भर्खरै :

पर्यटन वर्ष २०२० यसरी भित्याउँदै छ भक्तपुर

(पर्यटन वर्ष २०२० को तयारीको सन्दर्भमा भक्तपुर नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूलाई वितरित वक्तव्य । वक्तव्यमा नगर प्रमुख सुनिल प्रजापतिले हस्ताक्षर गर्नुभएको छ ।)
नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरू नै पर्यटकीय आकर्षण हुन् । काठमाडौँ उपत्यकाभित्र थोरै दूरीमा सातवटा विश्व सम्पदाहरू छन् । त्यसमध्येको एक हो भक्तपुर दरबार क्षेत्र ।
भक्तपुर कला र संस्कृतिले सम्पन्न नगर हो । दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका केन्द्रहरू हुन् । हाम्रा थुप्रै सम्पदाहरू लोप भइसके भने कैयौँ लोपोन्मुख अवस्थामा छन् । कुनै पनि सम्पदा लोप हुनु देशकै लागि अपूरणीय क्षति हो ।
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा दिएर भक्तपुर नगरपालिकाले कला र संस्कृतिको संरक्षणमा जोड दिइआएको छ । हाम्रा पुर्खाहरूले सयौँ वर्षअगाडि निर्माण गरेका ५५ झ्याले दरबार, ङातापोल मन्दिर, सुनढोका, भैरवनाथको मन्दिरलगायत पाटी–पौवा, ढुङ्गेधारा, पोखरी, सत्तल, विहारजस्ता थुप्रै सम्पदाहरू अझै पनि जीवन्त छन् । हाम्रा पुर्खाले सिर्जेका ती सम्पदाहरूको दृश्यावलोकन गर्न वार्षिक संसारभरका लाखौँ पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गर्छन् ।
भक्तपुर नगरपालिका भक्तपुरलाई शिक्षा, स्वास्थ्यमा उत्कृष्ट, सरसफाइमा नमुना, कला संस्कृति संरक्षित एक आदर्श नगर र पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न जोड दिँदै छ । २०७२ को विनासकारी भूकम्पले भक्तपुरका ८ हजार घर र ११५ भन्दा बढी सम्पदाहरूमा क्षति पु¥यायो । ती सम्पदाहरू विदेशीको सहयोगविना भक्तपुर नगरपालिकाले पुनःनिर्माण वा जीर्णोद्धार गर्दै छ । सम्पदाहरूको पुनःनिर्माण वा जीर्णोद्धार गर्दा प्राचीन प्रविधिबाट जनताको सहयोगमा मौलिक स्वरूपमा निर्माण गर्नु भक्तपुर नगरपालिका उत्तम विकल्प ठान्छ । हालसम्म नगरपालिकाले क्षतिग्रस्त सम्पदाहरूमध्ये ९१ वटा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसक्यो भने डेढ दर्जन निर्माणाधीन अवस्थामा छन् । हामी छिट्टै नै क्षतिग्रस्त सम्पदाहरू पुनःनिर्माण वा जीर्णोद्धार गर्न चाहन्छौँ तर आर्थिक र प्राविधिक कारणले अत्यन्तै महत्वपूर्ण सम्पदाहरू दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन, पहिले नगरपालिका रहेको थन्थु दरबार, दत्तात्रयस्थित पुजारी मठलगायतका सम्पदाहरू पुनःनिर्माण गर्न सकिरहेका छैनौँ । यसबारे केन्द्र सरकारको ध्यानाकर्षण गर्दै छौँ ।
आर्थिक वर्ष २०७६÷७७ साउनदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा गैरसार्क पर्यटक ६६,८६० जना र चिनियाँ तथा सार्क मुलुकका ४७,२८० जना गरी जम्मा १,१४,१४० जना पर्यटकहरूले भक्तपुर भ्रमण गरे । २०७५÷७६ को सोही अवधिमा गैरसार्क पर्यटक ६७,२७८ जना, चिनियाँ र सार्क मुलुकका ४५,८६७ जना पर्यटक गरी जम्मा १,१३,१४५ जनाले भक्तपुर भ्रमण गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष भक्तपुर भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या ९९५ जनाले बढेको देखिन्छ । आर्थिक वर्षको प्रारम्भमै डेँगु रोगको महामारी फैलिनु, भारत र पाकिस्तानबीच काश्मीर विवाद चर्किनु, कोटेश्वरमा घण्टौँ जामको बाध्यता आदि भक्तपुरमा गत वर्षको तुलनामा पर्यटकहरू अपेक्षितरूपमा पर्यटक आगमन वृद्धि नहुनुका मुख्य कारणहरू भएको हाम्रो मूल्याड्ढन छ ।
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्याउने योजनासहित नेपाल भ्रमण वर्ष घोषणा ग¥यो । यो निकै चुनौतीपूर्ण छ । सबैको प्रयास भयो भने त्यो असम्भव छैन । नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी पर्यटनकेन्द्रित विभिन्न गतिविधिहरू गर्दै छ ।
भक्तपुर भ्रमणमा आउने पर्यटकहरूको बसाइ लम्ब्याउन नगरपालिकाले सम्पदा क्षेत्रहरूमा सन्ध्याकालीन बत्तीको व्यवस्था गर्दै छ । भक्तपुरमा बास बस्ने पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न सन्ध्याकालीन समयमा पाटी–पौवाहरूमा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्ने तयारी पनि गरिरहेको छ ।
पर्यटकहरूले कुनै किसिमको असहजता महसुस गर्न नपरून् भन्ने उद्देश्यले ठाउँ–ठाउँमा पर्यटक सूचना केन्द्रको व्यवस्था, स्तरीय शौचालय निर्माण तथा महत्वपूर्ण सम्पदास्थलहरूमा गाडी निषेध गर्ने कार्य गर्दै छ । स्थानीय पथप्रदर्शकहरूलाई तालिम दिएर अझ बढी व्यवस्थित, मर्यादित र आधिकारिक सूचना प्रदान गर्नसक्ने गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन, चिनियाँ र जापानी भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम विषयको पठनपाठन तथा नगरभित्रका सबै विद्यालयहरूमा स्थानीय पाठ्यक्रमको व्यवस्था गरी पर्यटन विषय अध्यापन गर्दै आएको छ ।
आन्तरिक र बाह्य पर्यटकहरूको लागि विश्व प्रसिद्ध ५५ झ्याले दरबार हरेक मङ्गलबार र शुक्रबार कार्यालय समयमा खुला गर्ने व्यवस्था मिलाइएको छ भने पर्यटकहरूको सुविधा होस् भनी हकर्स व्यवस्थापनतर्फ पनि नगरपालिकाले ध्यान दिएको छ । पर्यटकहरूको लागि सुरक्षित भक्तपुर भन्ने सन्देश दिन आपराधिक घटनाहरू हुन नदिन प्रमुख पर्यटकीय स्थानहरूमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी स्थानीय प्रहरी साझेदारी कार्यक्रमअनुसार अपराधको न्यूनीकरण गर्ने काम गरिरहेको छ ।
भक्तपुर महोत्सवको आयोजना हुने
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म ५ दिन भक्तपुर महोत्सव गर्ने निर्णय गरेको छ । महोत्सव व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिसकेको छ । सन् २०२० पूरै वर्ष भक्तपुरलाई महोत्सवमय बनाउने सोचका साथ कार्यक्रम तयारी गर्दै छौँ । माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा मूल समारोह हुने छ भने फागुन महिनामा जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता हुने छ ।
भक्तपुर महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमहरू गर्ने तयारी गर्दै छौँ ।
त्यसैगरी नेवारी परम्परागत जीवनशैली प्रदर्शनी, कृषि उत्पादन प्रदर्शनी, माटाका भाँडा बनाउने सीप प्रदर्शनीलगायतका गतिविधिहरू गरी महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्ने योजना तयारी गर्दै छौँ ।
सन् २०२० मा वर्षैंभरि कुनै न कुनै पर्यटककेन्द्रित गतिविधि गरिरहने योजना बनाउँदै छौँ । नयाँ वर्षको पूर्वसन्ध्यामा पुस १५ गते निम्नबमोजिम कार्यक्रमहरू गर्ने जानकारी गराउन चाहन्छौंँ –
नेपाल भ्रमण वर्ष २०७६ (Visit Nepal 2020)
सन्ध्याकालीन सांस्कृतिक सम्पदा पद यात्रा Evening Walk with Cultural Heritages
२०७६ पुस १५ गते मङ्गलबार (31st DEC 2019)
कार्यक्रम स्थल ः भक्तपुर दरबार क्षेत्र
३ः३० – ४ः०० बजे – अतिथिहरूको आगमन – दरबार क्षेत्रको मूलढोका
बाँसुरी बाजा र लाखे प्याखँबाट स्वागत
४ः०० – ४ः१० बजे – कार्यक्रमको समुदघाटन प्रमुख अतिथिबाट
(पानसमा दीप प्रज्ज्वलित गर्ने, ३२९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउने र ठूलो घण्टा बजाउने)
४ः१० – ४ः२५ बजे – सांस्कृतिक झाँकी माक प्याखं प्रदर्शन र दीपावली भक्तपुर दरबार क्षेत्र
४ः२५ – ५ः०० बजे – अतिथिहरूबाट शुभकामना मन्तव्य व्यक्त
५ः०० बजे – सांस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा सुरु
तालाक्व (माटोको भाँडा बनाउने बनाउने क्षेत्र)
टौमढी क्षेत्र – (सांस्कृतिक झाँकी
(भैल प्याखं) प्रदर्शन)÷दीपावली÷नौ बाजा
सुकुलढोका
गोल्मढी – नौ बाजा
दत्तात्रय क्षेत्र – सांस्कृतिक झाँकी
(देवी प्याखं) प्रदर्शन÷दीपावली÷नौ बाजा
६ः०० बजे – वाकुपतिनारायण हुँदै सूर्यमढीमा सांस्कृतिक झाँकी (बाँसुरी बाजा र लाखे प्याखं) प्रदर्शनसहित नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा समापन कार्यक्रममा जनप्रतिनिधिहरू, कार्यालय प्रमुखहरू, भक्तपुर पर्यटन विकास समिति, पर्यटन व्यवसायीहरू, होटल व्यवसायीहरू, पथ प्रदर्शकहरू, पर्यटन सद्भाव सङ्घ, कर्मचारीहरू सहभागी हुने छन् ।
सन् २०२० को पहिलो दिन जनवरी १ पुस १६ गते निम्नबमोजिमको कार्यक्रम गरी भ्रमण वर्षको स्वागत गर्ने योजना छ ।
नेपाल भ्रमण वर्ष २०७६ शुभारम्भ (Visit Nepal 2020)
स्वागत, प्रभातफेरी तथा सांस्कृतिक कार्यक्रम Welcome, Procession and Cultural Programme
२०७६ पुस १६ गते बुधबार (1st January 2020)
प्रभातफेरी कार्यक्रम स्थलः दत्तात्रय क्षेत्र
७ः०० – ७ः३० बजे – अतिथिहरूको आगमन – दत्तात्रय क्षेत्र
बाँसुरी बाजा र लाखे प्याखंसहित नेपाल भ्रमण वर्ष २०२० को प्रभातफेरी
(दत्तात्रय – इनाचो – गोल्मढी – सुकुलढोका – टौमढी – नासमना – वंशगोपाल – भार्वाचो – नःपुखु – इताछेँ – खौमा – दरबार क्षेत्र)
८ः४५ बजे – भक्तपुर दरबार क्षेत्रको मूलढोकामा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकहरूको पहिलो समूहलाई प्रमुख अतिथिबाट स्वागत तथा निःशुल्क पास प्रदान
३२९ वर्ष पुरानो ऐतिहासिक नगरा बाजाबाट नेपाल भ्रमण वर्ष २०२० र अतिथिहरूलाई स्वागत
९ः०० बजे – मञ्च आसन ग्रहण
सांस्कृतिक झाँकी माक प्याखं प्रदर्शन
अतिथिहरूबाट शुभकामना मन्तव्य
सांस्कृतिक झाँकी लाखे प्याखं प्रदर्शन
प्रमुख अतिथिबाट शुभकामना मन्तव्य
सांस्कृतिक झाँकी (देवी प्याखं) प्रदर्शन
१०ः३० बजे – तःपुखु (सिद्ध पोखरी) र नःपुखु (गुहय पोखरी) मा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नौका बिहार उद्घाटन
वर्षभरिकै कार्यक्रमहरूमा यहाँहरूको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *