नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
वासिङ्टन, २४ पुस
(सिन्ह्वा) । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्युर्टो रिकोमा सङ्कटकालको घोषणा गर्नुभएको छ ।
संरा अमेरिका नियन्त्रत क्यारिवियाली टापु देश प्युर्टोरिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले सङ्कटकाल घोषणा गरिएको आदेश जारी गर्नुभएको हो ।
उहाँले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारकार्य गर्ने निर्देशनसमेत आदेशमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सबै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा सङ्घीय आपत व्यवस्थापन निकायलाई दिइएको छ ।
गत मङ्गलबार त्यस क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प आएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गर्नुभएको हो ।
अधिकारीले दिएको पछिल्लो विवरणअनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् ।
भूकम्पका कारण त्यस क्षेत्रका कैयौ भवन क्षतिग्रस्त भएका थिए भने, विद्युत् सेवासमेत अवरुद्ध भएको थियो ।
पछिल्ला केही हप्तामा त्यस क्षेत्रमा हजाराँै कम्पन अधिकांश आमनागरिकले महसुस गर्न समेत नसकेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । अहिले ठूलो भूकम्प गएको प्युर्टो रिकोमा ३४ लाख जनसङ्ख्या रहेको छ भने सो स्थान मियामि, फ्लोरिडादेखि १ हजार ६०० किलोमिटर टाढा पर्ने अधिकारीले जनाएका छन् ।
Leave a Reply