भर्खरै :

नेमकिपा प्रदेश राजधानी हेटौँडा र नाम बागमती राख्ने पक्षमा

हेटौँडा, २६ पुस । नेपाल मजदुर किसान पार्टीले प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम बागमती राख्ने पक्षमा मत व्यक्त गरेको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद सुरेन्द्रराज गोसाईले सो मत व्यक्त गर्नुभएको हो ।
बैठकमा उहाँले देशको भू–राजनीतिक संवेदनशीलता, सामरिक दृष्टिकोण, सङ्घीयतामा गइसकेपछि देशको बदलिँदो आन्तरिक तथा बाह्य परिस्थिति, सुरक्षा प्रबन्ध आदिलाई समेत गम्भीरतापूर्वक नियाल्दा प्रदेशको राजधानी हेटौँडा हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश राजधानीले केन्द्रीय राजधानीको निश्चित भारसमेत बहन गर्ने, त्यसमाथिको दबाब या आक्रोश न्यूनीकरण गर्ने र केन्द्रीय राजधानीको रक्षामा टेवा पु¥याउने भूमिका खेल्नुपर्ने बताउनुभयो ।
गोसाईले भन्नुभयो, “काठमाडौँ राजधानीप्रतिको जनआक्रोश बढ्नुको एउटा कारण दूर–दराजमा राज्यको नजर र उपस्थिति नपुग्नु र सिंहदरबारको पक्षपाती प्रवृत्ति हो । हरेक जिल्ला र गाउँलाई विना कुनै पक्षपात बजेटको विनियोजन गरी आ–आफ्नो उत्पादन तथा विशेषताले युक्त बनाई, अवसरको सृजना गरी परिवर्तनको प्रत्याभूति दिलाउन कमसेकम अब विलम्ब गर्नु हुँदैन । स्थानीय तहलाई सवल तथा जिम्मेवार बनाउँदै प्रदेश र स्थानीय तहबीच समन्वय बढाउने तत्कालको निम्ति एउटा उपाय हो । शिक्षा तथा स्वास्थ्य सुविधा र रोजगारको अवसर प्रदेशका विभिन्न क्षेत्रमा उपलब्ध गराउन असम्भव छैन । देशको सन्तुलित विकासको अपेक्षास्वरूप जनताले सङ्घीयता खोजेका हुन् । सङ्घीयताको मूल मर्म, विकेन्द्रीकरणको सिद्धान्त, स्थानीय तहको स्वायत्तता र सन्तुलित विकासको गुरुमन्त्रलाई हरदम शिरोधार्य गरी प्रदेश र देशको विकासमा जुटेरमात्र जनभावनाको कदर गर्नसक्नेछौँ र जनआन्दोलनको वास्तविक उपलब्धि जनतासमक्ष प्रस्तुत गर्नसक्नेछौँ । सङ्घीयताको आवाज उठेको बा¥ह वर्ष पुग्दा–नपुग्दै केन्द्रीकरणतिरै पाइला चाल्नु भनेको प्रतिगमन नै हो । यी सम्पूर्ण पक्षमाथि विवेक पु¥याउँदा प्रदेशको राजधानी हेटौँडा राख्नु उपयुक्त हुने हाम्रो ठहर हो ।”
काठमाडौँकेन्द्रित मानसिकता गम्भीर समस्या भएको आँैल्याउँदै उहाँले त्यो सोचमा फेरबदल ल्याउन योजनाबद्ध प्रयत्नको आवश्यकता भएको र घुमाइ–फिराइ काठमाडौँमै केन्द्रित हुने सोच हरेक दृष्टिकोणले घातक हुने बताउनुभयो ।
“काठमाडौँभन्दा भौगोलिक दूरीको हिसाबले तुलनात्मकरूपमा टाढा तर सम्भावनाले युक्त ठाउँ मकवानपुर हो भन्ने हाम्रो बुझाइ हो”, गोसाईले भन्नुभयो ।
प्रदेशको नामको सम्बन्धमा बोल्दै उहाँले भन्नुभयो, “प्रदेशको नाम बागमती राख्नु उपयुक्त हुने हाम्रो अभिमत छ । संविधानसभाबाट संविधान लेखन कार्य अगाडि बढिरहँदा नेमकिपाले आधिकारिकरूपमा प्रस्तुत गरेको अवधारणामा पनि यस प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्नुपर्नेबारे उल्लेख भएको आज पुनः स्मरण गराउन चाहन्छु ।”
नामले जात, धर्मको घेरा नाघ्नुपर्ने विचार राख्दै उहाँले नामले कसैको आत्मस्वाभिमानमा चोट पु¥याउन नहुने र त्यस आधारमा प्रदेशको नाम बागमती उपयुक्त हुने बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “नेमकिपाले भाषिक तथा जातीय दमनविरुद्ध पनि सङ्घर्ष गर्दै आइरहेको घामजतिकै छर्ल· छ । बडाराष्ट्र अहङ्कारवादविरुद्ध पनि नेमकिपाले निरन्तर सङ्घर्ष गर्दै छ । नेमकिपा वर्गीय राजनीतिमा विश्वास गर्छ र वर्गीय मुक्तिको निम्ति सङ्घर्ष गर्छ । जातीय सवालमा अल्झाएर वामपन्थी तथा कम्युनिस्ट आन्दोलन कमजोर पार्दै मजदुर वर्गको एकता छिन्न–भिन्न बनाउने साम्राज्यवादीहरूको जालझेलमा नेमकिपा हिजो पनि फसेन र आज पनि त्यसको विरुद्ध दृढतापूर्वक सङ्घर्षरत छ । वर्गीय मुक्तिसँगै विभिन्न जात–जाति तथा भाषाभाषीहरूको मुक्ति सम्भव हुने हाम्रो अध्ययनको सार हो । नेपालजस्तो जात–जाति, भाषा–भाषीको देशमा उच्च संवेदनशीलता एवम् सतर्कता आवश्यक हुने निर्विवाद छ ।”
मानव सभ्यताको विकासक्रममा भूगोलको प्रभाव र अनुभव तथा शिक्षाकै आधारमा प्राकृतिक सीमा निर्धारण गर्ने, प्रकृतिको आधारमा नाम राख्ने चलन भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “नदी–नाला, पहाड–पर्वत आपैmले सङ्घीयता मागेको जरुर होइन बरु राजनीतिक स्तर र समस्याले सङ्घीयता मागेको हो । विश्वमा क्रान्ति, परिवर्तन नदी, पहाडले मागेको या ल्याएकोे इतिहास पनि त छैन । राजनीतिक तथा सामाजिक परिवर्तन समयको आवश्यकता, चेतनाको विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा भइरहेको क्रमिक विकासको प्रभावस्वरूप हुने गर्दछ । यस आधारमा पनि बागमती नामले सङ्घीयताको मर्ममा आँच पु¥याउँछ भन्नु सही होइन ।”
प्रदेशको राजधानी र नामको सम्बन्धमा आइतबार बिहान ९ बजेबाट मतदान हुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *