भर्खरै :

प्रचारमाध्यमहरूलाई विदेशी दबाब

काठमाडौँ, २७ पुस । नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नक्सामा गाभेको हुँदा मंसिर २३ को दिन युवा–विद्यार्थी, मजदुर–किसान, शिक्षक–प्राध्यापक, इन्जिनियर, डाक्टर, ज्येष्ठ नागरिक, महिला तथा हरेक क्षेत्रमा आबद्ध जनताले भारतीय दूतावासमा विरोधपत्र दिएका थिए ।
त्यस प्रदर्शन र विरोध जुलुसलाई ‘भारतविरोधी भावना’ र ‘भारतीय दूतावास घेर्ने मनसाय’ आदि हल्ला फैलाएको बताइयो । तर, देशका टी.भी. च्यानलहरूले त्यस घटना र समाचारलाई योजनाबद्ध तरिकाले बन्द गरे वा भारतीय दूतावासमा देशको हित र सार्वभौमिकताको रक्षाको पक्षमा चालेको कदमलाई रुचाएनन् भन्ने जनताको गुनासो हो ।
त्यसको जवाफमा केही बुद्धिजीवीले भने, हरेक टी.भी. च्यानल र ठूल–ठूला पत्र–पत्रिकाहरू कुनै न कुनै व्यापारी वा व्यावसायिक संस्थाहरूले चलाएका हुन्छन् । व्यापारीहरूको स्वार्थको विरोधमा सञ्चारमाध्यमहरू कुनै पनि घटना वा समाचार प्रचार गर्न दिंदैनन् । वर्गीय समाजको पहिचान नै यहीँ हो, यो स्वाभाविक हो ।
तर, नेपालजस्तो सानो देशको सार्वभौमिकतामा आँच आइरहेको बेला भारत र संरा अमेरिकाजस्ता प्रवल आर्थिक र सांस्कृतिक प्रभावमा रहेका देशका प्रचारमाध्यममाथि सरकारमाथि जस्तै खप्नै नसकिने दबाब पर्नु स्वाभाविक हो ।
नेपालजस्तो खुला सीमा र स–साना विषयमा समेत दक्षिणबाट ‘यसो गर र उसो गर’ भन्ने डिक्टेट नभए पनि हुकुमी अनुरोधलाई अटेर गर्नु आफ्नोमात्रै होइन बरु आफ्नै संस्थाको अहितमा हुने कारणले सञ्चालक र सम्पादकहरू लाचार हुन्छन्, विचरा संवाददाताहरूको के लाग्नु ¤
त्यसो भए तापनि २४ मंसिर २०७६ को ‘राजधानी’ ले तेस्रो पृष्ठमा ‘नेमकिपाले घे¥यो भारतीय दूतावास’ भन्ने शीर्षकले पाँच पाराको सुन्दर समाचार दिएर आफ्नो कर्तव्य पूरा ग¥यो ।
२५ मंसिर २०७६ को ‘नयाँ पत्रिका’ ले पनि ‘भारतीय दूतावासलाई नेमकिपाको विरोधपत्र ’ शीर्षक दिएर स–साना पाराको राम्रो रिपोर्टि· गरेर संवाददाता प्रकाश धौलाकोटीले आफ्नो नेपाली पत्रको परिचय दिए ।
सरकारी मुखपत्र गोरखापत्रले २४ मंसिर २०७६ मा भारतीय राजदूत महामहिम मञ्जिवसिंह पुरीको एक ‘संवाद’ छापेर आफ्नो देशभक्ति प्रदर्शन ग¥यो । नेमकिपाले आफ्नो स्थापनाकालदेखि तानाशाही पुँजीवादी दलीय व्यवस्थाको अन्याय र अत्याचार भोग्दै आएको छ । जातीय र ठूलो राष्ट्र अहङ्कारवाद अन्ततः भाजपा फासीवाद र नाजीवादको खाडलमा खसेजस्तै नेकपा, ने.का र मधेसको सामन्तवादी जातीय अहङ्कारवाद अन्ततः नेपालको मजदुर र किसान आन्दोलनबाट पराजित हुने निश्चय छ । त्यसबेला लासबाट जुम्रा र डुब्न लागेको जहाजबाट मुसा भागेजस्तै नेपाली ठूला दलका यी अहङ्कारवादीहरूको दुःखद अन्त हुने छ ।
‘कम्युनिस्ट’ र ‘समाजवाद’ को खोल ओढ्ने पुँजीवादी र नयाँ सामन्ती वर्गको पाखण्ड छिट्टै उदाङ्गिने छ र सचेत जनताले तिनीहरूको मुकुण्डो एक एक गरेर उतार्ने छन् । तिनीहरूका देशविरोधी र जनद्रोही कार्यहरू चितवनदेखि जुम्लासम्मको हिसाब–किताब एक दिन कामदार जनताले नै खोज्ने छन् । गुण्डा, ठेकेदार, कालाबजारी, स्मार्ट सिटीको नाममा जनताको घर जग्गा लुट्ने जग्गा व्यापारी र जालीफटाहाहरूले तिनीहरूको दुःखद अन्तको त्यस दिनलाई रोक्न सक्ने छैनन् न त जनताको घृणाको खाडलबाट तिनका थिङ्क टैङ्कहरूले बचाउन सक्ने छन् । त्यसबेला आफ्ना विदेशी मालिकहरू ‘विचरा’ भन्दै तमासामात्र हेर्दै थुकेर जाने छन् ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *