नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, २६ पुस । माक्र्सवाद–लेनिनवाद वा क्रान्तिकारी कम्युनिस्ट आदर्शमा पद र पैसाको लेनदेनले कहाँ निर्णय गर्छ ? वर्तमान नेपालको सत्ताको लुछाचुँडीमा हानथाप हुँदै छ । ‘क’ प्रधानमन्त्री भएमा देश र जनताको दीर्घकालीन र अल्पकालीन हितमा के गर्छ ? त्यस्तै ‘ख’ प्रधानमन्त्री भयो भने ‘क’ ले भन्दा के बढी गर्छ भन्नेबारेमा किन जनतालाई थाहा दिँदैन भन्ने जस्ता प्रश्न तेर्सिएका छन् ।
एमालेमा ओली, माधव नेपाल र झलनाथ खनाल पहिले प्रधानमन्त्री भइसकेका हुन् । खासै देशमा व्यापक परिवर्तन हुने कुरा केही भएको जनताले अनुभव गरेका छैनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री भएर के पो करामत गरे ?
सिंहदरबारको भित्तामा आ–आफ्नो तस्वीर झुन्ड्याउने इच्छा छ भने त्यो त भइसकेकै छ । नाउँ चलाउनेमात्र सौख छ भने सबै पञ्चायती प्रधानमन्त्रीहरूकै लाममा आ–आफ्ना नाम आएकै छन् । केही गरी खाने खालको व्यक्तिको रूपमा चिनाउने लोभ छ भने उदाहरण किन टाढा खोज्ने ? डा. के.आई. सिंह नै छन् ।
प्रतिष्ठा नै कमाउने लालच हो भने सेना, प्रहरी, गुप्तचर विभाग, प्रशासन र मन्त्रालयका सचिवहरूले समेत नटेरेपछि राजीनामा दिनुपर्ने लज्जाबोधको अवसर बारम्बार किन आफैले खोजेर हिँड्छन् ¤ अचम्म लाग्छ ।
के नेपाली जनताले प्रधानमन्त्रीका यी दावेदारहरूलाई जाँचिसकेका छैनन् ? कस्ता–कस्ता कहाँ गए… भन्ने उखान यहाँ चरितार्थ हुन्छ । ५ पुस २०७६ को ‘नयाँ पत्रिका’ ले रिपोर्ट दियो, ‘इन्डो–प्यासिफिकअन्तर्गत भए एमसीसीको सहयोग लिँदैनौँः प्रचण्ड ।’
तर पुष्पकमल दाहालले भने, “आईपीएससँग जोडिए एमसीसी अस्वीकार्य ।” एमसीसीका माध्यमद्वारा अरू देशविरुद्ध सैन्य लक्षित कार्यक्रम अस्वीकार्य (अन्नपूर्ण, ५ पुस २०७६) ।
५ पुसकै ‘नयाँ पत्रिका’ ले पोल खोल्यो । ‘अमेरिका भन्छ, एमसीसी इन्डो प्यासिफिकअन्तर्गत नै’ हो ।
सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितमा नहुने देखिए अस्वीकार गर्ने बताएका छन् । (५ पुस २०७६) । गाईको मासु चाखेर खाएपछि आफ्नो इच्छा बताउनेहरू हिन्दू ब्राह्मण प्रधानमन्त्रीकै पदको लाममा छन् ¤?
न·ा नाचे हजार दाउ ¤
‘हात्ती र घोडालाई फलामको सिक्रीले बाँध्छ र मानिसलाई लाजले बाँध्छ ¤’ यो एक नेपाली उखान हो । आफू प्रधानमन्त्री भएपछि मात्रै आफ्ना पार्टी कार्यकर्ताले सभामुखको दाबी छोड्ने यो कुन कम्युनिस्ट सिद्धान्त र राजनीति हो ?
२०१५ सालको नेपालको पहिलो संसदीय निर्वाचनको दुई दिन अगाडि काठमाडौँको नयाँ सडकमा कम्युनिस्ट उम्मेदवार सहिद गंगालालका भाइ पुष्पलालको समर्थनमा देखिएको समर्थनले पश्चिमी बेलायती र अमेरिकी राजदूतहरू एवम् भारतीय राजदूत आश्चर्यमा परे । २–३ पटक गरी हुने त्यस निर्वाचनमा यदि काठमाडौँको निर्वाचन परिणाम कम्युनिस्टको पक्षमा गए सारा नेपाली जनता आफूलाई ‘कम्युनिस्ट’ सम्झने मनोविज्ञानबाट पुँजीवादी महामहिमहरू नतर्सने कुरै थिएन । त्यही मनोविज्ञान बर्लिनलाई ‘पूर्व’ र ‘पश्चिम’ मा विभाजन गरेर पुँजीवादीहरूले ‘पश्चिम बर्लिन’ लाई बुर्जुवा शो केस’ को मनोविज्ञान प्रयोग गरे ।
पुँजीवादी देशहरूको वचन प्राप्त गर्दा राजा महेन्द्रले आँसुको घुट पिए । तर, अढाइ वर्षको प्रमको पालो सुवर्ण शमशेरलाई नछोड्दा राजाले आफ्नो शक्ति प्रयोग गरे । यसकारण वचन दिने पुँजीवादी देशहरूले पुस १ गतेको घटनाबारे आक्रोश देखाएनन् । गणेशमानजी ‘हार’ मानेर धुलिखेल गएको हल्ला सेलाएन । दिल्लीले औपचारिक विरोधमात्र देखाएको प्रजातन्त्रवादीहरूको त्यसबेलाको चित्त दुखाइ थियो । के उपसभामुखको पद बुद्धिचालको घोडा हो ?
Leave a Reply