आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
इन्डोनेसिया । १७ पुस (एएफपी) । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
दशौँ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन् भने, उनीहरूलाई अस्थायी शिविरहरूमा राखिएको छ । हजारौँ मानिसको घर भत्किएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरू पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
मृत्यु भएका मध्ये कम्तीमा २१ जनाको जाकार्तामा मात्रै मृत्यु भएको र अरू दुई जनाको छिमेकी जाभाको लेबाकमा मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।
‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ,’ सामाजिक मामिला मन्त्री जुलियरी पिटर बाटुबाराले बिहीबार पत्रकारहरूसँग भन्नुभयो । उहाँले मृत्यु हुनेको सङ्ख्या अब नबढ्ने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
लेबाकका स्थानीय उद्धारकर्ताहरूले पनि दुई जनाको मृत्यु भएको बताएका छन् । उनीहरूले अरु तीन जनाको पनि मृत्यु भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाएका छन् ।
जाकार्तामा एक जना आठ वर्षीय बालकदेखि ८२ वर्षीय वृद्धसम्मको मृत्यु भएको पीडितहरूले बताएका छन् ।
Leave a Reply