समा
विश्व समाजवादी आन्दोलनको इतिहास पल्टाउने हो भने समाजवादले अस्थायी हार व्यहोरेको तीतो इतिहास छ । तर, यो शताब्दीमा समाजवादको झन्डा उँचो फहराइरहने समाजवादी देशहरूले भने इतिहासबाटै शिक्षा प्राप्त गरेको अनुभव हुन्छ । समाजवादको विजयको निम्ति जनताको शक्ति र जनतामा वैचारिक गहिराइ प्रधान विषय हो । समाजवाद जनताको मन र मस्तिष्कमा बाँच्न आवश्यक छ । त्यसकारण जनतालाई वैचारिकरूपमा चेतनशील र परिपक्व बनाउनु नै समाजवादको जीतको आधार हो ।
अधिकांश देशमा समाजवादको अस्थायी हारले के शिक्षा दिन्छ भने समाजवादमाथिको प्रहार वैचारिक विचलनबाट सुरु हुन्छ । वैचारिक विचलनको परिणाम समाजवादको पतन हो, इतिहासले यही शिक्षा दिन्छ ।
क्रान्तिकारी विचारले सुसज्जित समाजमा समाजवाद फल्छ र फुल्छ भन्ने दृष्टान्त प्रजग कोरियाको समाजवाद नै हो । महान् नेता किम इल सङको जुच्छे विचारधाराले सिँचित कोरियाली माटोमा आज समाजवाद हुर्किरहेको छ । समाजवाद निर्माण र विकाससम्बन्धी प्रजग कोरियाको अनुभवबारे जानकारी लिन का. किम जङ इलद्वारा लिखित पुस्तक”Giving Priority to Ideological work is Essential for Accomplishing Socilaism” (समाजवादको निम्ति विचारधारात्मक गतिविधिमा जोड दिन आवश्यक) को अध्ययन सहयोगी हुनेछ ।
प्रजग कोरियाले पनि विश्व समाजवादी आन्दोलनबाट क्रान्तिकारी अनुभव हासिल गरेको र माटो सुहाउँदो तरिकाले अनुसरण गरेको यथार्थ यस पुस्तकले उजागर गर्छ ।

बुर्जुवाहरूले प्रतिक्रियावादी विचार प्रचार गर्न हरसम्भव प्रयत्न गरिरहन्छ । सोभियत रुसले अर्थतन्त्रमा फड्को र कायापलट गरिरहेको बेला समाजवादी अर्थतन्त्र या समाजवादी अर्थशास्त्रको सिद्धान्तलाई कमजोर बनाउन पुँजीवादी देश र पुँजीवादी अर्थशास्त्रीहरूले मौका खोजिरहे । त्यतिबेलाको महामन्दी पछाडि विश्व अर्थतन्त्रको ‘चुस्त’ र ‘फाइदाजनक’ पुनर्जागरणका निम्ति भन्दै ‘मिश्रित अर्थतन्त्र’ को सिद्धान्त विकास गरियो । समाजवादी अर्थतन्त्रको सिद्धान्तमाथि प्रतिक्रियावादी प्रहार थियो ‘मिश्रित अर्थतन्त्र’ को सिद्धान्त । जसले विश्वमै सर्वश्रेष्ठ प्रमाणित भएको समाजवादी अर्थतन्त्रको सिद्धान्तलाई विस्थापित गर्न खोज्यो । ‘मिश्रित अर्थतन्त्र’ ले झनै साम्राज्यवादी देशहरूको सेवा ग¥यो । समाजवादी आन्दोलनलाई कमजोर बनायो । तर, प्रजग कोरियालगायतका समाजवादी देशहरू आज पनि समाजवादी अर्थतन्त्रमै अडिग छन् । अर्थतन्त्र, सैन्यशक्ति, सामाजिक संरचना सबैलाई विचारको बलियो धरातल आवश्यक छ ।

देशको स्वाधीनता, जनताको स्वतन्त्रता र सार्वभौम अधिकारका निम्ति लड्ने कामदार वर्गीय पार्टीको मुख्य उद्देश्य क्रान्ति र समाजवाद निर्माण नै हो । कामदार वर्गीय मुक्तिको बाटोमा नथाकिकन हिँड्न पार्टीको एउटा सशक्त र महत्वपूर्ण हतियार भनेकै विचार हो, क्रान्तिकारी विचार । त्यसकारण क्रान्तिकारी पार्टीले विचारधारात्मक कार्यलाई जोड दिन्छ । विचारमा अडान र स्पष्टता अर्को महत्वपूर्ण पक्ष हो । समाजवादी समाज सम्पूर्ण सामन्तवादी र पुँजीवादी समाजभन्दा फरक, वैज्ञानिक र जनपक्षीय हुन्छ । समाजवाद सम्पूर्ण शोषणयुक्त प्रणालीविरुद्ध मानव सभ्यताकै उत्कृष्ट व्यवस्था हो । सम्पूर्ण पक्षलाई नाफाले राज गर्ने पुँजीवादी व्यवस्थाको एउटै विकल्प समाजवाद हो । त्यो समाजवाद विचारको तेजले मात्रै जाज्वल्यमान् रहन सक्छ । समाजवादलाई ढाल्न अनेक षड्यन्त्र र जालझेलहरू भइ नै रहन्छन् । विचाररूपी प्रतिरोधको पर्खालभित्र समाजवाद सुरक्षित हुनुपर्छ । समाजवाद राजनीति, अर्थतन्त्र, संस्कृति र सैन्य मामिलाको निम्ति उर्वर माटो हो । वैचारिक र सैद्धान्तिक पक्षमा बलियो रहे यी सम्पूर्ण क्षेत्रको विकास सम्भव छ ।
