नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– विनि सिजापति, दैलेख
राजधानीमा ट्राफिक समस्या बढ्यो । यसले मानसिक चिन्ता बढेको छ । पैदल हिँड्दा आधा घण्टा नपुगिने ठाउँमा गाडीमा जाँदा एक घण्टा लाग्छ । एकातिर समयको बर्बाद छ भने अर्कोतिर बटुवाले पैसाको नोक्सान खेपिरहेका छन् । राजधानीवासीहरूले दिनहुँ आवातजावत गर्न समस्या खेपिरहेका छन् ।
यसरी ट्राफिक समस्याले गर्दा सबैभन्दा धेरै विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी, विभिन्न ठाउँमा काम गर्न जाने मानिसहरू ठीक समयमा गन्तव्य स्थानमा पुग्न सकेका छैनन् । यसले गर्दा उनीहरूको मनमा एक किसिमको डर उत्पन्न भइरहेको देखिन्छ । अव्यवस्थित चल्ने गाडीहरू खुला बाटो र वैकल्पिक मार्गको व्यवस्था नहुनाले पनि समस्या दिनहुँ बढ्दो रूपमा देखिन्छ । पुराना गाडीहरूको सङ्ख्या बढिरहेको देखिन्छ । यस्ता गाडीहरूको व्यवस्था नगर्नाले पनि बाटोमा ट्राफिक समस्या देखिन्छ । यसको प्रत्यक्ष प्रभाव सर्वसाधारण जनताले भोगिरहेका छन् ।
राजधानीका बासिन्दाले भोगेको सास्तीलाई ट्राफिक प्रहरीले समाधानको वैकल्पिक उपाय कहिले र कसरी निकाल्छ कुन्नि ? यस्तै गतिमा ट्राफिक समस्या बढ्ने हो भने एक दिन राजधानीमा थोत्रा गाडी थुपार्ने थलो बन्ने त होइन ? यतातिर पनि सम्बन्धित निकायको ध्यान आकर्षण गराउँदछु ।
Leave a Reply