भर्खरै :

देशको सिमाना मिच्दा सरकार मूकदर्शक

गोरखा, १४ पुस । नेपाल मजदुर किसान पार्टी गोरखा जिल्ला समितिको आयोजनामा देशको समसामयिक राजनीतिक परिस्थितिबारे आइतबार स्थानीय हरामरारी चोकमा कोणसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरे पनि नेपाल सरकार मूकदर्शक बनेको बताउनुभयो ।
“नेपालको सीमा मिचिएपछि सरकार अन्तर्राष्ट्रिय अदालतमा जानुपथ्र्यो । तर सरकारले आफ्नो कुर्सी जोगाउन भारतसामु आत्मसमर्पण गरेको छ”, उहाँले बताउनुभयो ।
उहाँले संरा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) पारित हुनुको अर्थ नेपाल पनि अमेरिकी हिन्द–प्रशान्त सैनिक गठबन्धनको सदस्य हुने चर्चा गर्दै एमसीसीले नेपालको सार्वभौमिकता कमजोर बनाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका मीनबहादुर बाटाले नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा दासजस्तै बेचेर सरकारले समृद्धिको झूटो सपना देखाएको बताउनुभयो ।
उहाँले भारतमा मोदी फासीवादले धर्मको आधारमा भारतीय जनतामाथि विभाजित गरी अप्रजातान्त्रिक शासन चलाउन खोजिरहेको चर्चा गर्नुभयो ।
नेमकिपा गोरखाका ईश्वरीप्रसाद कट्टेलको सभापतित्वमा भएको सभामा प्रल्हाद लामिछानेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *