यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वस्तुराज ‘शीतल’
आफूलाई ठूला, शक्तिशाली, दुईतिहाइ बहुमत प्राप्त ठान्ने नेकपाको गतिविधि, घटनाक्रम हेर्दा, बुझ्दा नेकपाले सरकारको नेतृत्व गर्नेबाहेक देश र जनताप्रति जिम्मेवार भएर काम गर्न सकिरहेको छैन । ठूलो दल बनाउने र सरकारको नेतृत्व गरिरहने मानसिकताले नेकपाका नेता र मन्त्रीहरूले बहुमत जनताको समस्या बुझेर काम गर्न सकिरहेका छैनन् । मेलम्चीको खानेपानी उपत्यकामा ल्याएर घर–घरमा खानेपानीको सेवा दिने नेकपाको घोषणापत्र के देखाउने दाँतमात्र हो ? के जनताको मत लिएर जित्न प्रलोभनको पोको जनतामाझ फालेको हो ?
नेकपा र नेकपाको सरकारले देशमा सुशासन चाहेको हो भने कालोसूचमिा परेका,लामो समयसम्म योजना चालू नगरिकन अर्कै धन्दा गरिरहेका र भ्रष्टाचारको दलदलमा फसेका ठेकेदारहरूलाई किन नियन्त्रण गर्नसकेनन् ? नियन्त्रण गर्न ल्याइएको विधेयक सरकारले किन फिर्ता लियो ? गुठी जग्गा जोत्ने किसानहरूको पक्षमा ल्याइएको विधेयक किन फिर्ता लियो ? फिर्ता लिइसकेको सो गुठी विधेयक संशोधनसहित सदनमा कहिले आउने हो ? कति ल्याइएका अन्य विधेयकहरू पनि सत्तारूढ दलको स्वार्थमा केन्द्रित रहे । आफ्नो दलको सरकारको नेतृत्व रहेसम्म मात्र ठीक हुने ती विधेयकहरू आफूले सरकार छोडेपछि या सरकारको नेतृत्व गर्न नपाएपछि आफ्नै नेता, सांसद, कार्यकर्ता र सञ्चारकर्मीहरू सो विधेयकको विरोध गर्न बाध्य हुनेछन् ।
शक्तिशाली सरकारले देशमा रासायनिक मल कारखाना खोल्न कसले बाधा हाल्यो ? के भारतमा उत्पादित रासायनिक मल नेपालले नलिने चिन्ता नेकपा सरकारलाई भयो ? के रासायनिक मल ल्याएबापत कमिसन खान नपाउने चिन्ता बढ्यो ? सरकारले देशमा उद्योगधन्दा खोलेर नेपालीलाई रोजगारी दिने र देशको आयस्रोत बढाउनेतर्फ सरकारको ध्यान किन गएन ? कुनै विदेशी सहयोग कुनै स्वतन्त्र देशमाथिको नाकाबन्दीलाई समर्थन गर्ने या नगर्ने नापो हुन्छ ? भारतीय हस्तक्षेप र भारतीय पुँजीको एकाधिकार भएकोमा सोको चर्को विरोध भइरहेको बेला एउटा अर्को शक्तिशाली अमेरिकाको हस्तक्षेप र दबाब स्वीकार्ने कस्तो सरकार ¤ यसरी स्वीकार्दे गयो भने नेपाल कसरी स्वतन्त्र र सार्वभौम हुन्छ ? नेपाल कसरी आत्मनिर्भर हुन्छ ? के नेपाल अरू देशको लहैलहै या पछिमात्र दगुर्ने ? अरू देशको उठवस, दबाबमा लागेर, पाउ मोलेर देश समृद्ध बन्छ, नेपाली सुखी हुन्छन् ? सरकारको सुखी नेपाली र समृद्ध नेपालको नारा कतै कल्पनाको धुनमा नाच्ने नाचमात्र हुँदैन ?
Leave a Reply