भर्खरै :

हङकङ केही विदेशी राजनीतिज्ञको हात हाल्ने ठाउँ होइन

पेचिङ, २ जनवरी
(सीआरआइ) । आजकाल केही विदेशी राजनीतिज्ञहरूले संयुक्त नामसहित हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक लिन चङ य्वे अलाई चिट्ठी लेखेर सामाजिक अनुशासन संरक्षण गर्ने हङकङको प्रहरीमाथि दोष थोपर्ने र हङकङको स्वतन्त्रता तथा कानुनी व्यवस्थापनमाथि दोषारोपण गरी खुलारूपमा हङकङ मामिलामाथि हस्तक्षेप गरेका छन् । यसबारे हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले हिजो जनवरी एक तारिखमा एउटा वक्तव्य प्रकाशित गर्दै चिट्ठीमा असत्य कुरा भरिएको र पश्चिमी मुलुकका केही व्यक्तिहरूले हङकङ मामिलामा हात हालेर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न खोजेका कुरा औँल्याएका छन् ।
उनीहरूको उद्देश्य के हो ? विश्वका सम्पूर्ण सद्गुणी व्यक्तिहरूलाई थाहा छ । हङकङलाई उथलपुथल बनाएर चीनको विकासलाई रोक्नु केही विदेशी राजनीतिज्ञहरूको कुचेष्टा हो । यस पटकको तथाकथित खुला चिट्ठी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारलाई दबाब दिएर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने प्रयास उनीहरूको नयाँ गतिविधि हो । उनीहरूले यस्तो गतिबिधिमार्फत चीनलाई तथाकथित ‘अन्तर्राष्ट्रिय दबाब’ बनाउन खोजेका छन् ।
तथापि यस खुला चिट्ठीमा भएको तथाकथित आरोप सत्य छैन । केही विदेशी कुटनीतिज्ञले हिंसात्मक तत्वहरूलाई बेवास्ता गरी कानुनबमोजिम कारबाही चलाउने हङकङ प्रहरीमाथि दोषारोपण गरेका छन् ।
वास्तवमा हङकङ प्रहरीले संयम अपनाई न्यूनतम बलबाट सामाजिक अनुशासनको पुनःस्र्थापना गर्दै आएको छ । ‘प्रदर्शनकारीहरूले’ कानुनविपरीत गतिविधि गरेको अवस्थामा मात्र प्रहरीले उनीहरूलाई अनुकूल कारबाही गरेको छ । जुन अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डसँग मिलेको छ ।
मातृभूमिमा समाहित भएको २२ वर्षदेखि ‘एक देश दुई व्यवस्था’ को प्रारुपमा हङकङको टड्कारो प्रगति भएको छ । अहिले उथलपुथल परिस्थिति भए तापनि वर्तमान चुनौतीको समाधान गर्न हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार सक्षम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *