भर्खरै :

चिनियाँ वैदेशिक व्यापारको नयाँ रेकर्ड

पैचिङ, १४ जनवरी (सीआरआई) । चिनियाँ भन्सार प्रशासन विभागबाट जनवरी १४ तारिख प्रकाशित तथ्याड्ढअनुसार, सन् २०१९ मा चीनको सामान आयात निर्यातमा संलग्न कूल रकम ३१५ खर्ब ४० अर्ब चिनियाँ युआन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशतले वृद्धि भएको हो । सोही वर्ष चीनको निर्यात–आयातको मात्रा र रकम दुवैले ऐतिहासिक नयाँ रेकर्ड कायम गरेको छ । विश्वको व्यापारिक वृद्धि मन्दीमा परेको पृष्ठभूमिमा चीनको वैदेशिक व्यापारले चिनियाँ अर्थतन्त्रको लचिलोपन र स्वाभाविक शक्ति देखाउनुका साथै विश्वको आर्थिक विकासका लागि पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
पहिलो, चीनको आयात–निर्यात संरचना निरन्तर सुधार भएको छ । दोस्रो, चीनले विविधीकरण आयात–निर्यात बजार खोल्ने उपलब्धि राम्रो हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा मैत्री घेरा झन् झन् फराकिलो बनाउँदै लगेको छ । तेस्रो, निजी कारोबारको व्यवसायले अझै महत्वपूर्ण भूमिका खेलेको छ । चौथो, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ आयात तथा निर्यात सामानको श्रेष्ठता स्पष्टरूपमा बढेको छ ।
वैदेशिक व्यापार कुनै पनि मुलुकको आर्थिक विकासबारे विश्लेषण गर्ने महत्वपूर्ण झ्याल हो । सन् २०१९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले चारपटक विश्व अर्थतन्त्रको वृद्धिलाई घटाएको थियो । यस्तो पृष्ठभूमिमा पनि चीनको आयात–निर्यात भने स्थिरताका साथ बढेको छ । जसबाट चिनियाँ अर्थतन्त्रको स्थिर विकासले वैदेशिक व्यापारको वृद्धिका लागि दृढ आधार तयार गरेको छ ।
सन् २०२० भर्खरै सुरू भएको छ । चिनियाँ वैदेशिक व्यापारले स्थिरताका साथ वृद्धि प्रवृतिलाई कायम राख्नुका साथै विश्वव्यापी प्रतिस्पर्धालाई अझ बढाएर विश्वको आर्थिक वृद्धिमा निरन्तररूपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।
यसैबीच अमेरिकी अर्थ मन्त्रालयले चीनलाई ‘विनिमय दर नियन्त्रण मुलुकको नामावली’ बाट हटाउन स्विकार गरेको छ । यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले वास्तवमा चीन विनिमय दर नियन्त्रक मुलुक नभएको र अमेरिकाको नयाँ निचोड तथ्यसँग मेल खाएको बताउँदै अन्तर्राष्ट्रिय समाजको साझा विचारसँग पनि अनुकूल भएको औँल्याउनुभएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सबभन्दा पछिल्लो मूल्याड्ढनअनुसार चिनियाँ मुद्रा आरएमबीको विनिमय दर समष्टिगतरूपमा अर्थतन्त्रको मूल स्थितिसँग अनुकूल भएको छ जसबाट चीन विनिमय दर नियन्त्रक मुलुक भन्ने कुरालाई अस्विकार गरिएको प्रतिविम्वित भएको प्रवक्ता कङले जनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *