भर्खरै :

जापानी प्रधानमन्त्री अबे मध्यपूर्व नजाने

टोकियो, ९ जनवरी । मध्यपूर्वमा तनाव बढे पछि जापानका प्रधानमन्त्री सिन्जो अबेले पूर्वनिर्धारित मध्यपूर्व भ्रमण स्थगित गरेका छन् । उनी आशङ्कित सामुद्रिक आत्मरक्षा बल तथा हार्डवेयरको परिचालनसम्बन्धी योजनाबारे जानकारी दिन साउदी अरब, संयुक्त अरब इमिरेट्स र ओमान भ्रमणको तयारीमा थिए ।
इरानले इराकस्थित संरा अमेरिका र संयुक्त मोर्चाका व्यारेकमा मिसाइल हमला गरेपछि अबेले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी भ्रमण स्थगित गरेको जापान सरकारले जनाएको छ ।
प्रधानमन्त्री अबेको भ्रमण स्थगित भए पनि आगामी फेब्रुअरीको सुरुसम्ममा सामुद्रिक आत्मरक्षा दल परिचालनसम्बन्धी योजनामा भने कुनै परिवर्तन नहुने जापानी मन्त्रीमण्डलका प्रवक्ताले जानकारी दिए । यो महिनाको अन्त्यसम्ममा निरीक्षण विमानहरू मध्यपूर्वमा परिचालन गर्ने जापानी योजनामा पनि कुनै फेरबदल नभएको बताइएको छ ।
गत वर्षको डिसेम्बरमा जापानी मन्त्रीमण्डलले मध्यपूर्वमा आत्मरक्षा दल परिचालन गर्ने निर्णय अनुमोदन गरेको थियो । दोस्रो विश्वयुद्धपछि बनेको जापानी संविधानले विदेशमा सैनिक गतिविधि गर्न रोक लगाएको छ ।
जापानले ‘सूचना सड्ढलन’ गर्न र मध्यपूर्वमा व्यापारिक जहाजको सुरक्षा प्रवद्र्धन गर्न ती दल र हार्डवेयरको परिचालन गर्न लागिएको बताएको छ । तेलखानीमा गरिब जापानको तेलको मूल स्रोत नै मध्यपूर्व हो ।
जापानले यो अभियानअन्तर्गत दुई वटा पी–३ सी निरीक्षण विमान र एउटा हेलिकप्टरका साथै २६० जना सुरक्षा दस्ता मध्यपूर्वमा परिचालन गर्नेछ । अबे सरकारको यो कदमको जापानका सत्ता पक्ष र प्रतिपक्ष दुवैले विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *