नया“ दिल्ली, ५ जनवरी । आइतबार सा“झ भारतको राजधानी नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा सत्तारुढ दल भारतीय जनता पार्टीसम्बद्ध गुण्डाहरूले विश्वविद्यालयका वामपन्थी र प्रजातान्त्रिक विचारका विद्यार्थीमाथि हिंसात्मक आक्रामण गरेका छन् ।
सत्तारुढ दलसम्बद्ध अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)सम्बद्ध गुन्डाहरू मुखमा रुमालले बा“धेर आई विद्यार्थी र प्राध्यापकहरूमाथि निर्मम कुटपिट गरेका थिए ।

प्राध्यापक सुचित्रा सेन
विश्वविद्यालयको टी–प्वाइन्टमा जेएनयु प्राध्यापक संगठनको आयोजनामा भएको शान्ति बैठकमा घुसेर एबीभीपीका कार्यकर्ताले हातहतियारले साङ्घातिक हमला गरेका थिए । हमलामा परी जेएनयु विद्यार्थी युनियनका सभापति एसी घोषलगायत कयौं विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएका छन् । सभापति घोषलगायत धेरै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । प्राध्यापक सुचित्रा सेनाको टाउकोमा पनि गम्भीर चोट लागेको छ ।
घाइतेलाई अस्पतालमा ला“दै गरेको एम्बुलेन्स समेत रोकी एबीभीपीका गुन्डाहरूले कुटपिट र तोडफोड गरेका थिए । गुन्डाहरूले हिंसात्मक हमला गर्दा समेत दिल्ली प्रहरी चुपचाप मुकदर्शक भएर बसेको घाइते विद्यार्थीहरूले जनाएका छन् । साङ्घातिक हमला गर्न गुन्डाहरूले वरपरका सबै बत्ती निभाएको प्रत्यक्षदर्शीहरूले बताए ।
Leave a Reply