भर्खरै :

.डा. महत कसको सेवामा ?

– आरके श्रेष्ठ
अन्नपूर्ण पोष्ट (पुस १०, २०७६) दैनिकको मध्य पृष्ठमा रहेको नेकाका नेता डा. रामशरण महतको अन्तर्वार्ता पढ्दा लाग्छ नेपाल अमेरिकाको सहयोग नभई चल्नै सक्दैन । पचास अर्ब, यति धेरै पैसा अहिलेसम्म कुनै देशबाट सहयोग आएको छैन । इतिहासकै सबैभन्दा ठूलो सहयोग । यो अवसरलाई हामीले गुमाउन हुँदैन भनी नेका जसरी पनि संसद्बाट एमसीसी सम्झौता पारित हुनेमा विश्वस्त छ । त्यसैका पछि नेकपाका नेताहरू पनि लागिपरेका छन् । नेकपाका केही नेता भने एमसीसी परियोजना आइपीएसमा नै जोडिएर आएको हो भनी सम्झौता पत्र पढेर नै सुनाउँछन् ।”
देशभक्त नेपाली जनताको विरोध हुँदाहँुदै शासक पार्टीहरूले आँखा चिम्लेर हिन्द प्रसान्त सैनिक गठबन्धनमा नेपाल पनि सदस्य बनेको हो । यो पञ्चशीलताको सिद्धान्तविपरीत छ । सिद्धान्तअनुसार दुई राष्ट्रबीचमा विवाद सिर्जना हुने कुनै पनि योजना परियोजनामा नेपाल तटस्थ रहनुपर्दछ । इन्डो – प्यासिफिक सैनिक गठबन्धन अमेरिकाको इच्छाअनुकुल भारतले यसको भूमिका निभाउँदै आएको छ । नेपाल बुझ पचाएर वा बाध्य पारिएर फस्दै आएको छ ।
विकास र सहयोगको नाममा आएका यस्ता परियोजना आजमात्र होइन हिजो पनि आएको थियो । शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रहरूलाई सहयोगको नाममा यसरी नै सर्तसहितको सहमति गराउने गर्दछ । सहमति, हस्ताक्षर हुँदै हस्तक्षेपसम्म पुग्ने यिनीहरूको लक्ष्य हो ।
नेपाल यसरी नै फस्दै आएको छ । आज विदेशीले कुनै पनि योजना परियोजना ल्याउँदा हाम्रा शासक नेताहरूलाई हुन्छ भन्ने पारिएको छ । एकमाथि अर्को परिबन्धनमा बाधिँदै आएको छ ।
अमेरिकाले आर्थिक सहयोग र सैनिक सहयोगको नाममा दर्जनाँै देशहरूमा उपनिवेश लादिएको छ । सैनिक अखडा जमाएको छ । अमेरिकाको फुटाउ र राज गर भन्ने साम्राज्यवादी नीतिले धेरै देशहरूमा विद्रोह र युद्धको सिर्जना गराएको हो ।
डा. महत एमसीसीको खण्डन र विरोध गर्नेहरूलाई अनभिज्ञ, कि त धेरै बुझेको, देशको हित नहेर्नेहरूले विरोध गरेको भन्छन् ।
राजनीतिज्ञ र बुद्धिजीवीहरूले आइपीएस सम्बन्धमा रहेरै एमसीसी एक घातक योजना हो भनी खण्डन गर्दै आएका छन् ।
नेका र नेकपाले नै देश चलाउँदै आएका हुन् । गरी खाओस् भनी विदेशी मित्रले दिएका उद्योग कलकारखानाहरू सबै बेचेर खानेहरूमा नेका र नेकपा नै पहिलो र दोस्रो सूचीमा पर्छन् । नेकाको निजीकरणको नीतिले देश नै पुँजीपतिहरूको सञ्चालक समितिको हातमा पुगेको हो । पुँजीपति सञ्चालक समितिले देश र जनताको हितभन्दा व्यापारी, दलाली र नितान्त व्यक्तिगत स्वार्थमा ध्यान दिन्छ । आज एमसीसीबाट पनि काङ्ग्रेस र नेकपाका दलगत र व्यक्तिगत स्वार्थका कारण अमेरिकीको स्वार्थ पूरा हुन लाग्दै छ । यसले नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्ने दिन आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *