यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
ईश्वर शाही
देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य छ । आर्थिक सहयोगको नाममा ऋण लिनेदेखि धेरै वस्तुमा अरू देशसँग भरपर्नु परेकोले हाम्रो देश आत्मनिर्भर बन्न सकेको छैन ।
राणा शासनको अन्त्य भयो । पञ्चायती व्यवस्थासँगै राजतन्त्र पनि फालियो । तर, परनिर्भरतालाई फाल्न सकिएको छैन । सरकारमा जाने एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, मधेसवादी, राजपालगायतका दलहरूले त्यसमा इच्छाशक्ति नै देखाएनन् । सरकारमा जाने दलहरूले त भएका सार्वजनिक उद्योग कलकारखानाहरू निजीकरण गर्दै ध्वस्त पार्दै गए । कति उद्योगहरू राम्रोसँग चल्न नसक्दा बन्द भए भने कति बन्द हुने अवस्थामा छन् । बन्द भएका उद्योगका कति कर्मचारीले तलब पाउँदै आएका छन् भने मजदुरहरूले ज्याला पाएका छैनन् । कति उद्योगहरूबाट किसानहरूले भुक्तानी पाएका छैनन् । देशमा भ्रष्टाचार, अपराध, महँगीमात्र होइन भारतलगायत अमेरिकाको हस्तक्षेप बढ्दो छ । देशलाई परनिर्भर बनाउनेमा भारतीय विस्तारवादी शासकहरू र भारतीय एकाधिकार पुँजीको मुख्य हात छ ।
समाजवाद स्थापना भएपछि मात्र यस्ता समस्याबाट जनता मुक्त हुने छन् । समाजवादी व्यवस्थामा कलकारखानाहरू राष्ट्रियकरण गरिने हुँदा त्यहाँबाट हुने आम्दानी एक निजी कम्पनी वा व्यक्तिको खल्तीमा नगएर सीधै सरकारको ढुकुटीमा जाने छ । अनि शोषण हुने छैन । पुँजीपति वर्गविरुद्ध मजदुर र किसानहरुले गरेको सङ्घर्षको कारण समाजवाद स्थापना हुने भएकोले कामदार वर्ग एक–आपसमा झगडा लगाउने काम बन्द हुँदै जाने छ । व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थले गर्दा एक–आपसमा हुने आर्थिक प्रतिस्पर्धामा कमी आउने छ । यसले सामूहिक सहभागिताले देश विकासमा ठूलो सहयोग पुग्ने छ ।
सरकारले रोजगार व्यवस्था गरी योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने भएकोले गाँस, बास र कपासको सुनिश्चित हुने छ । रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता दिइनेछ । समाजवादमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने छ । त्यसले भ्रष्टाचारमा कमी आउने छ र भ्रष्टाचार अपराधको विषय बन्ने छ । भ्रष्टाचारमा कमी आएपछि, विद्यालय, विश्वविद्यालय र अस्पतालहरू सरकारको स्वामित्वमा हुने भएकोले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सरकारलाई सहज हुने छ ।
समाजवाद स्थापना भएपछि मात्र यस्ता समस्याबाट जनता मुक्त हुने छन् । समाजवादी व्यवस्थामा कलकारखानाहरू राष्ट्रियकरण गरिने हुँदा त्यहाँबाट हुने आम्दानी एक निजी कम्पनी वा व्यक्तिको खल्तीमा नगएर सीधै सरकारको ढुकुटीमा जाने छ । अनि शोषण हुने छैन । पुँजीपति वर्गविरुद्ध मजदुर र किसानहरुले गरेको सङ्घर्षको कारण समाजवाद स्थापना हुने भएकोले कामदार वर्ग एक–आपसमा झगडा लगाउने काम बन्द हुँदै जाने छ । व्यक्तिगत स्वार्थभन्दा सामूहिक स्वार्थले गर्दा एक–आपसमा हुने आर्थिक प्रतिस्पर्धामा कमी आउने छ । यसले सामूहिक सहभागिताले देश विकासमा ठूलो सहयोग पुग्ने छ ।