समयसँगै विचार र कार्यशैलीमा परिवर्तनको प्रश्न वा कुरा उठ्न सक्छ । विचार र सिद्धान्तमा तोडमोडको कारण कम्युनिस्ट र समाजवादी आन्दोलन क्षतविक्षत पनि भएका छन् । गतिशीलता, परिवर्तन र समयसापेक्षी बन्ने होडमा प्रतिक्रियावादी र संशोधनवादी विचारको प्रवेश हुन दिए समाजवाद हारतर्फ उन्मूख हुन्छ । कम्युनिस्ट आन्दोलनले आफ्नो मूल मार्ग र उद्देश्य बिथोल्छ । यस्ता गलत विचारको प्रवेशले समाजवादी व्यवस्था बिथोलिन्छ । इतिहास भन्छ समाजवाद असफल हुनुको मूख्य कारण वैज्ञानिक, क्रान्तिकारी विचार र सिद्धान्तमा विचलन आउनु हो । वैचारिक दरिद्रता सबैभन्दा डरलाग्दो र घातक हुन्छ ।
बुर्जुवाहरूले प्रतिक्रियावादी विचार प्रचार गर्न हरसम्भव प्रयत्न गरिरहन्छ । सोभियत रुसले अर्थतन्त्रमा फड्को र कायापलट गरिरहेको बेला समाजवादी अर्थतन्त्र या समाजवादी अर्थशास्त्रको सिद्धान्तलाई कमजोर बनाउन पुँजीवादी देश र पुँजीवादी अर्थशास्त्रीहरूले मौका खोजिरहे । त्यतिबेलाको महामन्दी पछाडि विश्व अर्थतन्त्रको ‘चुस्त’ र ‘फाइदाजनक’ पुनर्जागरणका निम्ति भन्दै ‘मिश्रित अर्थतन्त्र’ को सिद्धान्त विकास गरियो । समाजवादी अर्थतन्त्रको सिद्धान्तमाथि प्रतिक्रियावादी प्रहार थियो ‘मिश्रित अर्थतन्त्र’ को सिद्धान्त । जसले विश्वमै सर्वश्रेष्ठ प्रमाणित भएको समाजवादी अर्थतन्त्रको सिद्धान्तलाई विस्थापित गर्न खोज्यो । ‘मिश्रित अर्थतन्त्र’ ले झनै साम्राज्यवादी देशहरूको सेवा ग¥यो । समाजवादी आन्दोलनलाई कमजोर बनायो । तर, प्रजग कोरियालगायतका समाजवादी देशहरू आज पनि समाजवादी अर्थतन्त्रमै अडिग छन् । अर्थतन्त्र, सैन्यशक्ति, सामाजिक संरचना सबैलाई विचारको बलियो धरातल आवश्यक छ ।
व्यक्तिवादको विपरीत सामूहिकीकरणको अभ्यास गर्ने समाजवादको रक्षक मानिस नै हुन् । मानिसको ज्ञान, सीप, बुद्धि र प्रतिभाकै कारण समाज अगाडि बढ्छ, समाजको रूपान्तरण हुन्छ । मानिसका यी सबै गुणमा क्रान्तिकारी विचारको आवश्यकताबारे पुस्तिकामा चर्चा गरिएको छ । क्रान्तिको उपलब्धिको रक्षाको निम्ति प्रजग कोरियामा चलिरहेको विचारधारात्मक क्रान्ति, सांस्कृतिक क्रान्ति र प्राविधिक क्रान्तिमा प्रजग कोरियाली जनताको सहभागिता उल्लेख्य छ । प्रजग कोरियाका जनताको मान्यता छ –“सबैखाले प्रतिक्रियावादी विचार व्यक्तिवादको धरातलमा खडा हुन्छ । सम्पूर्ण शोषणयुक्त समाजको जड व्यक्तिवाद हो । व्यक्तिवाद असाध्यै असहिष्णु हुन्छ, सङ्कीर्ण हुन्छ । त्यस्तो समाजका जनताको चेतना, आचरण र जीवनपद्धतिमा व्यक्तिवाद हुन्छ । त्यसकारण जनताले सामूहिक जीवन बाँच्नुपर्छ । व्यक्तिवाद समाजवादी व्यवस्थाको शत्रु हो । व्यक्तिवादजस्तो प्रतिक्रियावादी विचार ध्वंसकारी हुन्छ ।”
सबैखाले प्रति–क्रान्तिकारी र बुर्जुवा विचारको खण्डन गर्न सक्ने गरी पार्टी कार्यकर्तालाई तयार गर्न सके जनता सचेत बन्छन् । पार्टीभित्र स्वतन्त्रताको नाममा उच्छृङ्खल र खराब आचरण देखाउने कार्यकर्तालाई विचारको कसीमा घोटेर अनुशासनको दायरामा राख्न जरुरी हुन्छ भन्ने शिक्षा पुस्तिकाबाट मिल्छ । अनुशासित र असल आचरणका कार्यकर्ताले मात्र जनतालाई सङ्गठित र वैचारिकरूपमा सुसूचित बनाउन सक्छ । जनतालाई शिक्षित गर्ने अभियान चलाउन पार्टीले अगुवाइ गर्दछ भने कार्यकर्ताले नथाकिकन कामदार वर्गका जनताको बीचमा गई पार्टीको नीतिबमोजिम शिक्षित बनाउने दायित्व लिनुपर्दछ ।
किम जङ इल भन्नुहुन्छ –“पार्टीप्रतिको इमानदारी नै उच्चकोटीको सामूहिक भावना हो । यो नै कम्युनिस्ट क्रान्तिका लागि आवश्यक गुण हो ।” त्यसकारण एक सच्चा क्रान्तिकारी, कम्युनिस्टले सबैभन्दा पहिला पार्टीको सिद्धान्त र विचार आत्मसात् गर्छ र नेतृत्वको निर्देशन बमोजिम जनसेवामा समर्पित हुन्छ । जसले विचार र सिद्धान्तमा सम्झौता गर्छ उसले क्रान्तिको बाटो नै त्याग्छ । नयाँ ढङ्गले सोच्ने, नयाँ विचार अघि सार्ने भन्दै मूल सिद्धान्तलाई भाँचकुँच गर्नेहरू इतिहासका कलङ्क साबित भएका छन् । विचारले खँदिला मानिस नैतिकवान् पनि हुन्छन् । नैतिकवान् मानिसले नै देश र जनताको निम्ति क्रान्तिकारी दायित्व पूरा गर्न सक्दछ । पुस्तिकाले यही विचार उजागर गर्छ ।
किम जङ इलको विचार पुस्तिकामा अभिव्यक्त छ –“संशोधनवाद प्रतिक्रान्तिकारी, अवसरवादी विचारधारात्मक पद्धति हो जसले क्रान्तिकारी सिद्धान्तहरूमाथि हमला गर्छ । संशोधनवादले गर्ने प्रमुख क्षति भनेको यसले क्रान्ति र निर्माणमा पार्टी नेता र पार्टीको स्थान, भूमिका अस्वीकार गर्छ । संशोधनवादले समाजवादी शक्ति कमजोर बनाउँछ । पुँजीवादबारे भ्रम सृजना गर्छ तथा जनताको विचारधारात्मक समाजवादमाथि घात गर्छ र पुँजीवादतर्फको नेतृत्व गर्छ । त्यसकारण हामी संशोधनवाद र यसका खतराहरूबारे जानकार रहन आवश्यक छ । साथै, संशोधनवादी विचारविरुद्ध लड्न तयार रहनुपर्छ ।” जनतालाई यी सैद्धान्तिक पक्षबारे जानकार बनाउन र शिक्षित गर्न सञ्चारमाध्यम, कला र साहित्यले शक्तिशाली एवम् महत्वपूर्ण भूमिका खेल्दछन् । साहित्य, कला र सञ्चारमाध्यममार्फत विचार र सिद्धान्त जनतासम्म पु¥याउन सके जनता सङ्गठित र जागरुक हुन्छन् । कोरियाली मजदुर पार्टीले यो पक्षलाई महत्वका साथ अघि बढायो ।
जनतालाई वैचारिक कार्य सँगसँगै राजनीतिक कार्यमा उत्साहित गर्नुपर्नेबारे प्रजग कोरियाली नेतृत्व स्पष्ट रहेको पुस्तिकाले बताउँछ । राजनीतिक कार्य नै सबै कार्यभन्दा श्रेष्ठ कार्य हो भन्ने विश्वासका साथ युवालाई हुर्काइन्छ । क्रान्ति र क्रान्तिको रक्षार्थ युवादस्तालाई तयार पारिन्छ । युवा पुस्तालाई क्रान्तिकारी बनाउन क्रान्तिकारी विचारको विजारोपण अपरिहार्य छ । विचारमा खँदिला नौजवान र जनताको शक्तिले मात्र सबैखाले शोषणविरुद्ध आगो ओकल्न सक्छ भन्ने विश्वास पुस्तिकामा अभिव्यक्त छ ।
समाजवाद या क्रान्तिमा क्रान्तिकारी विचारको महत्वबारे थुप्रै दृष्टान्त प्रस्तुत गर्ने यस पुस्तक नेपाली राजनीतिक कार्यकर्ताहरूको निम्ति उपयोगी छ । प्योङयाङबाट सन् १९९५ मा प्रकाशित यस अङ्ग्रेजी भाषाको पुस्तिकाले कम्युनिस्ट आन्दोलनमा वैचारिक स्पष्टता र अडानको महत्वबारे थप प्रस्ट्याएको छ ।