भर्खरै :

राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुर दरबार क्षेत्रमा

भक्तपुर, २३ पुस । यही आउँदो माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यरूपमा सम्पन्न गर्न बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
बैठकले प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रमुख आतिथ्यमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुर दरबार क्षेत्रमा माघ २ गते बिहीबार दिनको १ः३० बजे गर्ने निर्णय ग¥यो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा लामगाल पुखु (पोखरी), भनपा १० बाट मध्यान्ह १२ बजेबाट ¥याली हुने छ । सो स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुति हुने छ ।
¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरू, नेपाली सेना
(व्यान्डसहित), महानगरीय प्रहरी परिसर (जगाति वृत्त) (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), भनपा वडा नं. ६ देखि १० सम्मका सबै जनप्रतिनिधिहरू, भनपाद्वारा सञ्चालित कलेजहरू, भनपा वडा नं. ६ देखि १० सम्मका सांस्कृतिक समूहहरू, धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँ, भनपा वडा नं. ६ देखि १० सम्मका विद्यालयका स्काउट ट्रुपहरू र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहनेछन् । ¥याली लामगाल पुखुबाट सुरु भई नवदुर्गा – गछेँ – सकोलान – दत्तात्रय – इनाचो – गोल्मढी – सुकुलढोका – त्रिपुरासुन्दरी हुँदै दरबार क्षेत्रमा पुगी सभामा परिणत हुने छ ।
यसैगरी भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा मध्यान्ह १२ बजे भाज्या पुखु (पोखरी) बाट इनागा – भार्वाचो – तेखापुखु – वंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछें – साकोठा हुँदै दरबार क्षेत्रमा पुगी सभामा परिणत हुने छ । ¥याली सुरु हुनुअघि भनपा विपद् व्यवस्थापन समितिबाट आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक प्रस्तुति र नेपाल रेडक्रस सोसाइटीबाट विशेष प्रस्तुति रहने छ । ¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरू तथा व्यवस्थापन समितिका पदाधिकारी, नेपाली सेना
(व्यान्डसहित), सशस्त्र प्रहरी बल
(व्यान्डसहित), महानगरीय प्रहरी परिसर (व्यान्डसहित), भनपा वडा नं. १ देखि ५ सम्मका सबै जनप्रतिनिधि, भनपा वडा नं. १ देखि ५ सम्मका सांस्कृतिक समूहहरू धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँ, भनपा वडा नं. १ देखि ५ सम्मका विद्यालयका स्काउट ट्रुपहरू, ख्वप मावि र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहने व्यवस्था बैठकले गरेको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोहको सचेतना ¥यालीको दुवै रुटमा सुरक्षा निकायबाट व्यान्ड बाजा टोलीलाई सहभागी गराउन मूल समारोह समितिमार्फत नेपाल सरकार गृह मन्त्रालय र रक्षा मन्त्रालयमा अनुरोध गर्ने बैठकले निर्णय ग¥यो ।
बैठकले माघ २ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला प्रदर्शनी हुने र ती कार्यक्रमहरूका लागि सम्बन्धित कलेजहरूलाई व्यवस्थापनको लागि जिम्मेवारी दिने निर्णय ग¥यो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७६ माघ ३ गते, शुक्रबार बिहान ९ बजे ख्वप इन्जिनियरिङ कलेजको सभाकक्ष, लिबाली, भक्तपुरमा भूकम्प इन्जिनियरिङ विषयमा राष्ट्रिय सम्मेलन हुने र कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कलेजहरूलाई नै दिने निर्णय ग¥यो ।
आज सम्पन्न राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का उपाध्यक्ष विजयकृष्ण उपाध्याय, वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, नेपाल रेडक्रस सोसाइटी, कर्मचारी, पत्रकार, भक्तपुर उद्योग वाणिज्य सङ्घ, ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।
बैठकमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भए पनि यस अघि र पछिल्ला दिनहरूमा पनि झन्डै एक महिना भूकम्पसम्बन्धी अन्य कार्यक्रमहरू भइरहने छन् । नपाप्रमुख सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, एनसेटका उपाध्यक्ष विजयकृष्ण उपाध्यायलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *