नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
क्रिश्चिना
क्रान्तिकारी सेना र तल्लोवर्गको पराजयको कारण
१) कामदारवर्गमा राजनैतिक चेतना र नेतृत्व क्षमता विकास भइनसकेको हुनाका साथै वर्गशत्रुहरूको मेलमिलापलाई असफल पार्ने उपाय तथा कार्यान्वयन गर्ने संयन्त्र एवम् नेतृत्व तयार भइसकेको थिएन ।
२) वर्गशत्रुको बीचमा विभाजन ल्याउन असफल भयो बरु कामदारवर्गमा आफ्नै क्रान्तिकारी पङ्क्तिमा विभाजन भयो र वैचारिक एवम् राजनैतिकरूपले (पद विभाजनमा) पक्षपात गरी क्रान्तिकारी सेनालाई पतन गराइयो ।
३) सत्ताबाट फालिएको वर्ग आफ्नो ‘स्वर्ग’ फिर्ता लिन पहिलेभन्दा बढी सशक्त र मिहिनरूपले आउनेछन् वा बढी आक्रामक हुनेछन् भन्ने जानकारी तल्लोवर्गमा थिएन ।
४) सत्तामा नपुगेका वर्गमा कूटनैतिक कार्य र कौशल हुने कुरा थिएन साथै शत्रुको हरेक चालहरूबारे तल्लोवर्ग अनभिज्ञ थियो ।
५) चाणक्य र मेकियावलीजस्ता धूर्त, क्रुर र कुटिल व्यक्तिहरूको षड्यन्त्र तथा चालहरूको प्रतिकार गर्न नसक्दा बेलायती क्रान्ति असफल भयो र बेलायती पुँजीवादी क्रान्ति बीचमै प्रतिक्रान्तिको रूपमा फेरियो ।
फ्रान्सको पुँजीवादी क्रान्ति अर्को उदाहरण
फ्रान्सेली राजतन्त्र पनि बेलायतको राजतन्त्रजस्तै सा¥है क्रुर र बदनाम थियो । त्यसकारण फ्रान्सेली जनता लुई चौधौँको विरोधमा उठे । भाग्न लागेका राजालाई जनताले पक्राउ गरे, राजाले विदेशी शक्तिलाई आफ्नो देशमा आक्रमण गर्न लेखेको पत्र भेटियो र देशद्रोहीको मुद्दामा क्रान्तिकारीहरूले राजा र राजपरिवारलाई ज्यान सजाय दिए । फ्रान्सेली राज्य क्रान्तिका एक नेता रोबेस्पियरले राजाको टाउकोलाई फूटबल जस्तै खुट्टाले हानेर उद्घोष गरे – “संसारका सबै राजाहरूको यही गति हुनेछ ।”
बेलायतमा जस्तै राजालाई ज्यान सजाय दिँदा युरोपभरि नै सामन्तवर्गमा खैलाबैला मच्चियो । त्यस बेलाका पुँजीवादी शक्तिहरू ज्याकोबिन्स र गिरोन्डिस दुई भागमा विभाजित थिए । तिनीहरू दुवै पक्ष सशस्त्र थिए ।
ज्याकोबिन्सहरू सैद्धान्तिक र राजनैतिकरूपले प्रस्ट र जुझारु थिए भने गिरोन्डिसहरू गाउँले र राजनीतिकरूपले पछि परेका पहाडी क्षेत्रका भएकाले अस्थिर क्रान्तिकारीहरूको रूपमा देखिए ।
फ्रान्सेली पुँजीवादी क्रान्तिको पतनको कारण
१) बेलायतमा जसरी क्रान्तिकारी पक्षमा कुटिलता प्रयोग गरी आपसमा भिडाउँदै सामन्तवर्ग र पुँजीपतिवर्ग मिलेर कामदारवर्गलाई दबाए, त्यस्तै फ्रान्समा पनि ज्याकोबिन र गिरोन्डिसहरूलाई बारम्बार सरकारमा राख्दै र आपसमा भिडाउँदै दुवैलाई कमजोर पार्दै गए तथा मुख्य–मुख्य नेताहरू आपसी काटमारमै सिद्धिए ।
२) क्रान्तिलाई विश्वासघात गर्ने नेपोलियनलाई सत्तामा ल्याए र एउटी सम्भ्रान्त घरानाकै महिलासँग विवाह गराई नेपोलियनलाई सम्राट घोषणा गर्न सामन्त र पुँजीपतिवर्ग सफल भए ।
३) सामन्ती र छिमेकी पुँजीवादी देशका सरकारहरूले पनि क्रान्तिलाई दबाउन अनेक जालसाजी गर्नु स्वाभाविक थियो । कूटनैतिक जालसाजी र गुप्तचरहरूको प्रयोगले पनि पुँजीवादी क्रान्तिहरू दबाउन सफल भए ।
४) कामदारवर्गमा शासन चलाउने अनुभव नभएको हुँदा क्रान्तिपछि कामदारवर्गलाई सत्ताच्यूत पार्न पुराना शासकवर्ग सफल हुने गर्छ । बेलायतमा जस्तै फ्रान्समा पनि त्यही भयो ।
५) शत्रु सेनाभित्र वा शत्रुको शिविरभित्र क्रान्तिकारीहरू नभएकै कारण अनेक क्रान्तिहरू असफल भएका थिए । सामन्तवर्ग र पुँजीपतिवर्गको मेलले कामदारवर्गलाई दबाउन तिनीहरू सफल भए ।
जसरी बेलायत र फ्रान्सेली पुँजीवादी क्रान्तिपछि ती देशका सत्ताबाट फालिएका सामन्त र पुँजीपतिवर्ग मिलेर पुनः राजतन्त्रको पुनः स्थापना गरे, त्यसरी नै सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूका सत्ताबाट फालिएका सामन्त एवम् पुँजीपतिवर्ग र विदेशी शक्तिहरू चुप लाग्ने कुरै थिएन । फ्रान्सेली क्रान्तिको विरोधमा विदेशी शक्तिहरू पनि हस्तक्षेप गर्न पुगेका थिए । तर, बेलायत र फ्रान्समा केही वर्षभित्रै राजतन्त्रको पुनः स्थापना गर्न सामन्त र पुँजीपतिवर्ग सफल भए भने सोभियत सङ्घमा सैद्धान्तिकरूपले पुँजीवादको पुनः स्थापना गर्न त्यहाँको संशोधनवादी नेतृत्व गुटलाई सन् १९५७ अर्थात् क्रान्तिपछि ४० वर्ष लाग्यो ।
बेलायतमा क्रान्तिको १० वर्षपछि क्रान्तिकारी नेता क्रामबेल तथा अन्य क्रान्तिकारीहरूलाई राजालाई ज्यान सजाय गरेको भन्दै ज्यान सजाय दिए भने मृत्यु भइसकेका नेताहरूको चिहान खनेर तिनीहरूको अस्थिपञ्जर निकाली झुण्ड्याएर आफ्नो बदलाको रिसलाई शान्त पारे । त्यतिमात्रै होइन चर्चले क्रामबेललाई कहिले माफ दिएन र बनिसकेको उनको सालिकमाथि चरा चुरुङ्गीले गरेको फोहरलाई समेत वर्षको एक पटक पनि सफा गर्ने गर्दैन ।
त्यसरी नै फ्रान्सेली क्रान्तिका नायक रोबेस्पियर पनि ग्यालोटिनमा काटिए । यसरी इतिहासमा अनेक देशमा सत्ताबाट फालिएका शासकवर्ग पुनः स्थापित भएका छन् ।
सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूको पतनको कारण
साम्राज्यवादी देशहरूले लडाइँ गरेर समाजवादी शिविरलाई हराउन नसक्ने हुँदा बाहिरबाट होइन भित्रैबाट वा सशस्त्र भिडन्तबाट होइन सोभियत कम्युनिस्ट पार्टीका नेताहरूको सैद्धान्तिक कमजोरीबाट फाइदा उठाउँदै आन्तरिक कलहलाई चर्काउँदै लगे, महत्वाकाङ्क्षी र पुँजीवादी विचारका नेताहरूलाई उचाल्दै तथा ख्रुश्चेभ एवम् गोर्भाचोभजस्ता संशोधनवादीहरूद्वारा सोभियत कम्युनिस्ट पार्टीलाई सैद्धान्तिक र राजनैतिकरूपले पतन गराउँदै गए, चीन र अन्य समाजवादी देशहरूसँग सैद्धान्तिक मतभेदका आगोमा घिउ थप्दै गए तथा अनेक समाजवादी देशहरूको आन्तरिक मतभेदलाई चर्काउने काम गर्दै समाजवादी शिविरलाई ध्वस्त पारे ।
सोभियत सङ्घ संसारकै सबभन्दा ठूलो देश र अनेक जातजाति, भाषा–भाषीहरूको सङ्घ राज्य तथा अनेक देशसँग सीमा जोडिएको देश थियो । पार्टीभित्र पनि अनेक विचारधाराहरू हुनु स्वाभाविक थियो । तर, स्तालिनलाई समेत विष दिएर मारेको षड्यन्त्रको खुलासाभन्दा पहिले नै ख्रुश्चेभ गुटले ‘व्यक्ति पूजा’ को नाउँमा समाजवादलाई साम्यवादको नाम दियो, स्तालिनको बदनाम र जनतामा अविश्वासको बिउ छर्ने षड्यन्त्र ग¥यो, एक–एक पाइला गरेर माक्र्सवाद–लेनिनवादको ठाउँमा शासनमा संशोधनवादलाई स्थापित ग¥यो ।
सोभियत सङ्घ, पूर्वी युरोपेली समाजवादी देश र मङ्गोलियामा समेत संशोधनवादी वा मजदुर आन्दोलनभित्रका पुँजीवादी विचारले ती पार्टी र सरकारहरू पतन गराए जसरी बेलायत र फ्रान्स तथा अन्य देशमा राजतन्त्रको पुनः स्थापना गरियो । त्यसको अर्थ बेलायत र फ्रान्समा राजतन्त्रको पतन हुनुका साथै पुँजीवादी व्यवस्था झन्झन् बलियो हुँदै गयो । सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूमा पुँजीवादको पुनः स्थापनामा स्थानीय संशोधनवादी नेतृत्व र साम्राज्यवादीहरू एक भएका थिए । त्यस्तै समाजवादी देशहरूकै आ–आफ्ना सीमाको विवाद र अन्य अन्तरविरोधलाई चर्काएर पुँजीवादको पुनः स्थापना गरे ।
माथि उल्लेख भएका देशहरूमा समाजवादको अस्थायी हार भयो तर चीन, प्रजग कोरिया र क्युवाजस्ता देशहरूमा समाजवादको रातो झन्डा झन् माथि–माथि फहरिँदै छ । यसकारण साम्यवादको पतन होइन बरु पुँजीवादको पतन हुँदैछ ।
पुँजीवादी व्यवस्थाको उत्थान र पतन
कम्पास, भाप, बारुद र यन्त्रहरूको आविष्कारले बेलायती पुँजीवादी क्रान्ति र फ्रान्सेली राज्य क्रान्तिलाई औद्योगिक क्रान्तिमा पु¥यायो । पश्चिमी देशहरू दु्रतत्तर ढङ्गकोे उत्पादन वृद्धि, व्यापार र तोपे डुङ्गाको नीतिबाट उपनिवेशवादमा प्रवेश गरे । पूर्वेली विकसित भारत र चीनजस्ता सभ्य देशहरू तथा अमेरिकाजस्ता नयाँ मुलुकहरूले उपनिवेश र अर्ध उपनिवेश बनाउँदै गए । आ–आफ्नो देशका मजदुर र किसानहरूको शोषण र उपनिवेशवादीहरूको लुटपाटले पुँजीवादी व्यवस्थाको भवन बलियो र विशाल बन्दै गयो । अफ्रिकी जनताको ‘दास’ व्यापार र दक्षिण अमेरिकी कामदारवर्गका हिस्पानियाली र ताम्रवर्णका आदिवासी एवम् अमेरिकी कामदार जनतामाथिको शोषण तथा अत्याचारले पुँजीवादी व्यवस्था र प्रजातन्त्रले थप समृद्धि हासिल ग¥यो ।
युरोप र अमेरिकी मजदुर आन्दोलन, खास गरेर पेरिस कम्युनको स्थापना र त्यसको पराजय एवम् रूसको सन् १९०५ साथै १९१२ को क्रान्तिको धक्का सन् १९१७ को समाजवादी क्रान्तिको निम्ति अप्रत्यक्ष अनुभव वा शिक्षा साबित भयो । दोस्रो विश्वयुद्धभन्दा पहिले सोभियत सङ्घको स्थापना र पूर्वी युरोपेली देशहरू एवम् एसियाली देशहरूमा कम्युनिस्ट आन्दोलन अगाडि नबढेको भए फासीवाद, नाजीवाद र जापानी सैन्यवाद पराजित हुने थिएन, तथा युरोप र अमेरिकी पुँजीवाद एवम् साम्राज्यवादको रूप कस्तो हुने थियो एक छलफलकै विषय बन्ने थियो ।
सोभियत सङ्घ र विश्व कम्युनिस्ट आन्दोलनले फासीवाद, नाजीवाद र जापानी सैन्यवादको पराजय सुनिश्चित ग¥यो र फासीवादको पराजयमा ठूलो योगदान ग¥यो । फासीवादमाथिको विजयको कारण कट्टर जातिवाद, धार्मिक असहिष्णुता र प्रजातन्त्रविरोधी आतड्ढवादले मानवजातिलाई बुटले कुल्चिने अवसर दिएन । विश्व कम्युनिस्ट आन्दोलनले अभूतपूर्व बलिदान नगरेको भए अहिले देखिएको युरोपेली र अमेरिकी पुँजीवादको पतन त्यसैबेला भइसक्ने थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सशक्त नभइदिएको भए अमेरिकी एटम बमले स्वयम् संरा अमेरिका आजभन्दा ठूलो निरङ्कुश र आतड्ढवादी हुने थियो ।
दोस्रो विश्वयुद्धकै मध्यमा जसरी अन्य पुँजीवादी देशहरू युद्ध र आर्थिक सड्ढटले छटपटिरहेका थिए, फासीवादको विरोधमा सङ्घर्ष गर्नको निम्ति भौतिकरूपले आपूर्ति गर्न सक्ने संरा अमेरिकाको अर्थतन्त्रलाई सबल बनाइराख्न स्तालिनले रुजबेल्टलाई रुसी अर्थशास्त्रीहरूको एक समूहको ‘मार्सल प्लान’ मार्फत सहयोग नगरेको भए अमेरिकी अर्थतन्त्र पहिले नै अनेक आर्थिक सड्ढटको धक्काले थिलथिलो हुने थियो । ‘मार्सल प्लान’ बाट बनेका सडक, बाँध, पुल र नहरहरूले संरा अमेरिकाको आर्थिक विकासमा ठूलो सहयोग ग¥यो । तर, आज ती आयोजनाहरू मर्मत सँभार गर्नसमेत अमेरिकी ट्रम्प प्रशासनलाई धौ–धौ छ ।
संरा अमेरिकाको पतनोन्मुख अर्थतन्त्र
तलका केही लक्षणहरूले अमेरिकी आर्थिक स्थिति कमजोर हुँदै गएको प्रस्ट हुन्छ –
क) संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घको संस्था युनेस्कोलाई दिइआएको आर्थिक सहायता नदिने घोषणा ग¥यो,
ख) विश्वमा बढ्दो तापमानलाई नियन्त्रण गर्ने पेरिस सम्झौता र आफ्नो जिम्मेवारीबाट पछि हट्नुको कारण अमेरिकाको अर्थतन्त्र कमजोर हुँदै जानु र त्यसलाई दिने अनुदानबाट पछि हट्नु हो,
ग) इरानको आणविक सम्झौताको निम्ति खेल्नुपर्ने अमेरिकी भूमिकाबाट ट्रम्प प्रशासन पछि हट्नुको कारण पनि आर्थिक नै हो,
घ) संरा अमेरिकाले साम्यवादसँग लड्न नाटो देशहरू र अन्य ‘मित्र’ देशहरूको रक्षाको निम्ति खेलेको भूमिकाको कारण सम्बन्धित हरेक देशहरूको रक्षा बजेटको २–२ प्रतिशत रकम अमेरिकालाई दिनुपर्ने बाध्यकारी नीति घोषणा ग¥यो,
ङ) अमेरिका र चीनको व्यापार युद्धमा संरा अमेरिकाले धेरै क्षति व्यहोर्नुपरेको भन्दै विश्व व्यापार सङ्गठन (ध्त्इ) को ऐन–नियम विपरीत चीनका सामानमा ठूलो मात्रामा भन्सार थोपर्ने काम ग¥यो तथा चीनमा निर्यात हुने धेरै अमेरिकी सामानमा पनि ठूलो अन्तःशुल्क थोपरेको हुँदा दुई देशको व्यापार युद्ध अमेरिकाले सुरु गरेको प्रस्ट छ ।
चीनमाथि संरा अमेरिकाले जबरजस्ती अमेरिकी कम्पनीहरूलाई दबाब दिएर आफ्नो पेटेन्ट राइट
(आविष्कारको आफ्नो अधिकार) दिन बाध्य गरेर, प्राविधिक जानकारी चीनले चोरेको जस्ता झूटा आरोप लगाएर संरा अमेरिकाले आफ्नो कमजोर अर्थतन्त्रमा पर्दा हाल्न खोज्दै छ ।
च) अफगानिस्तान, इरान, लिबिया, सिरिया आदि देशमा सैनिक आक्रमण र अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको हुँदा अमेरिकी पुँजी उत्पादनशील वस्तुमा लगानी हुनुको सट्टा वर्षौँसम्म हतियार उत्पादन र लडाइँमा खर्च हुँदा अमेरिकी अर्थतन्त्र कमजोर हुँदै गएको स्पष्ट हुँदै छ ।
छ) नाटो र अन्य मित्र देशहरूको सामानमा पनि संरा अमेरिकाले भन्सार लगायो भने निर्यात वस्तुमा पनि कर बढाएर आफ्नो अर्थतन्त्रलाई जोगाउने असफल प्रयत्न गर्दैछ ।
ज) गएको वर्षमा पनि धर्मको नाममा आतड्ढवाद फैलाउन पाइँदैन भनी धम्की दिँदै ट्रम्प प्रशासनले साउदी अरबलाई ४ खरब र कतारलाई १ खरब डलरको अमेरिकी हतियार किन्न बाध्य पा¥यो ।
झ) संरा अमेरिकाले चीनसँग पनि खरबौँ डलर लिएको ऋण फिर्ता नदिन व्यापार युद्धको सहारा लिदैँ छ ।
पुँजीवादी अगुवा अमेरिकाको घट्दो राजनैतिक प्रभाव
क) झर्दो अर्थतन्त्रको कारण संरा अमेरिकाको राजनैतिक प्रभाव पनि खस्कँदो छ ।
ख) संरा अमेरिकाले कतिपय देशमा आक्रमण गर्छ, हस्तक्षेप गर्न अमेरिकी केन्द्रीय गुप्तचर विभाग (ऋक्ष्ब्) द्वारा ‘लागू पदार्थको ओसारपसार’ गराउँछ र आतड्ढवादको आरोप लगाउँछ । ‘आफै धामी र आफै बोक्सी’ को भूमिका खेल्दै गरेको अनुभवको कारण संरा अमेरिकी मित्र शक्तिहरू पनि उसबाट टाढा–टाढा हुँदै गएको जानकारहरू अनुभव गर्दैै छन् । उदाहरण निम्न छन् ः
