भर्खरै :

पुस १८ गतेदेखि भक्तपुर क्याम्पसमा त्रिवि वीवीए फूटबल कप हुने

भक्तपुर ,१५ पुस । त्रिवि वीवीए फुटबल कप २०७६ भक्तपुर क्याम्पसमा पुस १८ गतेदेखि हुने भएको छ ।
त्रिवि वीवीए कप भक्तपुर बहुमुखी क्याम्पस आयोजक समितिले सोमबार भएको पत्रकार सम्मेलनमा पुस १८ गतेदेखि भक्तपुर बहुमुखी क्याम्पसको खेल मैदानमा राष्ट्रिय स्तरको वीवीए कप २०७६ हुने सहायक क्याम्पस प्रमृुख लक्ष्मीसुन्दर लवजूले जानकारी दिनु भयो ।
कार्यक्रममा काठमाडाँै उपत्यकाबाट सहभागिता जनाउनेलाई रु. ३५ हजार र उपत्यका बाहिरबाट सहभागी हुनेलाई २० हजार रुपैयाँ सहभागिता शुल्क तोकेको छ ।
कार्यक्रममा प्रथम हुनेलाई रु. ७५ हजार, द्वितीय हुनेलाई रु. ३५ हजार पुरस्कारसहित मेडल र प्रमाण पत्र दिने आयोजक समितिका संयोजक लवजूले जानकारी दिनुभयो ।
आयोजक समितिका सदस्य एवं स्वतन्त्र विद्यार्थी युनियका अध्यक्ष दिनेश खड्गीले वीवीए कपमा दाङ, कास्की, मोरङ, बाँके, चितवन, धरान, ललितपुर, भक्तपुर, काठमाडौँलगायतको जिल्लाबाट २३ क्याम्पसकोे सहभागिता हुने जानकारी गराउनुभयो ।
कार्यक्रममा करिब १९ लाख ५ हजार खर्च हुने आयोजक समितिले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *