आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
हवाना, १ जनवरी । संसारका अरू धेरै संस्कृतिजस्तै क्युवालीहरूको पनि नयाँ वर्ष मनाउने आफ्नै तरिका छ । क्युवालीहरूको यस्तो तरिकाले क्युवालाई विशेष र आकर्षक बनाएको छ ।
धेरै जसो क्युवालीहरू नयाँ वर्ष आफ्नै परिवारका सदस्यसँगै बसेर स्वागत गर्छन् । उनीहरूको खाने टेबुलमा हुन्छ– सेतो भात, कालो सिमी र पोलेको सुङ्गुरको मासु ।
नयाँ वर्षको पूर्वसन्ध्यामा सबै परिवार एकै ठाउँमा बसेर शुभकामना आदानप्रदान गर्छन् । क्युवाहरू त्यो रात ६ दाना हरियो र ५ दाना कलेजी रङ्गको गरी जम्मा बा¥ह दाना अङ्गुर खाने गर्छन् । ठीक मध्यरातमा बा¥ह दाना अङ्गुर खाँदा नयाँ वर्षमा इच्छ्याएको पूरा हुने क्युवाली विश्वास छ ।
नयाँ वर्षमा विवाह गर्ने केटा र केटीले नयाँ वर्षको अघिल्लो रात बा¥ह पटक उठेर र बा¥ह पटक बसेर बा¥ह दाना अङ्गुर खाने चलन छ ।
विवाह गर्न असल दुलाहा खोजिरहेको महिलाले त्यो दिन ठीक मध्यरातमा रातो रङ्गको भित्री कपडा लगाउने चलन छ ।
नयाँ वर्षको अघिल्लो मध्यरात जु्त्तामा पैसा राख्ने वा पैसामा कुल्चिने पनि परम्परा छ । यसरी नयाँ वर्षको पहिलो प्रहरमा पैसामा पाइला राख्दा आर्थिकरूपमा धनी हुने विश्वास रहेको बताइन्छ ।
नयाँ वर्षमा टाढा यात्रा गर्ने चलन पनि क्युवामा व्यापक छ । नयाँ वर्षको समयमा यात्रा गर्दा यात्रा निकै रोमाञ्चक हुने क्युवालीहरू विश्वास गर्छन् । साथै क्युवालीहरू नयाँ वर्षको अघिल्लो दिन घर सरसफाइ गर्ने र नयाँ वर्षको स्वागतमा घर सफा गरेको फोहोर पानी फाल्ने चलन पनि छ । त्यसले घरमा भएका नराम्रा कुरालाई भगाउने र राम्रा कुरा भित्रिने जनविश्वास रहेको छ ।
क्युवाका ग्रामीण क्षेत्रमा नयाँ वर्षमा कपडाका पुतली बनाएर आगोले पोल्ने पनि गर्छन् । त्यसरी बनाइएका पुतलीको गोजीमा केही पैसा पनि हाल्ने चलन छ । घर परिवारका अपसकुन सबै पन्छाउन यस्तो गरिएको क्युवालीहरू बताउँछन् ।
क्युवामा धेरै जाति, धर्म र सम्प्रदायका मानिस बसोबास गर्छन् । नयाँ वर्षको अघिल्लो रात भने सबै मानिस आपसी भाइचारा र मैत्रीभावनाका साथ धुमधामसँग रमाइलो गर्छन् । उनीहरू सुस्वास्थ्य, समृद्धि र प्रेमको कामना गर्दै आपसमा शुभकामना आदानप्रदान गर्छन् । .
Leave a Reply