क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
रमिन मजहिरा
‘घृणा नभएको मान्छेले निर्मम शत्रुमाथि विजय हासिल गर्नसक्दैन’ – चे ग्वेभारा
इराकी भूमिमा कासिम सोलेमनीको हत्याले धेरै नयाँकुरा जन्माउनेछ । संसारभरि संरा अमेरिकाप्रति असन्तोष र घृणा त अहिले नै डढेलोसरि फैलिसकेको छ ।
आज पूरा संसारको एउटै बुझाइ बनेको छ– संरा अमेरिकाले युद्ध अपराध गरेको छ । इरानको प्रजातान्त्रिक र जनप्रिय क्रान्ति उल्टाउनु वाशिङ्टनको रक्तपिपासु लक्ष्य हो । इरानी क्रान्तिमा प्रतिगमन गरेर वाशिङ्टन कहिल्यै प्यास नमेटिने आफ्नो नवउदारवादी लोभ पूरा गर्न चाहन्छ । त्यही लक्ष्य फत्ते गर्न ऊ निर्मम अनैतिकतामा उत्रेको छ । उसको यस्तो अनैतिक व्यवहार सम्झेर संसारले आज विद्युत्तीय झट्का अनुभव गरेको छ । साता दिन बिरामी हुनुको पीडाभन्दा डाक्टरले लगाउने सुईको घोचाइ अझ पीडादायी हुन्छ भनेजस्तै भएको छ–संसारलाई ।
यो कायरतापूर्ण, अवैधानिक, अमानवीय अपराधको चर्को प्रतिरोध हुने नै छ । यस्तो नग्न हमलाले सर्वसाधारण अमेरिकी जनतालाई केही पनि लाभ हुने छैन । यो सब संरा अमेरिकी शासक वर्गको हितमा हँुदै छ । सोलेमनीको वास्तविक विरासत ऐतिहासिकरूपमा बुझ्न हामीले केही समय कुर्नैपर्ने छ । सोलेमनी मुस्लिम चे ग्वेभारा थिए ।
सोलेमनी ‘इरानी चे ग्वेभारा’ मात्र थिएनन् किनभने चे ग्वेभाराका आदर्शलाई ख्याल गर्दा त्यसो भन्नु अपुग हुने छ । चे ग्वेभारा अर्जेन्टिनामा जन्मेका थिए । चेलेजस्तै सोलेमनीले पनि संरा अमेरिकी साम्राज्यवादविरुद्ध लड्न जीवनका धेरै वर्ष विभिन्न देशमा बिताए । अनि आफ्नो अन्तिम श्वास विदेशी भूमिमा लिए । यो अन्तर्राष्ट्रिय भ्रातृत्वको एउटा उदाहरण हो ।

चे ग्वेभारा अर्जेन्टिनामा जन्मी क्युवाली क्रान्तिमा लड्ने अन्तर्राष्ट्रवादी क्रान्तिकारी हुन् ।

सोलेमनी गत जनवरी ३ मा संरा अमेरिकी ड्रोन हमलामा परी निधन भएका इरानी उच्च सैनिक अधिकारी हुन् ।
सोलेमनीको हत्यालाई अन्तिम हत्या मान्नेहरूले सोच्नुपर्छ–चे ग्वेभाराको हत्या पहिलो थियो । त्यसपछि सुकार्नो, एनक्रुमा, बेन बेल्ला, मार्टिन लुथर किङ र रोबर्ट केन्नेडीको पनि हत्या भएको थियो ।
सोलेमनीको हत्यासँगै इरानी क्रान्ति विघटन हुनेमा म कति पनि विश्वास गर्न सक्तिनँ । यसमा मलाई पटक्कै विश्वास छैन । म उनको बलिदान र उपलब्धिप्रति सम्मान गर्छु । जनताको क्रान्तिको विचार एकै जना व्यक्तिमा निर्भर हुनसक्दैन । एकै जना व्यक्तिको विचारमा निर्भर त खासमा क्रान्ति नै होइन । त्यो त पश्चिमा पुँजीवादी साम्राज्यवादी ‘एक व्यक्तिको महान प्रस्तुति’ (ग्रेट म्यानिज्म) हो । माक्रों, रोडेसिया, लुइस चौधौँ र अहिलेका ट्रम्पमात्र त्यसका हुनसक्छन् । एउटा सफल क्रान्तिकारी संस्कृतिले एउटा प्रणाली विकास गर्छ जसले क्रान्तिको अन्तिम सफलतासम्म एकपछि अर्को पुस्ताका नैतिक र सफल नेताहरू तयार गरेको हुन्छ । इरानमा सफल क्रान्तिको चालीस वर्ष लामो इतिहास छ । आजको दुःखद दिनबीच पनि भविष्यप्रति उनीहरूको विश्वास न्यायपूर्ण छ ।
यदि इरानी जनताले आफ्नो क्रान्तिलाई रोमान्सको रूपमा लिए, करोडौँ इरानी जनताको खस्कँदो जीवन अनि घृणा र निर्ममताबाट जोगिन बिना कुनै पुरस्कारको आशा क्रान्तिको लागि आवश्यक बलिदानको निम्ति तयार इरानी जनता नभए क्रान्ति असफल हुने छ । फ्रान्समा हेर्नोस् त, फ्रान्सेलीहरू हरेक वर्ष बास्टली दिवस मान्छन् । तर, उनीहरू त्यो क्रान्ति दिवस रोमान्समा बिताउँछन् ।
जो मान्छे इरानबाहिरका मानिसलाई इरानी क्रान्ति विश्वव्यापी र क्षेत्रीयरूपमा आवश्यक नभएको सोच्छन्, उनीहरूले इराकी, सिरियाली वा प्यालेस्टाइनीलाई गएर सोध्दा हुन्छ । उनीहरू के यो कुरामा सहमत छन् ? अरु देशहरू त इरानी क्रान्तिको बाटोमा क्रमशः आउलान् । म यतिबेला भने विशेषतः इस्लामिक संस्कृति भएका देशजस्तै इजिप्ट, मोरोक्को र अरबियामा यो क्रान्तिको सख्त आवश्यकता भएको महसुस गर्दै छु । एक दिन सबै देशका चे ग्वेभारा र सोलेमनीका छोराछोरीहरू एकजुट हुने छन् । उनीहरू कोही मुसलमान हुने छन्, कोही ल्याटिन अमेरिकी हुने छन् र अरु पनि ।
सोलेमनीको हत्यालाई अन्तिम हत्या मान्नेहरूले सोच्नुपर्छ–चे ग्वेभाराको हत्या पहिलो थियो । त्यसपछि सुकार्नो, एनक्रुमा, बेन बेल्ला, मार्टिन लुथर किङ र रोबर्ट केन्नेडीको पनि हत्या भएको थियो ।
सोलेमनीको हत्यासँगै इरानी क्रान्ति विघटन हुनेमा म कति पनि विश्वास गर्न सक्तिनँ । यसमा मलाई पटक्कै विश्वास छैन । म उनको बलिदान र उपलब्धिप्रति सम्मान गर्छु । जनताको क्रान्तिको विचार एकै जना व्यक्तिमा निर्भर हुनसक्दैन । एकै जना व्यक्तिको विचारमा निर्भर त खासमा क्रान्ति नै होइन । त्यो त पश्चिमा पुँजीवादी साम्राज्यवादी ‘एक व्यक्तिको महान प्रस्तुति’ (ग्रेट म्यानिज्म) हो । माक्रों, रोडेसिया, लुइस चौधौँ र अहिलेका ट्रम्पमात्र त्यसका हुनसक्छन् । एउटा सफल क्रान्तिकारी संस्कृतिले एउटा प्रणाली विकास गर्छ जसले क्रान्तिको अन्तिम सफलतासम्म एकपछि अर्को पुस्ताका नैतिक र सफल नेताहरू तयार गरेको हुन्छ । इरानमा सफल क्रान्तिको चालीस वर्ष लामो इतिहास छ । आजको दुःखद दिनबीच पनि भविष्यप्रति उनीहरूको विश्वास न्यायपूर्ण छ ।
ट्रम्पले युद्ध अपराध गरेका छन् । तर, केही समयमै लिइने बदलाले सोलेमनीको न्यायपूर्ण सिद्धान्तलाई सही प्रमाणित गर्ने छ । इरानी क्रान्तिको लागि बलिदान दिने सबैका भावनालाई न्याय गर्ने छ ।
चे ग्वेभाराको हत्यालाई कसरी सामना गर्ने भन्ने विषयमा अ·ोलाले उत्कृष्ट उदाहरण पेश गरेको छ । उनीहरूले ‘चे मरेका छैनन्’ नामको साम्राज्यवादविरोधी लडाइँ थाले । फलतः गिनी बिसाउमा पोर्चुगाली उपनिवेशको अन्त्य भयो । सन् १९७४ मा सम्पूर्ण पोर्चुगल साम्राज्य नै ढल्यो ।
पश्चिमा साम्राज्यवादले दसकौँसम्म भ्रष्टाचार, घृणा र निर्ममता थोपरेको इराक सोलेमनीको लगातारको मिहिनेतपछि आज बलियो बनिसकेको छ । आज इराक संरा अमेरिकी सेनालाई तत्काल शान्तिपूर्वक आफ्नो देश छोड्न भनिरहेको छ । मलाई लाग्छ, सोलेमनीको विरासतको लागि योभन्दा अर्को कुरा के हुनसक्छ र ?
(लेखक प्रेस टीभीका लागि पेरिसका प्रमुख संवाददाता हुनुहुन्छ । उहाँ सन् २००९ देखि फ्रान्समा बस्दै आउनुभएको छ । उहाँ संरा अमेरिकाको एउटा दैनिक अखबारका संवाददाता हुनुहुन्छ । उहाँले इरान, क्युवा, इजिप्ट, ट्युनिसिया, दक्षिण कोरिया र अन्यत्रबाट पनि रिपोर्टिङ गर्नुभएको छ । उहाँले केही पुस्तक पनि लेख्नुभएको छ ।)
स्रोत ः प्रेस टीभी
नेपाली अनुवाद ः सुशिला
Leave a Reply