यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
छाउपडी, बोक्सा–बोक्सी, छारेरोग आदि अन्ध विश्वासबाट गाउँ, बस्तीमात्र होइन सहरमा समेत सर्वसाधारण पीडित छन् । सरकार समृद्धिको ढोल पिट्न व्यस्त छ । धनले समृद्ध भएपनि सांस्कृतिकरूपमा दरिद्रताको कारण जनता पीडित हुनु स्वाभाविक हो ।
यसबारे ५–१० वर्ष अगाडि नै कर्णाली अञ्चलका जिल्लाहरूमा महिला भेला गराई महिला डाक्टरमार्फत छाउपडी, बोक्सी, छारेरोग, आङ खस्ने रोगबारे जानकारी दिनुपर्ने तथा आवश्यक उपचार गर्नुपर्नेबारे सदन र सडकमा आवाज नउठेको होइन तर सरकारले न समयमा देख्यो न सुन्यो ।
२८ पुसको राजधानीले एक महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा ५ हजारको हाराहारीमा रहेका छाउगोठमध्ये १८ सय छाउगोठ एक महिनाभित्र भत्काइएको समाचार दियो ।
मुख्य कुरा छाउगोठ भत्काउन गा¥हो छैन तर मानिसभित्र रहेको सदियौँदेखिको अन्धविश्वास भत्काउन गा¥हो हुन्छ । त्यसको निम्ति कर्णाली प्रदेशका जिल्ला र गाउँमा महिला भेला गराई लोग्ने मानिसले व्यहोर्नु नपर्ने तर स्वास्नी मानिसले व्यहोर्नुपर्ने समस्याबारे महिला चिकित्सकबाट शिक्षित गर्नु आवश्यक छ ।
त्यस्तै, चिकित्सकको भनाइमा पुरुषमा नहुने महिलालाई मात्रै लाग्ने झन्डै ४०–४२ वटा रोग छन् । ती सबै विषयमा महिला डाक्टरले दिदी–बहिनी र आमालाई बताउन आवश्यक छ ।
बोक्सा–बोक्सीको बारे तराईमा पनि भारतबाट विभिन्न किसिमका झारफुक गर्ने झाँक्री र नक्कली वैद्य आएर पैसा पनि ठग्छन् र बिरामीलाई उपचारको नाममा मार्ने काम पनि गर्छन् अनि भाग्छन् । कति पक्राउ पनि परेका छन् ।
छारेरोग र बोक्सा–बोक्सीबारे सर्वसाधारणलाई बुझाउन मनोचिकित्सकको टोली नै तराई र पहाडमा पठाउनु जरुरी छ । त्यस्ता चिकित्सक एक हप्तामात्र होइन २–४ हप्ता नै बस्ने गरी सरकारले बन्दोबस्त गर्नु आवश्यक छ । आङ खस्ने रोगबारे सुर्खेत र दैलेखतिर शिविर चलाउँदा दुर्गम क्षेत्रबाट रोगी आउँदै गर्दा शिविर टुङ्ग्याएर आयोजक र चिकित्सक फर्किसकेका थिए । आधाभन्दा बढीले उपचार पाएनन् र कतिले बीच बाटोबाटै फर्कनुपरेको दुखेसो पोखे ।
यसबारे प्रदेश सरकार र स्थानीय निकायले गम्भीर भएर काम गरेमा एक वर्षभित्र धेरै सेवा पु¥याउन सफल हुने पक्का छ ।
Leave a Reply