भर्खरै :

जनस्वास्थ्य केन्द्रमा पानी ट्याड्ढी शिलान्यास

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिकाकाद्वारा सञ्चालित च्याह्मासिंहस्थित जनस्वास्थ्य केन्द्रको परिसरमा पानी ट्याड्ढी निर्माणको शिलान्यास भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आइतबार गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख जोशीले कला–संस्कृतिको संरक्षण, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा भनपाले गरिरहेको काम अरू स्थानीय निकायहरूलाई नमुना भएको बताउनुभयो ।
यस वर्षदेखि नगरका दुई जना जेहेनदार तथा गरिब विद्यार्थीहरूलाई हरेक वर्ष एमबीबीएस (डाक्टर) अध्ययनको लागि छात्रवृत्ति दिने व्यवस्था गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
आगामी फागुन ८ गते भनपाले भक्तपुर नगर मेयर कप एथलेटिक्स प्रतियोगिता गर्न लागेको उपप्रमुख जोशीले बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरमा भइरहेको विकास निर्माणका कार्यहरूबारे जानकारी दिनुभयो ।
नगरमा आपराधिक घटनाहरू बढ्दै गइरहेको हुँदा नगरवासीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै वडामा भइरहेको घरेक घटनाप्रति वडावासीहरू सजग हुनसके आपराधिक घटनामा कमि आउने धारणा राख्नुभयो ।
पानी ट्याड्ढी निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, पानी ट्याड्ढी निर्माण अनुगमन समितिका संयोजक छोरीमैयाँ सुजखू, ख्वप अस्पताल भवन निर्माण आयोजनाका प्रमुख इ. विजयराम कोजू, निर्माण समितिका कृष्णसुन्दर प्रजापति र विश्वराम प्रजापतिले पनि बोल्नुभएको थियो ।
३ लाख लिटर क्षमताको उक्त पानी ट्याड्ढी निर्माणको लागि रू. ८५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *