तेहरान, २७ पुस । संरा अमेरिकाका विख्यात विद्वान तथा राजनीतिक अभियन्ता नोम चोम्स्कीले संरा अमेरिकाले हालै इरानका वरिष्ठ सैनिक कमान्डर कासिम सोलेमनीको हत्यालाई ‘अन्तर्राष्ट्रिय आतड्ढवादी’ काम भएको बताएका छन् । भारतीय समाचारपत्र द हिन्दुस्तान टाइम्समा उनले भने, “यो ज्यादै खराब अन्तर्राष्ट्रिय आतड्ढवादी काम हो ।”
संरा अमेरिकी विदेश नीतिका कडा आलोचक चोम्स्कीले सोलेमनीको हत्या अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताए ।
“यो विषयमा अन्तर्राष्ट्रिय कानुन स्पष्ट छ । अन्तर्राष्ट्रिय कानुनले अन्तर्राष्ट्रिय मामिलामा धम्की वा शक्ति प्रयोगलाई निषेध गरेको छ । यद्यपि यसको व्यवहारमा कार्यान्वयनको सम्भावना भने निकै कम छ”, उनले भने ।
चोम्स्कीले आगामी समयमा पश्चिम एसियामा संरा अमेरिकी सैनिक उपस्थिति कम हुने सड्ढेत नभएको बताए ।
“वर्षौंदेखिको अभ्यासलाई फर्केर हेर्दा संरा अमेरिकी सैनिक उपस्थिति कम हुने सम्भावना कम छ । यसको अपेक्षा गर्ने मसँग न्यूनमात्र आधार छ”, चोम्स्कीले भने । तथापि उनले सन् २००३ को तुलनामा पश्चिम एसियामा संरा अमेरिकी सैनिक उपस्थिति कम भएको प्रस्ट पारे । सन् २००३ मा संरा अमेरिकाले इराकमा कब्जा जमाएको थियो ।
“यो सहस्राब्दीकै सबभन्दा खराब अपराध सन् २००३ को इराक कब्जायता भने संरा अमेरिकी सैनिक उपस्थिति सो क्षेत्रमा कमजोर भएको छ”, चोम्स्कीले भने ।
इराकी संसद्को आफ्नो भूमि छोड्न संरा अमेरिकालाई गरेकोआग्रहलाई ट्रम्पले ठाडै अस्वीकार गरेका छन् । विगतका वर्षमा संरा अमेरिकाले इराकमा गरेको लगानी फिर्ता नभएसम्म इराकी भूमि नछोड्ने उनको भनाइ थियो ।
“मैले इराकी प्रधानमन्त्री अब्देल अब्दुल मेहदीलाई बितेका वर्षमा संरा अमेरिकाले इराकी भूमिका गरेको लगानी असुल नभएसम्म अमेरिकी सेना इराकबाट नफर्किने भनेको छु”, ट्रम्पको भनाइ फक्स समाचारमा उल्लेख छ ।
यसैबीच इरानको राजधानी तेहराननजिकै भएको युक्रेनी विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको भन्दै इरानका लागि बेलायती राजदूतलाई इरान सरकारले आइतबार केही समय नियन्त्रणमा लिएको छ ।
कार्यक्रममा शोकसभापछि आयोजित प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएको समय इरानी अधिकारीले उहाँलाई पक्राउ गरेको बताइएको छ ।
गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ युक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेका छन् ।