समाजवादमा मानवतालाई प्रमुख स्थान दिने भएकोले शिक्षा र स्वास्थ्य पूर्णरूपमा निःशुल्क हुने छ । नेपाल नदी नालाहरूको देश भएकोले जलविद्युत् उत्पादनमा वृद्धि हुने छ । यसले गर्दा उद्योग, यातायात, भान्सा आदि विद्युत्बाट चलाउन मिल्ने भएकोले विदेशबाट पेट्रोल, डिजेल तथा ग्यासको आयात त्यति धेरै आवश्यक पर्ने छैन । प्राकृतिक स्रोत, ऐतिहासिक स्थल, विभिन्न जात जाति भाषा र संस्कृति भएको देश नेपालमा विभिन्न किसिमका पर्यटक भित्रिने हुनाले पर्यटन क्षेत्रमा पनि एक प्रमुख आर्थिक स्रोत हुने छ ।
शिक्षा कामसँग जोडिने हुनाले पढाइसँगै विभिन्न काम र सीपहरू सिकी काम गर्न थाल्ने छन् । कृषि क्षेत्रमा सहकारीमार्फत वा विभिन्न नीति ल्याई उत्पादनमा वृद्धि हुने छ । क्रान्तिकारी भूमिसुधार लागू गरी जसले खेत जोत्छ वा दुःख गर्छ उसले त्यसको स्वामित्व ग्रहण गर्ने छ । बाँझो खेतहरू हुने छैनन् र उत्पादनमा वृद्धि हुने छ । कलकारखानाहरूको निम्ति कच्चापदार्थ कृषि क्षेत्रबाट उपलब्ध गराइने छ । यस्ता विभिन्न क्षेत्रमा विकास हुँदा विदेसिएका दाजुभाइहरू आफ्नै देशमा आई काम गर्ने छन् । समाजवादमा महिलाहरू घरको काममा मात्र सीमित नभई देश विकासको काममा लाग्ने छन् । पुरुष र महिलाहरूलाई व्यक्तित्व विकासमा समान अवसर हुने छ । पुरुष र महिला दुवैले पढ्न लेख्न पाउने छन् । दुवैले योग्यताअनुसारको काम र कामअनुसारकै ज्याला पाउने छन् । आर्थिक असमानता कम हुँदै जाने छ ।
विज्ञान र प्रविधिमा विकास गरी देशलाई द्रुतगतिमा अगाडि लगिने छ । यी सबै कुराले पुँजीवादी देशले गरेको २–३ सय वर्षको विकास समाजवादी देशले ४०–५० वर्षमै गर्ने छ । सरसफाइमा ध्यान दिइने छ । श्रमप्रति माया गर्ने खालको मानसिकता भएको समाज निर्माण हुने छ । एकले अर्काको सम्मान गर्ने छन् । अहिलेको जस्तो काठमाडौँ अव्यवस्थित, असुरक्षित, खानेपानीको समस्या हुने छैन । बरु देशको विभिन्न ठाउँमा सुविधायुक्त सहरहरू विकास गरी स्वस्थ जीवन जीउने छन् नेपाली जनताले । अन्धविश्वास, कुरीति र कुसंस्कार देशको ठाउँ–ठाउँमा विभिन्न क्षेत्रका जनशक्ति खटाई जनचेतना फैलाई हटाइने छ । ज्येष्ठ नागरिकको निम्ति आदर निकेतनको व्यवस्था हुने छ । सुविधायुक्त बस्तीको बन्दोबस्त गरिएको हुने छ । विलासी जीवनले अन्ततः देशलाई अप्ठयारो स्थितिमा पार्ने भएकोले देश स्थितिअनुसार जीवनशैली जिउनेबारे जनता सचेत हुँदै जाने छन् । जनताको स्वास्थ्यप्रति सरकार एकदम सजग र सक्रिय हुने छ ।
समाजवादी व्यवस्था अपनाएका क्युवा, प्रजग कोरियाका जनता धेरै खुसी र सार्वभौम भएको अनुभव व्यक्त गरिरहेका छन् । ठूलो भूगोल र धेरै जनसङ्ख्या भएको देश चीन पनि समाजवादको लक्ष्यलाई उँचो पार्न लागिपरेको छ । समाजवादमा देश र जनता एक भई देशको अर्थतन्त्र र सार्वभौमिकता जोगाउन लागिपर्ने छन् । त्यसैले समाजवादी व्यवस्थामा देश आर्थिकरूपमा आत्मनिर्भर हुने छ । जब मजदुर, किसानलगायत देशभक्त जनता विद्यमान पुँजीवादी व्यवस्था फाल्न र वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्ष गर्ने छन् तब समाजवाद स्थापना हुने छ । यो हामी जनताकै सङ्घर्षमा निर्भर हुने छ ।
Leave a Reply