भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
सुरेश बखुन्छे
थालनी ः ज्ञानबाट नै
“कि परेर जानिन्छ, कि पढेर जानिन्छ ।” – नेपाली लोकोक्ति
कुनै पनि विषयप्रतिको बुझाइ नै ज्ञान हो । ज्ञान प्राप्त गर्ने आधार भनेको तुलना हो । पाँच ज्ञानेन्द्रीय (नाक, कान, घाँटी, आँखा र छाला) का माध्यमबाट प्राप्त गर्ने अनुभव नै वास्तवमा ज्ञान हो । यही मान्यतालाई हामी वैज्ञानिक मान्यता भन्दछौँ । यसर्थः ज्ञान प्राप्त गर्न विद्यालय, क्याम्पस वा कुनै पनि शैक्षिक संस्था जानु नै पर्छ भन्ने छैन । हामी जो कोहीले घरमा बसेरै पनि ज्ञान प्राप्त गर्न सक्छौँ । हाम्रा पूर्वजहरूले कुनै पनि शैक्षिक संस्थामा गएर ज्ञान प्राप्त गरेका थिएनन्, तै पनि विश्व सम्पदामा सूचिकृत सम्पदाहरू निर्माण गरेर गएका थुप्रै उदाहरण हामीसँग आज पनि छन् । माथिको लोकोक्तिका आधारबाट पनि भन्न सकिन्छ कि ज्ञान प्राप्त गर्ने आधार भनेकै अनुभव, बुझाइ र ठम्याइ हो । के अनुभव बटुल्न, कुनै विषयका बारेमा बुझ्न वा ती विषयमा आफ्नो धारणा राख्न शैक्षिक संस्था नै जानुपर्छ भन्ने छ त ?
अब लागौँ भाषातिर
मानव समाजको विकास हुने क्रममा मान्छेले जानेर वा नजानेर विभिन्न हाउभाउसहित लवजको पनि विकास गरे र कालान्तरमा त्यस्ता लवजलाई भाषा भनी परिभाषित गरियो । फरक–फरक क्षेत्र, देश वा भूगोलमा बस्ने मानव समुदायले आफ्नो र समुदायको आवश्यकता पूरा गर्न तथा सञ्चार गर्न मौलिक खालका भाषाको विकास गरे र प्रयोग गरे । त्यसैअनुरुप विश्वमा थुप्रै भाषाको विकास भएको हो । नेपालको सन्दर्भमा भन्ने हो भने पनि १२३ भन्दा बढी भाषा–भाषिकाको विकास हुनु यसको उदाहरण हो ।
हो, भाषाले ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न मद्दत गर्छ तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने न भाषा नै ज्ञान हो, न त ज्ञान नै भाषा ।
भाषा यादृच्छिक, परिवर्तित वा हस्तान्तरित हुन्छ । हामीलाई मन लागे आफ्नो मातृभाषा बोल्न पनि सक्छौँ वा नबोल्न पनि सक्छौँ । कसैले हस्तान्तरण गरेकै आधारमा जस्ताको तस्तै शब्द प्रयोग गर्नैपर्छ भन्ने पनि छैन । हाम्रा पुर्खाबाट हामीले र हामीबाट हाम्रा छोरा÷छोरी वा नाति÷नातिनीले प्राप्त गरेका भाषा जस्ताको तस्तै छ वा हुन्छ भन्ने छैन । समय सापेक्ष मानव समाज र संस्कृति परिवर्तित भएजस्तै भाषा पनि परिवर्तित हुँदै जान्छ । उदाहरणका लागि ‘आमा–बुबा’को सट्टा “ड्याडी–मम्मी” को प्रयोग र आमा–बुबाको अर्थ पनि ‘हजुरआमा–हजुरबुबा’ मा परिणत भएकोबाट पनि स्पष्ट हुन्छ । यसका साथै ‘झ्याउ’, ‘झुर’ को सट्टा ‘बोर’ शब्दको प्रयोग र उक्त शब्दको अर्थप्रतिको ठम्याइ यसका थप उदाहरण हुन् । अर्थात् कुनै पनि शब्द, त्यसको अर्थ वा भाषा नै किन नहोस्, मानव निर्मित हुन् । यो पनि परिवर्तनीय छ ।
भाषाको मुख्य कार्य भनेकै सञ्चार गर्नु हो । त्यो चाहे कसैको अभिव्यक्ति बोलेर होस्, वा लेखेर होस् । यदि भाषा नहुँदो हो त आज हामी हाम्रो वर्तमान सामाजिक संरचना, सामाजिक सम्बन्धको कल्पनासम्म पनि गर्नसक्ने थिएनौँ । यसर्थ भाषा मानव समुदायले आफ्नो आवश्यकता पूर्ति गर्नका लागि आविष्कार गरेको महत्वपूर्ण साधन हो ।
थोरै कुरा सिर्जनशीलताको
कुनै पनि व्यक्तिमा रहेको अन्तरनिहित भावना लेखेर होस् वा कोरेर होस्, बोलेर होस् वा देखाएर होस् अभिव्यक्त गर्नसक्ने खुबी नै कला हो । यस्ता कला निर्माण गर्ने क्रममा व्यक्तिले प्रयोग गर्ने दिमागको प्रस्तुति सिर्जनशीलता हो । त्यसैले त भन्ने गरिन्छ, “जो कोहीमा पनि कुनै न कुनै सिर्जनशीलता हुन्छ ।”
जो कोहीले पनि के, को, कहाँ, कसरी … आदिको प्रश्नको उत्तरलाई आफ्नै तरिकाले बुझेर प्रस्तुत गर्ने कला नै सिर्जनशीलता हो । हिमाल, पहाड वा तराईका बारेमा कवि, कथाकार, निबन्धकार, चित्रकार वा अन्य …कारले अभिव्यक्त गर्ने शैली फरक हुन्छ र त्यही फरक–फरक प्रस्तुति नै वास्तवमा सिर्जनशीलता हो । एउटा कविले पानीभित्र आगो देख्ला, किसानले जीवन देख्ला, चित्रकारले निलो रङ्ग देख्ला, इन्जिनियरले बिजुली देख्ला । यही अनुभवलाई विभिन्न माध्यमबाट प्रस्तत गर्नु नै सही अर्थमा सिर्जनशीलता हो ।
भाषा, ज्ञान र सिर्जनशीलता
भाषा सञ्चारको माध्यम, ज्ञान सञ्चित हुने भण्डार र सिर्जनशीलता अमर छाप हो । अर्थात्, भाषा रुपान्तरित हुन सक्छ, ज्ञान बढ्दै जान्छ तर सिर्जनशीलता कहिल्यै मर्दैन । विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको दर्शन होस् वा आइज्याक न्युटनका चालका सिद्धान्तहरू, चाल्र्स डार्विनका सिद्धान्त होस् वा चाणक्यका नीति सबै नै ज्ञानका आधारमा सिर्जित सिर्जनाहरू हुन्, न कि भाषाका आधारमा निर्मित । हो, तिनका सिर्जनालाई विश्वव्यापी बनाउन वा अन्य समुदायमा पु¥याउन भाषाले भूमिका खेलेको कुरालाई नकार्न सकिँदैन । तर, यसको अर्थ भाषा नै सबथोक हो भन्नु पूर्ण सत्य होइन ।
अङ्ग्रेजीमा लेख्दैमा बढी अङ्क पाउने ¤
हामी डलरको मोहमा फसेर वा विद्यार्थीलाई बिकाउको वस्तु सम्झेर ‘अन्तर्राष्ट्रिय बजारमा बिक्न’ अङ्ग्रेजी भाषा अपरिहार्य ठान्दै छौँ, अनिवार्य मान्दै छौँ । यहाँसम्म कि अङ्ग्रेजी जानिएन भने पछि पर्छौँ भन्दै आफ्ना छोराछोरीलाई बोर्डिङ वा अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा पढ्न पठाइरहेका छौँ । यो विश्वव्यापीकरणको प्रभावस्वरुप देखा परेको नयाँ संस्कृति हो । सायद यो अवस्थाबाट हामी पछि हट्न नसक्ने भइसकेका छौँ । तर, स्थानीयतालाई पनि ध्यान दिने कि नदिने भन्ने कुरामात्र हो ।
“अङ्ग्रेजी माध्यमबाट लेख्दा परीक्षामा पनि बढी अङ्क प्राप्त गर्न सकिन्छ ।” भन्ने छाप विद्यार्थी, शिक्षक वा अभिभावकमा परेको छ । अझ कतिपय शिक्षकले त अङ्ग्रेजी र नेपाली भाषामा लेखेका विद्यार्थीहरूको उत्तर उही हुँदा पनि आँखा चिम्लेर अङ्ग्रेजीमा लेखेका विद्यार्थीलाई थोरै भए पनि बढी अङ्क प्रदान गर्ने परिपाटीको समेत विकास भएको छ । “अङ्ग्रेजीमा लेखेको छ, अङ्क काट्ने ठाउँ नै छैन” भन्दै कतिपय शिक्षकले सतही जवाफ दिएको पनि सुनिन्छ । यथार्थतः नेपाली भाषामा लेख्दा कमी कमजोरी थाहा हुने तर अङ्ग्रेजीमा लेख्दा कमी कमजोरी थाहा नहुने हुँदा शिक्षकले आफ्नो कमजोरी लुकाउन “अङ्ग्रेजीमा लेखेको छ, अङ्क काट्ने ठाउँ नै छैन” भन्दै अङ्क दिएको पो हो कि ? यस विषयमा अभिभावक, विद्यार्थी, विद्यालय प्रशासन अनि प्रधानाध्यापकले चिन्तनमनन गर्नुपर्ने जस्तो लाग्छ । फेरि अर्को कुरा, अङ्ग्रेजी अक्षर संरचनाको तुलनामा नेपाली अक्षरको संरचना अलि जटिल छ, अर्थात् नेपाली अक्षर लेख्न अलि गाह«ो छ । यस कारण नेपालीमा लेख्दा समय अपुग हुने र प्रश्न छोड्नुपर्दा पो कम अङ्क आएको हो कि ? शिक्षकले राम्ररी हेर्दै नहेरेको र विद्यार्थीले लेख्दै नलेखेको भन्न खोजिएको पनि होइन, नेपालमा त्यस्ता शिक्षक र विद्यार्थी कमैमात्र छन् भन्नमात्र खोजिएको हो ।
धेरै समय अघि एउटा टेलिचलचित्र हेरेको थिएँ । सायद ¤ ‘चेतना’ जस्तो लाग्छ । त्यसमा एकजना विद्यार्थीले खाना खाने क्रममा “आइ सुरी, काइ सुरी र माइ सुरी” भन्छन् । अभिभावकले उक्त शब्दको अर्थ बुझ्दैनन् र स्पष्ट पार्ने क्रममा उक्त विद्यार्थीले “दाल लेऊ, भात लेऊ, घिउ लेऊ” भनेको भन्दै अभिभावकलाई भन्छन् । अभिभावक मख्ख र दङ्ग पर्छन् । हुन त उक्त टेलिचलचित्रमा अभिभावकलाई विद्यालयप्रति आकर्षित गर्न र गराउन उत्प्रेरित गराउन खोजिएको हो, यसमा अर्कै अर्थ नलागोस् । तर मुख्य कुरा हामीसँग त्यस्ता विद्यार्थी, अभिभावक र समाज छन्, जो आफ्नो भाषाभन्दा अन्य भाषाले बोलेका वा लेखेका शब्दको अर्थ पहिल्याउन सक्दैनन् । यो यथार्थलाई खोइ त हामीले बुझेको ?
चुरो कुरो
नेपालको संविधान–२०७२ ले स्पष्टरूपमा आधारभूत तलसम्म मातृभाषामा पढाउन सकिने कुरा उल्लेख गरेको छ । विश्वव्यापी मान्यताले पनि मातृभाषामा जति ज्ञान प्राप्त गर्नसकिन्छ, अन्य दोस्रो वा तेस्रो भाषाबाट प्राप्त गर्न सकिँदैन भन्ने धारणा आइरहेको छ । हामीले विद्यार्थीलाई स्वतन्त्र सुगा बनाउने वा पिँजडाको सुगा ?
विद्यालयले, क्याम्पस वा शैक्षिक संस्थाहरूले शिक्षा प्रदान गर्ने हो वा ज्ञान ? हाम्रा शैक्षिक संस्थाहरूले ज्ञान वा शिक्षा प्रदान गर्ने भन्दा पनि विद्यार्थीको ज्ञान, सीप वा क्षमतालाई प्रमाणपत्रका माध्यमबाट वैधानिकता दिने काममात्र गरिरहेको त छैन ? हामीले चाहेको चुरो कुरो भनेकै विद्यार्थीहरू सिर्जनशील होऊन्, ज्ञान प्राप्त गर्न सकून् र देशको आवश्यकता अनुसारको काम गर्न सकून् भन्ने हो । यदि त्यस्तो हो भने किन हामीले अङ्ग्रेजी भाषाको नाममा विद्यार्थीहरूको ज्ञान र सिर्जनालाई मार्दै छौँँ ? किन हामीले आफ्ना स्थानीय भाषा वा मातृभाषालाई भन्दा पनि वैदेशिक भाषालाई महत्व दिँदै छौँ ? अरुको भाषा सिक्दैमा हामीले चाहेको जस्तो जनशक्ति उत्पादन होला ? ‘समुन्द्र’ सँग सम्बन्धित विषयका विद्यावारिधि गरेको जनशक्ति उत्पादन गर्ने वा नदीनालासँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने ? यस्ता विषयमा पनि बहस हुनु जरुरी छ ।
जहाँसम्म हाम्रा शैक्षिक संस्थाहरूले अङ्गे्रजी माध्यमबाट पढाउने गरिएको भनी भनिरहँदा हरेक शब्द वा वाक्यलाई हुबहु उल्था गरेर पढायौँ वा एउटै शब्दको अर्थ नेपालीमा नभनी अङ्ग्रेजीबाटै भन्यौँ वा बुझायौँ । यदि उल्थामात्रै गरेका हौँ भने केको अङ्ग्रेजी माध्यम ? अनि अङ्ग्रेजी माध्यमका नाममा विद्यार्थीहरू शिक्षक÷शिक्षिकासँग खुलेर बोल्दैनन्, जिज्ञासा राख्दैनन् भने केको गुण्स्तरीयता, केको शिक्षा अनि केको ज्ञान ? हामीले विद्यार्थीहरू शिक्षित बनाउने वा दीक्षित ? ज्ञान हस्तान्तरण गर्ने वा भाषा ?
हिजोआज सामुदायिक विद्यालयहरूले संस्थागत वा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाउँमा जानीनजानी अङ्ग्रेजी माध्यमबाट पढाउन पनि थालिएको छ । यसरी जानीनजानी दिइने ज्ञान परिपक्व हुन्छ कि हुँदैन ? कतै हामीले विद्यार्थीको सिर्जना त मारिरहेका छैनौँ ? कतै हामीले ‘थिमाहा’ प्रकृतिका विद्यार्थी उत्पादन त गर्न गइरहेका छैनौँ ? न नेपाली बुझ्ने, न अङ्ग्रेजी, न त आफ्नै मातृभाषा ।
अन्तमा
ज्ञान साध्य हो, भाषा साधन । यही साध्यसम्म पुग्ने क्रममा मान्छेले भाषाको विकास गरे । यस्ता भाषाहरूमध्ये अङ्ग्रेजी भाषाले विश्वव्यापी मान्यता पायो । यसको प्रमुख कारण भनेको अङ्ग्रेजहरूले साम्राज्य विस्तार गर्ने क्रममा स्थानीयहरूसँग सञ्चार गर्न, आफ्नो स्वार्थपूर्ति गर्ने क्रममा भएको हो ।
हामीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने वा अन्तर्राष्ट्रिय श्रम बजारमा बिकाउको वस्तु ठानेर अङ्ग्रेजी माध्यमलाई जोड दिइरहेका हौँ भने अहिले चीन, भारत, जापानजस्ता देशहरू अर्थतन्त्रमा बलियो हुँदै आएको छ । हामीले ती देशका भाषाबाट शिक्षा किन नदिने ? अझ हाम्रा जनशक्तिहरू मलेसिया, कतार, साउदी अरब, दक्षिण कोरियाजस्ता देशहरू बढी जाने गरेको तथ्यलाई मनन गर्ने हो भने ती देशका भाषाका माध्यमबाट पो शिक्षा दिने हो कि ?
रहरले सिक्नु र बाध्यताले सिक्नुमा धेरै अन्तर हुन्छ । बाध्य भएर सिक्दा गैर नेपालीभाषी विद्यार्थीहरू नेपाली विषयलाई त ‘हाउगुजी’ सम्झिने विद्यार्थीलाई विदेशी वा तेस्रो भाषाका माध्यमबाट शिक्षा दिँदा अर्को दुर्घटना हुने त होइन ? यसको अर्थ अङ्ग्रेजी पढाउनै हुन्न भन्न खोजेको पनि होइन । जुनसुकै माध्यमबाट सिकाए पनि विद्यार्थीको ज्ञान र सिर्जना नमरोस् भन्ने हो । उसो त नेवार विद्यार्थीले नेपालभाषा, तामाङ विद्यार्थीले तामाङ भाषा वा अन्य भाषाका विद्यार्थीले आफ्नो मातृभाषा बोलेनन् र बुझेनन् भन्ने कुरा उठिरहेको समयमा बहुजातीय र बहुभाषिक देशमा जबरजस्ती आफ्नो मातृभाषा वा स्वदेशी भाषालाई तिलाञ्जली दिएर विदेशी भाषालाई माध्यम भाषा बनाइँदा केही वर्षपछि नेपालका भाषा समूहबाट कुनै भाषा लोप त हुने हैन ? हामीले ‘स्ट्यान्डर्ड’ हुने नाउँमा गुलाबघारी बनाउने कि पूmलबारी मुख्य कुरा यही हो ।
(लेखक शिक्षक हुनुहुन्छ ।)
Leave a Reply