भर्खरै :

अस्टे«लियामा पर्यटनमन्त्री भट्टराईको असंवेदनशीलता

काठमाडौँ, २२ पुस । सन् २०१९ को सेप्टेम्बरबाट अस्टे«लियाको जङ्गलमा लागेको डढेलो अझै पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन । अस्ट्रेलियाका जनता यतिबेला ठूलो समस्यामा छन् । जङ्गली आगोमा परेर करोडौँ करोड जङ्गली जनावर मारिएका छन् । वायुमण्डलमा धुँवाको मात्रा बढेसँगै जनजीवनमा गम्भीर असर परेको छ । पर्यटन उद्योगमा ठूलो ¥हास आएको छ । अस्टे«लियाका अग्नीनियन्त्रणहरू रातदिन नभनी लगातार ज्यान जोखिममा राखेर पनि आगलागी नियन्त्रणको निम्ति खटिरहेको छन् । अस्टे«लिया यति ठूलो सड्ढट भोगिरहेको बेला नेपालका पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराई त्यहाँ पुगेर नेपाल भ्रमणको प्रचार गर्न जानु वास्तवमै उनको असंवेदनशीलता हो । नेपालका मन्त्रीको यस्तो कामले धेरैलाई ‘कसैलाई के को धन्दा, घरज्वाईलाई खानकै धन्दा’ उखान स्मरण गरायो ।
मङ्गलबार भ्रमण वर्षको प्रचार गर्न पर्यटनमन्त्री भट्टराई अस्टे«लियाको सिड्नी पुगेका थिए । सिड्नी प्रशासनले भने मन्त्री भट्टराई सहभागी बन्ने प्रदर्शन गर्न दिएको थिएन । घटनाले मित्रदेशको सड्ढटप्रति नेपाल सरकारको असंवदेनशीलता प्रदर्शित गरेको छ । मन्त्री भट्टराईको यस्तो चालाप्रति सामाजिक सञ्जालमा व्यापक खेद प्रकट भएको छ । पत्रकार गनी अन्सारी ट्वीटरमा लेख्छन्–“विध्वंसकारी प्राकृतिक प्रकोपसँग जुझिरहेको देशमा पर्यटन प्रबद्र्धन गर्न लगाउने आइडिया चाहिँ कसले दियो ? अरे करबाट तलब भत्ता खाने सर÷म्यामहरू ¤ कमन सेन्स भन्ने जिनिस लगाउन विद्यावारिधि नै गरेको हुनुपर्दैन । कहिलेकाहीं तपाईँहरूलाई सानो लाग्ने कुराले पनि देशको बेइज्जत भइदिन्छ ।”
त्यस्तै ट्वीटरमै केपी ढुङ्गाना लेख्छन्,“प्राकृतिक विपत्ति खेपिरहेका अस्टे«लियन नागरिकलाई रमाइलो गर्न नेपाल आऊ भन्ने निम्ता दिन जानु नै गलत थियो । त्यसमा पनि अनुमति नै नलिए ¥याली निकाल्दा प्रहरीले नै रोकेछ । गजब प्रचार भइहाल्यो नि भिजिट नेपालको । क्या तालका निस्किए पर्यटनमन्त्री पनि ।”
सिड्नी प्रहरीले बिनाअनुमति प्रदर्शन गरेको भनी पर्यटनमन्त्री सहभागी प्रदर्शन रोक्न लगाएका थिए ।
मानवी पौडेल लेख्छिन्,“आशा गरिएका मन्त्री, निराशाजनक हर्कतः आगलागीको आहतमा सिङ्गो देश पर्दा नेपाल भ्रमण वर्ष २०२० को प्रचारले मन्त्रीमात्रै होइन, नेपालको छवि नै दाग लाग्ने काम गरेकोमा मन्त्रीज्यूलाई अस्ट्रेलियामा गरेको ¥यालीको लागि त्यहाँको सरकार र नेपाली जनतासँग माफी माग्न अनुरोध छ ।”
ट्वीटरमै अनन्त कोइरालाले भने अलि फरक विश्लेषण गरेका छन् । उनले लेखेका छन्, “सिड्नीमा नेपाल भ्रमण वर्षको प्रमोशन गर्ने ¥यालीको लागि काउन्सिल अफिसबाट स्वीकृति नलिई मन्त्रीलाई ¥यालीमा सहभागी गराएका काङ्ग्रेसबाट नियुक्ति पाएका राजदुतले मन्त्री र देशकै बेइज्जत गरेका छन् । जहाँ काङ्ग्रेस जोडिन्छ, त्यहाँ जसरी नि बेइज्जत वा गलत त भइहाल्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *