– आर. के. श्रेष्ठ, नारायणगढ
जाडो याममा गर्मीको समयमा भन्दा भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या कम हुन्छ । अस्पतालमा स्वास्थ्य बीमा र सामान्य ओपीडीको टिकट छुट्टाछुट्टै लाइनमा लिने व्यवस्था छ । पुरुषलाई टिकट शुल्क तीस रूपैयाँ लाग्छ भने महिला, अपाङ्ग, ज्येष्ठ नागरिक, चेपाङ जातिलाई भरतपुर अस्पतालमा टिकट शुल्क लाग्दैन ।
टिकट काट्न लाइनमा बस्दै गरेका महिलाहरूले कुरा गर्दै थिए, “रेणु दाहाल मेयर भएपश्चात् भरतपुर अस्पतालमा महिलाको टिकट शुल्क नलाग्ने बनाएको हो । यो विभेदपूर्ण नीति हो । पुरुषसँग पनि पैसा नहुन सक्छ । महिलामा पनि धनी गरिब हुन्छ । सरकारी अस्पतालमा सबैको लागी टिकट निःशुल्क गर्दा पनि भइहाल्छ ।”
स्वास्थ्य बीमा भने तापनि अस्पतालमा बिरामीहरूले पाउने सेवा सुविधा स्पष्ट छैन । एक घण्टासम्म औषधि लिन लाइनमा बस्छन् तर औषधि पाइरहेका हँुदैनन् । बिरामीहरूलाई पैसा तिर्न बाध्य पारेको हुन्छ ।
सरकारले सबै नागरिक स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने हेतुले स्वास्थ्य बीमा ल्याए तापनि नागरिक भने सरकारको भनाइअनुसार स्वास्थ्य सेवाको पहुँचमा आउन सकिरहेको छैन । सरकारले स्वास्थ्य बीमाको साथै आधारभूत स्वास्थ्य सेवाको लागि सम्पूर्णमा निःशुल्क गर्नुपर्दछ । तबमात्र नागरिकहरू रोग गुम्स्याएर बस्नुपर्ने थिएनन् ।