टेगाविरुद्ध झूटको बाढी उरालेका थिए । एमसीसीको गुलियो मिठाइ बोकेर निकारागुआ पसेको संरा अमेरिकाले त्यहाँको राजनीतिक र सामाजिक जीवनलाई अस्तव्यस्त बनायो ।
बोलिभियामा भने एमसीसीले कम्प्याट सम्झौता गरिसकेको छैन । सन् २००४ देखि बोलिभियाका विभिन्न क्षेत्रको अध्ययन भइरहेको देखाइएको छ । एमसीसीले काम नगर्दै आज बोलिभियामा वामपन्थी मोरालेस सरकारविरुद्ध सत्ताकब्जा भइसकेको छ । यसै वर्ष बोलिभियामा भएको आमनिर्वाचनमा बहुमत सहित वामपन्थी नेता मोरालेस राष्ट्रपति पदमा निर्वाचित भएका थिए । तर, संरा अमेरिकाकै सहायतामा बोलिभियाका सेनाले मोरालेसविरुद्ध राजनीतिक षड्यन्त्र गरे । फलतः मोरालेस देश छोडेर जानुप¥यो । आज उनी अर्जेन्टिनामा राजनीतिक शरण लिएर बसेका छन् ।
एमसीसीअन्तर्गत आउने रकममा ¥याल चुहाउने कथित कम्युनिस्ट मन्त्री ज्ञवाली निकारागुआ र बोलिभियामा संरा अमेरिकाकै आडमा वामपन्थी नेतृत्व र सरकारविरुद्ध भएका षड्यन्त्रबारे किन बोल्दैनन् ? एमसीसीमा बोलिभिया र निकारागुआ सहभागी भएको भन्ने तर त्यही कारण ती देशले सामना गर्नुपरेका राजनीतिक अस्थिरता र प्रतिगमनबारे ज्ञवाली किन मौन छन् ?
एमसीसी सबै देशमा सियो बनेर पस्ने अनि फाली बनेर निस्कने गरेको छ । वामपन्थी सरकारलाई कमजोर वा ध्वस्त बनाउन नै संरा अमेरिकाले एमसीसीलाई हतियारको रुपमा प्रयोग गरिएको उदाहरण बोलिभिया र निकारागुआ नै हुन् । ‘सहायता’ को हात देखाएर ब्वाँसोले जस्तै आन्द्राभुँडी खाने संरा अमेरिकी नीतिकै अर्को नाम एमसीसी बनेको छ । यस्तो घातक कार्यक्रमलाई अनेकन कुतर्क पेलेर सदर गर्न खोज्नु मन्त्री ज्ञवालीको अमेरिका भक्तिबाहेक के हुन सक्छ र ?
Leave a Reply