प्रदेशको राजधानीबारे छलफलमा भाग लिँदै पौष २५ गतेको बैठकमा सृजना सैंजूले ब्यक्त गर्नुभएको विचार

आज यो प्रदेशको राजधानीबारे छलफल चलिरहँदा सर्वप्रथम प्रदेश सरकार र शासक दलसमक्ष एउटा आग्रह विनम्रतापूर्वक गर्दछु । जनताको विश्वास जित्न चाहनुहुन्छ र जवाफदेहिताप्रति विश्वास गर्नुहुन्छ भने प्रदेश राजधानी र नामाड्ढन गर्न असाध्यै ढिलाइ गरेकोप्रति माफी माग्नु बुद्धिमानी हुनेछ । दुई वर्ष भनेको यो प्रदेशसभाको अत्यन्त महत्वपूर्ण कालखण्ड हो । दुई वर्षमा बल्ल प्रतिवेदन तयार भयो र तेस्रो वर्षमा छलफल सुरु भयो । प्रदेश सरकार र शासक दलको गति र मति जनताले बुझिसकेका छन् । साथै यो छलफल केवल धुवाँको पर्दा हो या होइन जनता नजिकबाट नियालिरहेका छन् । जनताको आँखामा छारो हाल्ने, ढाँटको राजनीति गर्नेहरु राजधानी प्रकरणसँगसँगै उदाङ्गो हुँदैछन् । मैले त राजधानी मागेको हो फलानो विकासविरोधी दलले ल्याउन दिएन भन्न कै निम्ति राजधानी आप्mनो क्षेत्रमा माग्नेहरुसमेत देखिए । यो जति हास्यास्पद अरु के होला ?


प्रदेश राजधानीको विषयमा तर्क–वितर्क भइरहँदा एउटा प्रवृत्तिगत प्रश्न यहाँ राख्न चाहन्छु । सिस्नु रोपेर तुल्सी उम्रिन्न, नेपाली कथन नै छ । प्रदेश राजधानीबारे अन्योल र अप्ठ्यारा अस्वाभाविक किसिमले देखापर्नुको एउटा कारण हिजो चुनावको क्रममा भएको गलत आश्वासनको खेती हो । चुनावमा मत बटुल्न कै निम्ति गलत आश्वासन बाँड्ने परम्पराको दुष्परिणाम आज भोग्दैछौँ । प्रदेशको राजधानी र नामाड्ढनजस्ता गम्भीर विषयलाई समेत सस्तो चुनावी नारामा परिणत ग¥यौँ । राजधानी ल्याइदिउँला भनेर आश्वासनको खेती ग¥यौँ । त्यसकारण आज यो अप्ठ्यारो स्थितिमा पुग्यौँ । त्यसको निम्ति शासक दलले आत्मालोचना गर्न आवश्यक छ ।
शासक दलहरुले गाउँ–गाउँमा सिंहदरबार ल्याउने बाचा समेत गरेका थिए । परिणाम भने उल्टो निस्कियो । सिंहदरबारको बेथिति, भ्रष्टाचार गाउँ–गाउँ पुग्यो । चुनाव जित्नको निम्ति जेपनि गर्ने र जेपनि बोल्ने गलत संस्कारको कारण आज जनता बर्बादी भोग्न बाध्य छन् । देश अस्तव्यस्त अवस्थामा पुग्दैछ । सिंहदरबारको अधिकार गाउँ–गाउँ पु¥याउने सपना बाँड्नेहरुलाई प्रश्न छ, आज प्रदेशसभाको अधिकार कता हरायो ? कसले खोस्यो ? हो, कुनैपनि खेलमा रेफ्री हुनु स्वाभाविक छ तर रेफ्री स्वय्म मैदानमा खेल्न थाल्नु उचित होइन । खेलमा हरेकको आ–आप्mनै स्थान, नियम, मर्यादा र सीमा हुने गर्दछ ।

प्रदेश राजधानीको विषयमा तर्क–वितर्क भइरहँदा एउटा प्रवृत्तिगत प्रश्न यहाँ राख्न चाहन्छु । सिस्नु रोपेर तुल्सी उम्रिन्न, नेपाली कथन नै छ । प्रदेश राजधानीबारे अन्योल र अप्ठ्यारा अस्वाभाविक किसिमले देखापर्नुको एउटा कारण हिजो चुनावको क्रममा भएको गलत आश्वासनको खेती हो । चुनावमा मत बटुल्न कै निम्ति गलत आश्वासन बाँड्ने परम्पराको दुष्परिणाम आज भोग्दैछौँ । प्रदेशको राजधानी र नामाड्ढनजस्ता गम्भीर विषयलाई समेत सस्तो चुनावी नारामा परिणत ग¥यौँ । राजधानी ल्याइदिउँला भनेर आश्वासनको खेती ग¥यौँ । त्यसकारण आज यो अप्ठ्यारो स्थितिमा पुग्यौँ । त्यसको निम्ति शासक दलले आत्मालोचना गर्न आवश्यक छ ।

प्रदेश सरकार होशमा आउन ढिलो भइसकेको छ । बैशाखीको भरमा हिड्ने बानी त्याग्न आग्रह गर्छौं । प्रदेशसभाको साँचो कुनै अदृश्य–दृश्य महाराजको पाउमा चढाउने विश्वासघाती कार्य नगर्न अनुरोध विनम्रतापूर्वक फेरि गर्छौं । प्रदेश सरकार र शासक दलको आत्मविश्वासहिनता, खस्कँदो मनोवल र निरीह अवस्था योभन्दा बढी हेरिबस्न जनता तयार छैनन् ।
प्रदेश सरकारमा देखिएको इमानदारीको अभाव, अल्पदृष्टि, पक्षपाती सोच तथा प्रबृत्तिकै कारण पनि राजधानीको विषय जटिल बन्दै गएको हो । विकासको प्राथमिकतामा पर्न राजधानी नै हुनुपर्ने बाध्यताबाट मुक्त गरी हरेक ठाउँको विकासको योजना निर्माण तथा इमानदारीपूर्वक कार्यान्वयन गर्न सकेको भए यस्तो स्थिति तयार नै हुने थिएन । हरेक क्षेत्रलाई आफ्नै मौलिकता, विशिष्टतासहित विकास गर्ने र स्थानीय स्रोत तथा साधनको परिचालन गर्ने सोच राखेको भए र सहरमा पाइने सुविधा गाउँ पु¥याउन पाइला चालेको भए जनताको यति आक्रोश बढ्ने पनि थिएन । राजधानी जहाँ होस तर विकास हरेक ठाउँको हुने र कुनैपनि ठाउँका जनतालाई दुःख नहुने गरी कार्यसम्पादन हुने विश्वास दिलाउन नसक्नु अर्काे कमजोरी हो । प्रदेश सरकारमा देखिएको पक्षपाती प्रवृत्ति, दीर्घकालीन सोचको अभाव र फराकिलो चिन्तनको कमी कै कारण राजधानीको विषय बल्झिएको हो । जबसम्म प्रदेश सरकार आफै यी कमी–कमजोरीबाट मुक्त हुँदैन तबसम्म जनताको असन्तुष्टि एवं आक्रोश घट्ने छैन । राजधानी घोषणा हुने वित्तिकै सम्पूर्ण समस्याको समाधान हुने र रातारात विकास हुने मानसिकता फैलाइँदैछ । त्यो स्वय्म पनि प्रत्युत्पादक हुनेतर्फ बेलैमा सचेत हुन आवश्यक छ ।
प्रदेशको राजधानीबारे निर्णय गर्दा संघीयताको मूल मर्म, विकेन्द्रिकरण तथा स्वायत्तताको सिद्धान्त र सन्तुलित विकासको सुनिश्चितताबारे स्पष्ट हुन अपरिहार्य छ । काठमाडांै उपत्यकाको सौंदर्य जोगाउन, शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनीकरण गर्न, प्रदूषण बढ्न नदिन, ट्राफिक जामको समस्या हटाउन, विश्वसम्पदा तथा मौलिकता जोगाउन उपत्यका बाहिर सहर विकास गर्नुको कुनै विकल्प छैन । व्यवस्थित तथा आधुनिक स–साना सहरको विकास उत्तम उपाय हुन सक्छ । काठमाडांैमा पाइने शिक्षा, स्वास्थ्य, बजारलगायतका सुविधा र अवसर अन्य सहरमा सहजै उपलब्ध भएपछि जनजीवन आज जति कष्टकर हुने छैन ।

प्रदेशको राजधानी सामरिक दृष्टिकोण, भू–राजनीतिक संवेदनशीलतासँग प्रत्यक्ष जोडिएको हुनाले उच्च संवेदनशीलताको खाँचो छ । जोडिएको प्रदेशको नाताले प्रदेश नं २ सँगको हाम्रो घनिष्ठ सम्बन्ध, आपसी सहयोग, बरोबरको अन्तरक्रिया तथा नजिक बसेर सुख–दुःखमा साथ दिने भावनाको विकास गर्न आवश्यक छ । प्रदेश नं ३ र प्रदेश नं २ ले हातमा हात मिलाएर राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सम्प्रभुत्ताको रक्षा र देशको दीर्घकालिन हितको निम्ति भूमिका निर्वाह गर्नु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *