नीरज
चीनलाई समग्रतामा बुझ्न सहज छैन । चीन संसारकै सबभन्दा धेरै जनसङ्ख्या भएको देश मात्र होइन, समकालीन विश्वको एउटा उदयीमान शक्तिशाली देश पनि हो । आजको चीनलाई एकै कोणबाट मात्र बुझ्ने प्रयास गर्नु ‘आँखा नदेख्नेले हात्ती छाम्नु’ जस्तै मात्र हुन्छ । आजको चीनलाई बुझ्न त्यहाँको राजनीति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, विज्ञान प्रविधिलाई मात्र बुझेर पुग्ने अवस्था पनि छैन । विशाल चिनियाँ समाजका अनेक पत्र र तहका सामाजिक समस्या, पर्यावरण, राजनीतिक विचारधाराका नवीनतम प्रयोग, गरिबी निवारण, प्रविधिले जन्माएका अनेकन चुनौतीका समाधान आदि धेरै कोणबाट हेर्दामात्र समकालीन चीनलाई समग्रतामा बुझ्न सकिएला । भाषा र सांस्कृतिक दूरीको कारण बाँकी विश्वको लागि आज पनि चीन ‘बुझ्न कठिन देश’ नै हो । तथापि चीनको तीव्र गतिको उदयसँग लय मिलाएर हिंड्ने हो भने आजको संसारलाई चीन नबुझी सुख पनि छैन । अझ नेपालजस्तो छिमेकी देशका जनताले त अब चीनलाई क्रमशः बुझ्दै जानुपर्ने अपरिहार्यता छ ।
चाइना इन्टरकन्टिनेन्टल प्रेसले प्रकाशन गरेको ‘चाइनिज ड्रिम, डेभलपमेन्ट अन्डर न्यु लिडरसीप’
(चिनियाँ सपना, नयाँनेतृत्वअन्तर्गत विकास) पुस्तकले आजको चीनलाई समग्रतामा बुझ्न सहज बनाउन सक्छ । चिनियाँकम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनको सेरोफेरोमा चीनकै अग्रणी पत्रिका ‘चाइना डेली’ मा प्रकाशित सम्पादकीय र विभिन्न विषयमा चिनियाँ तथा विदेशी लेखकका साना–ठूला लेख यो पुस्तकमा सड्ढलन गरिएको छ ।
हु चिन्ताओ भर्खर मात्र पदबाट बिदा भएका थिए । चिनियाँकम्युनिस्ट पार्टी र सरकारको नेतृत्वमा सी चिनफिङ पदासीन भइसकेका थिए । अघिल्लो नेतृत्वले बसाएको जगलाई आधार मानेर नयाँनेतृत्वले देशलाई अझ अघि बढाउने चिनियाँ राजनीतिक नेतृत्वको धेरै अघिदेखिको अभ्यास हो । केही सञ्चारमाध्यम र विश्लेषकहरूले सीको उदयबारे अतिरञ्जनापूर्ण चर्चा गर्दै हु चिन्ताओलाई न्यूनाङ्कन गर्ने प्रयास गरेको पाउँछौं । तर, आज सीले हासिल गरेको उचाइ हु कार्यकालकै सिलसिला हो भन्ने कुरा बुझाउन ‘चिनियाँ सपना, नयाँनेतृत्वअन्तर्गत विकास’ पुस्तक उपयोगी हुनसक्छ ।
दुई सय पृष्ठको पुस्तक ५ खण्डमा विभाजित छ । पहिलो खण्डको शीर्षक छ–नयाँ राजनीतिक युग । यो खण्डमा समावेश १० वटा लेखहरूले हु चिन्ताओ कार्यकालको समीक्षा र सीको उदयसँगै चीनमा देखिएका परिवर्तनबारे चर्चा गरिएको छ । विशेषतः सी पदासीन भए पछि गरेका केही महत्वपूर्ण निर्णयबारे केही लेखमा व्याख्या गरिएको छ । त्यत्तिबेला चिनियाँ कम्युनिस्ट पार्टी र कर्मचारीतन्त्रमा विकास भएको सुविधाभोगी, खर्चालु र देखावटी प्रवृत्तिविरुद्ध सीले कडा निर्णय गरेका थिए । कार्यकर्ता र कर्मचारीमा जनताको सेवा गर्नेभन्दा व्यक्तिवादी प्रवृत्ति बलियो बन्दै थियो । यसले चीनले अङ्गीकार गर्दै आएको जनताको सेवा गर्ने राजनीतिक विरासतलाई मात्र कमजोर बनाएको थिएन, बरु त्यस्ता प्रवृत्तिले एउटा विकसित देश बन्ने चिनियाँ जनताको सपनामाथि समेत दख्खल पु¥याउने सम्भावना थियो ।

हु चिन्ताओ भर्खर मात्र पदबाट बिदा भएका थिए । चिनियाँकम्युनिस्ट पार्टी र सरकारको नेतृत्वमा सी चिनफिङ पदासीन भइसकेका थिए । अघिल्लो नेतृत्वले बसाएको जगलाई आधार मानेर नयाँनेतृत्वले देशलाई अझ अघि बढाउने चिनियाँ राजनीतिक नेतृत्वको धेरै अघिदेखिको अभ्यास हो । केही सञ्चारमाध्यम र विश्लेषकहरूले सीको उदयबारे अतिरञ्जनापूर्ण चर्चा गर्दै हु चिन्ताओलाई न्यूनाङ्कन गर्ने प्रयास गरेको पाउँछौं । तर, आज सीले हासिल गरेको उचाइ हु कार्यकालकै सिलसिला हो भन्ने कुरा बुझाउन ‘चिनियाँ सपना, नयाँनेतृत्वअन्तर्गत विकास’ पुस्तक उपयोगी हुनसक्छ ।

पार्टी कार्यकर्ता र सरकारी अधिकारीहरूमा ठूलठूला कुरा गर्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै थियो । सीले त्यत्तिबेला पार्टी र सरकारी संयन्त्रभित्र भ्रष्टाचार, जनताबाट टाढा बस्ने, औचारिकतामा जोड दिने, कर्मचारी स्वभावले व्यापक आकार लिएको देखे । त्यस्ता गलत प्रवृत्ति र चरित्रलाई निमिट्यान्न नपारी चिनियाँ राष्ट्रिय पुनर्जागरणको लक्ष्य पूरा हुने सम्भावना थिएन । फलतः सीले आफ्नो कार्यकालको सुरुआतमै यस्ता समस्याविरुद्ध लड्ने निधो गरे ।
सी चिनफिङ सत्तासीन भएको आज सात वर्ष भइसकेको छ । यो अवधिमा चीनले अभूतपूर्व उपलब्धिहरू हासिल गरेको छ । चीनले आज हासिल गरेका उपलब्धि दिगो बनाउन पार्टी र सरकारमा सीले चलाएको खोटा प्रवृत्ति र अभ्यासविरुद्धको अभियान नै प्रमुख आधार बन्यो ।
चीनले सन् २०२१ र २०४९ लाई लक्षित गरी ‘दुई शताब्दी लक्ष्य’ निर्धारण गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको एक शताब्दी पुगेको अवसरमा आगामी वर्ष सन् २०२१ मा चीनले सबै क्षेत्रमा मध्यम ढङ्गले समृद्ध देश बनाउने र जनवादी चीन स्थापनाको एक शताब्दी पुगेको अवसरमा सन् २०४९ सम्ममा चीनलाई एउटा विकासित र शक्तिशाली देश बनाउने निर्धारित लक्ष्यतिर आज चीन अघि बढिरहेको छ । यो लक्ष्य हासिल गर्न त्यत्ति सरल र सहज पक्कै छैन । त्यसको निम्ति सबभन्दा पहिले चीन स्वयम् नै बलियो बन्नुपर्छ । चीन बलियो बन्न चीनको नेतृत्व गर्ने राजनीतिक र सामाजिक नेतृत्व सबल हुन जरुरी थियो । चीनका कर्मचारी र पार्टी कार्यकर्ता नै भ्रष्टाचार र लालचमा डुब्दा यो लक्ष्य हासिल गर्न सम्भव थिएन । त्यसकारण सीले सबभन्दा पहिले पार्टी र सरकारी कर्मचारीतन्त्रभित्रको सुधारमा जोड दिएको पुस्तकको पहिलो खण्डमा चर्चा गरिएको छ ।
पुस्तकको दोस्रो खण्डमा चीनको अर्थतन्त्रको अवस्था र आर्थिक विकासका आधारबारे चर्चा गरिएको छ । कुनै पनि देशको विकास एकै क्षेत्रमा भएको प्रगतिमा मात्र पूर्ण हुन सक्दैन । चीन एउटा विकसित देश बन्न उसले हरेक क्षेत्रमा समान तरिकामा विकासलाई जोड दिनुपर्छ । आज चीनले ग्रामीण क्षेत्रको गरिबी निवारणमा दिइरहेको जोड यसैको उदाहरण हो ।
सन् २००८ बाट पश्चिमा विश्व आर्थिक मन्दीमा डुब्यो । तर, त्यो आर्थिक सड्ढटले चीनलाई खास असर गरेन । तथापि चीनमा धेरैथरी आर्थिक र वित्तीय सुधारका चुनौती नभएका होइनन् । सन् ७० को दसकबाट आरम्भ भएको सुधार र खुलापनको नीतिलाई समय सुहाउँदो ढङ्गमा कसरी अघि बढाउने चुनौती पनि आजको चीनसामु छ । देशभरका जनतालाई समानुपातिक आय वितरण, सार्वजनिक सेवामा सुधार आदि विषयमा चिनियाँ नेतृत्वले ध्यान दिनुपर्ने विभिन्न विदेशी तथा चिनियाँ टिप्पणीकारले जोड दिएका छन् ।
सामान्यतः आजभोलि कुनै पनि विषयलाई बृहत् कोणबाट बुझ्ने र विश्लेषण गर्ने चलन छ । यस्तो विश्लेषणले समाज, परिवार र मानिसको मनोविज्ञानमा कस्ता हावी भइरहेका समस्यालाई भने ओझेलमा पारिरहेको हुन्छ । ठूला–ठूला राजनीतिक र आर्थिक विषयसामु समाजले झेलिरहेका समस्या गौण वा साना देख्दा राजनीति र अर्थतन्त्रलाई जनताको जीवनबाट अलग बनाउँछ । पुस्तकको तेस्रो र चौथौ खण्ड आजको चिनियाँ समाजले सामना गरिरहेका यस्ता मिहिन तर महत्वपूर्ण पक्षबारे चर्चा गरिएको छ । यस्ता समस्यामा पर्यावरणदेखि पानीको व्यवस्थापनसम्म छन् । ठूलो जनसङ्ख्या भएको चीनका ठूलठूला सहरलाई आवश्यक पानीको आवश्यकता पूरा गर्न पनि कम चुनौतीपूर्ण छैन ।
चीन आज संसारकै प्रमुख शक्ति देश बन्दैछ । त्यसकारण संसारमा हुने महत्वपूर्ण निर्णयमा चीनको भूमिका क्रमशः विस्तार भइरहेको छ । संसारको राजनीतिक र आर्थिक घटनाक्रममा उसको पनि कुनै न कुनै कोणबाट संलग्नता बढ्न थालेको छ । संसारका अधिकांश देशसँग उसको कुटनीतिक सम्बन्ध अझ फराकिलो बन्दैछ । अर्थात चीनको अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिको परिभाषा हिजोभन्दा आज फराकिलो बनिरहेको छ । चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड महापरियोजनाले आज संसारलाई अर्को रूप र गति दिन खोजिरहेको छ । तर, हिजोदेखि संसारमा आफ्नो प्रभुत्व जमाउँदै आएको संरा अमेरिका नेतृत्वको पश्चिमा विश्व भने चीनको उदयलाई सहन सकिरहेको छैन । यस्तो अवस्थामा चीनको अन्तर्राष्ट्रिय सम्बन्ध संसारकै चासोको विषय बनेको छ । पुस्तकको पाँचौ खण्डमा विभिन्न छिमेकी र विश्व शक्ति देशहरूसँग चीनको सम्बन्धबारे चर्चा गरिएको छ ।
सङ्कलित लेखहरूमा प्रयुक्त मनग्य तथ्य–तथ्याड्ढले चीन र बाँकी संसारको तुलनात्मक अध्ययन गर्न मद्दत पुग्छ । चीनबारे जान्न चाहने जोकोहीको लागि यो एउटा सन्दर्भ सामग्री हुन सक्छ ।

नीरज लवजू  मजदुर दैनिक सम्बद्ध हुनुहुन्छ ।