मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौँ, १४ पुस । चिनी मिलहरूले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी नगरेका भन्दै आज उनीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका उनीहरू अहिले यहाँ आई सरकारको ध्यानाकर्षण गराएका हुुन् । रामनगर गाउँपालिकाका मायाशङ्कर यादवले मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिनुभयो । उहाँका अनुसार करिब पाँच हजार किसानले चिनी मिलबाट करिब रु. ८१ करोड लिन बाँकी रहेको छ ।
अन्नपूर्ण चिनी मिलले रु. ६० करोड र महालक्ष्मी मिलले रु. २१ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उहाँले भन्नुभयो “उखुको रकम नपाउँदा जीविकोपार्जनमा समस्या भएको छ । मिलबाट रु. २५ लाख लिनुपर्छ ।”
भुक्तानी नपाएपछि किसानले सो मिलमा तालासमेत लगाएका छन् । उखु किसान सुखलाल सहनीले पटक–पटक स्थानीय तहमा सहमति गरे पनि आफूहरूले उखुको भुक्तानी नपाएपछि यहाँ आएर आन्दोलन गर्नुपरेको दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “केन्द्र सरकारलाई किसानका समस्याबारे जानकारी गराउन आन्दोलनमा उत्रेका हौँ । ”
उनीहरूले सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु. ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम भुक्तानी गर्नुपर्ने माग गरेका छन् । रासस
Leave a Reply