१) नोभेम्बर महिनाको सुरुमा नाटोका एक सदस्य टर्कीद्वारा समन्वय नगरी सिरियामा आक्रमण कार्यवाही गरेकोमा ‘युरोपको हित दाउमा परेको’ भन्दै फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले उत्तर एटलान्टिक सैन्य गठबन्धन नाटो (ल्ब्त्इ) ‘मृतप्रायः’ भइसकेको बताए । (नेपाल समाचारपत्र–२६ कार्तिक २०७६–ज्ञद्द ल्यख, द्दण्ज्ञढ)
२) ट्रम्पले नाटो सदस्यहरूले आफ्नो रक्षा बजेटको २ प्रतिशत अमेरिकालाई दिनुपर्ने बताउँदा जर्मनीका चान्स्लर मार्केलले युरोपले अब आफ्नो रक्षा आफैले गर्नसक्ने बताएकी थिइन् ।
३) एसिया, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूसँग संरा अमेरिकाको व्यापार चीनसँगको भन्दा कमजोर भइरहेको तीन वटै महादेशका नेताहरू बताउँछन् । त्यसैले राजनैतिकरूपले ट्रम्प प्रशासनले क्युवा, भेनेजुयला, बोलिभिया र चीनको आन्तरिक मामिलामा समेत हस्तक्षेप गर्दैछ । चीनको हङ्गकङ्ग र पश्चिम चीनको सिङ्गच्याङ्गतिर धार्मिक अतिवाद र आतड्ढवादमा अमेरिका ‘आफै धामी र बोक्सी’को काम गर्दैछ ।
४) संरा अमेरिका रुससँग गरेका अनेक आणविक सम्झौताहरूबाट पछि हट्दै छ ।
५) विश्व व्यापार सङ्गठन (ध्त्इ) का केही ऐन–नियमहरू बनाउन संरा अमेरिका आफै सक्रिय थियो । तर, आज ती सम्झौताहरूबाट पछि हट्दै छ र त्यस सङ्गठनका महत्वपूर्ण कर्तव्यबाट ट्रम्प प्रशासन विमुख हुँदै छ ।
पुँजीवादको पतन सुरु किन हुन्छ ?
कुनैपनि वस्तु वा प्राणीको उत्पत्ति, विकास र ¥हास प्राकृतिक नियम हो । प्राकृतिक नियम समाज विकासमा पनि देखियो, दास व्यवस्था एवम् राजतन्त्रको उत्थान, विकास र पतन भएजस्तै पुँजीवादको पतन पनि अवश्यम्भावी छ । संसारको सबभन्दा पुरानो पुँजीवादी देश बेलायतको आर्थिक प्रगति आज ०.२ वा ०.३ प्रतिशत मात्र छ । (ग्प् भअयलयmथ नययमक चभअभककष्यल–त्च्ल्–ज्ञद्द ल्यख,द्दण्ज्ञढ) बेलायत आज यूरोपेली सङ्घबाट हट्नेबारे र बेलायती संयुक्त अधिराज्यबाट स्कटल्यान्ड हट्ने समस्यामा फसेको छ । बेलायत युरोपेली सङ्घबाट हट्नेबारे अनुदारवादी शासक दलमै मतभेद छ भने प्रतिपक्षी लेबोर
(श्रमिक) दलसँग चर्काचर्की छ । (मजदुर–२३ मंसिर २०७६) । फ्रान्समा पहेँलो लुगा लगाउने प्रतिरोध आन्दोलन चालू छ । संरा अमेरिकी राष्ट्रपति आफै महाअभियोगको सामना गर्दैछन् भने संरा अमेरिकामा जातीय तथा वर्गीय असमानता झन्–झन् बढ्दै छ । जनताबाट उठाएको कर बैड्ढपति र अरबपतिहरूलाई पोस्ने काम गरिएको हुँदा त्यसको प्रतिरोधमा ‘वालस्ट्रीट कब्जा’ जस्ता स्वयम्स्फूर्त आन्दोलनहरू बढ्दै जाने सम्भावना प्रवल छ ।
पुँजीवादी व्यवस्थामा ८०० वर्ष पुराना पश्चिमी साम्राज्यवादी पक्षले पूर्वी युरोपेली समाजवादी देशहरूलाई कुटिल राजनीति, आक्रमण, हत्या, हिंसा षड्यन्त्रहरू गरे । किरोभजस्ता नेताको हत्या गरे, त्यसको दोष स्तालिनलाई लगाए तर अदालतमा हत्याराहरूले विदेशबाटै योजना बनाएको वा षड्यन्त्र गरेको र हतियारसमेत ल्याएर मारेको साबिती बयान दिए । त्यस अदालतीय कार्यवाहीको बेला अमेरिकी राष्ट्रपति रुजबेल्टका राजदूतसमेत उपस्थित थिए । (‘गुप्त दस्तावेज’बाट)
पुँजीवादी व्यवस्था सयौँ वर्ष पुरानो व्यवस्था हो । यसकारण त्यो व्यवस्थामा अनेक विकृतिहरू देखापरे, अनेक विद्रोह, आन्दोलन र क्रान्तिहरूले उसको आकार प्रकार नै विरूप भइसकेको छ । यसकारण पुँजीवादी प्रजातान्त्रिक व्यवस्था पतन हुँदै जाने व्यवस्था हो । बेलायतमा युरोपेली सङ्घ छुट्टिने विषयमा जनमत एकातिर छ भने अनुदारवादी दलको सरकार जालसाजी गर्दैछ । स्कटल्यान्ड र आयरल्यान्डको समस्याले बेलायत भित्रभित्र धुजाधुजा भइसकेको छ भने आर्थिकरूपले हाडखोरमात्रै बाँकी छ । बेलायतीहरू आफ्नो प्रजातन्त्र र निर्वाचनबारे बडो गर्व गर्छन् । तर, हाल भइरहेको निर्वाचनलाई ‘राजनैतिक जालसाजी र फोहर खेल’ भनेका छन् । (UK election is full of dirty tricks and political eli….AP– london, Dec 5, 2019 – राइजिङ्ग नेपाल TRN–२० मंसिर २०७६) फ्रान्स र जर्मनी पहेँलो लुगा, प्रवासी र विदेशी प्रतिको इष्र्याको भावनाले चिराचिरा पर्दैछन् तथा नवनाजीवाद भित्रभित्र सल्किँदै पनि छ ।
इटालीको राजनैतिक दलहरूको सत्ताको लुछाचँुडी यथावत छ भने स्पेनको क्याटालोनियाको पृथकतावादी सङ्घर्ष एक सच्चाइ भइसकेको छ । संरा अमेरिका जाति, भाषा, रङ्ग र क्षेत्रिय भावनाबाट जर्जर छ, केन्द्रीय पशुबलले मात्र संरा अमेरिका एउटै देश र राज्यको रूपमा खडा छ । अमेरिकाको निर्वाचनमा मुश्किलले २५ प्रतिशत मतदाताले भाग लिन्छन् झण्डै २० प्रतिशत मतदाताको मतलाई नै बहुमतको आदेश मानेको नयाँ विषय होइन । यस अर्थमा पश्चिमी प्रजातन्त्र सैन्य बलमा टिकेको अल्पमतको अधिनायकवाद र तानाशाही शासन व्यवस्था हो । संरा अमेरिकामा एकातिर दुई दलीय बन्दोबस्त कमजोर बन्दैछ भने बेलायतमा उदार र अनुदार, पुँजीवादी पार्टी र ‘मजदुर’ पार्टीको भाषा झण्डै एक हुँदै जानुले पुँजीवादी देशमा आर्थिक मात्र होइन राजनैतिक सड्ढट पनि चर्किँदो छ ।
–समाप्त
Leave a Reply