प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
संरा अमेरिकी सरकारको लागि नयाँवर्ष २०२० को आरम्भ निकै अरूचिकर बन्यो । जनवरी १ कै दिन इराकको राजधानी बग्दादस्थित संरा अमेरिकी दूतावासमाथि इराकी जनताले अभूतपूर्व प्रदर्शन र हमला गरे । संरा अमेरिकी हवाई सेनाले गरेको कारबाहीमा २५ जना इराकी जनताले ज्यान गुमाएपछि आक्रोशित इराकी जनताले आफ्नो भूमि छोड्न माग गर्दै संरा अमेरिकी दूतावासअघि प्रदर्शन गरे । उनीहरूले नारा लगाएका थिए – “संरा अमेरिकी साम्राज्यवाद मुर्दावाद ¤” इराकमा मात्र होइन, आज संसारभर जहाँ–जहाँ संरा अमेरिका पुगेको छ त्यहाँ त्यहाँ यस्तै नारा लागिरहेको छ ।
गोली, बारूद र हजारौँ हजार सेनाको बलमा इराकको भूगोल र प्राकृतिक स्रोतमाथि संरा अमेरिकाले कब्जा जमाए पनि इराकी जनताको मनमा बलेको विद्रोहको आगो दिनानुदिन तेज बन्दै गएको छ । साम्राज्यवादको अत्याचारविरूद्ध आज इराकी जनता विद्रोहमा होमिएका छन् । साम्राज्यवादी माना खाएका सञ्चारमाध्यमले ती विद्रोहलाई संसारको आँखाबाट पर राखेका छन् । गत मङ्गलबार संरा अमेरिकी दूतावासमाथि इराकी जनताले बोलेको धावा त्यस्तै विद्रोहको उदाहरण हो ।
तत्कालीन सद्दाम हुसेन नेतृत्वको इराकी सरकारले ‘आम विनाशकारी हतियार’ भण्डारण गरेको झूठा आरोपमा सन् २००३ मा संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चाले इराकमाथि हमला गरेका थिए । साम्राज्यवादी हमलामा परी संसारकै पुरानो मानिने टिग्रिस नदीको मानव सभ्यताको देश इराक ध्वस्त भयो । इराकी सार्वभौमिकता र स्वाधीनता साम्राज्यवादको मुठ्ठीमा कैद भयो । इराकी जनता आफ्नै देशमा परदेशी बने । लाखौँ इराकी जनता अमेरिकी गोलीबाट मारिए । इराकमाथि साम्राज्यवादी हमलाको मूल लक्ष्य इराकको तेलखानी नियन्त्रण गर्नु थियो, तेलमा समृद्ध मध्यपूर्वका देशमाथि नियन्त्रण जमाउनु थियो ।
गोली, बारूद र हजारौँ हजार सेनाको बलमा इराकको भूगोल र प्राकृतिक स्रोतमाथि संरा अमेरिकाले कब्जा जमाए पनि इराकी जनताको मनमा बलेको विद्रोहको आगो दिनानुदिन तेज बन्दै गएको छ । साम्राज्यवादको अत्याचारविरूद्ध आज इराकी जनता विद्रोहमा होमिएका छन् । साम्राज्यवादी माना खाएका सञ्चारमाध्यमले ती विद्रोहलाई संसारको आँखाबाट पर राखेका छन् । गत मङ्गलबार संरा अमेरिकी दूतावासमाथि इराकी जनताले बोलेको धावा त्यस्तै विद्रोहको उदाहरण हो ।
इराकी जनताको साम्राज्यवादविरोधी भावनालाई लुकाउन मङ्गलबारको हमलाको निम्ति अमेरिकाले इरानमाथि दोषारोपण ग¥यो । अनेकन दमन र नाकाबन्दी लगाउँदा पनि आफ्नो तखतमा ल्याउन नसकेको झोंकमा संरा अमेरिकाले इरानमाथि यसअघि पनि अनेक थरी हमला गरेको थियो । मङ्गलबारको घटनालाई लिएर इरानमाथिको दोषारोपण पनि यसैको सिलसिला हो । ‘आमविनाशकारी हतियार’ को बहानामा इराकमाथि हमला गरेजस्तै मङ्गलबारको बग्दादस्थित अमेरिकी दूतावासमाथिको हमलालाई बहाना बनाएर इरानमाथि अर्को साम्राज्यवादी हमला हुने सम्भावनालाई नकार्न सकिन्न । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असभ्य धम्कीपूर्ण भाषाले यसतर्फ सड्ढेत गरेको छ । लाखौँ–लाख इराकी जनताको रगत र आँसु बग्दा विजतवले उन्मत्त बन्ने संरा अमेरिकी शासकहरूको निम्ति आफ्नो दूतावासमाथिको हमला असह्य बनेको छ । पराजयको पीडामा पशुजस्तै साम्राज्यवादी शासक यतिबेला दुत्कारिरहेको छ ।
ट्रम्पले इरानी जनताविरूद्ध धम्की दिंदै गर्दा आफू संसारबाट एक्लो बन्दै गएको सत्य भने भुलेको छ । भियतनामी जनताले जसरी संरा अमेरिकालाई आफ्नो देशबाट लखेटेका थिए, आज संसारभरबाट साम्राज्यवाद लखेटिंदै छ । इराकी जनताले प्रतिरोधमा गरेको सङ्घर्षको अपमान गर्ने साम्राज्यवादलाई हक छैन । इरानी जनताले साम्राज्यवादविरूद्ध गरिरहेको सङ्घर्षप्रति संसारका जनताको ऐक्यबद्धता चालू छ ।
Leave a Reply