भर्खरै :

‘सम्पादकको मुटु’

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतबाट पारित गरेको सूचना प्रविधि विधेयकको विरोध चुलिँंदै गर्दा प्रधानमन्त्रीले सञ्चारमाध्यममाथि अर्को प्रहार गरेका छन् । प्रधानमन्त्रीले एउटा उद्योगी–व्यवसायीको भेलामा ‘सरकारका सकारात्मक कामबारे लेख्ने मुटु भएका सम्पादक नभएको’ आशयको अभिव्यक्तिलाई सञ्चारकर्मीले प्रेसमाथि सरकारको असहिष्णुताको रूपमा लिएका छन् ।

सरकारले गरेका सकारात्मक कामबारे लेख्ने ‘सम्पादक नभएको’ होइन, बरु प्रधानमन्त्रीमा आफूले जनताको अपेक्षाअनुसार काम गरेको छु भन्ने भ्रम भएको हो । सरकारले दिएको वचनअनुसार जनताको अपेक्षा पूरा हुन सकेको छैन । सरकारको कामले विकासको नाममा सत्ता वरपर रमाउने मानिसको स्वार्थमात्र पूरा भएको छ । जनताको वास्तविक अवस्था हिजो र आजमा कुनै अन्तर नभएको यथार्थ प्रधानमन्त्रीले बुझ्न नसकेका हुन् । प्रधानमन्त्रीको वरपर घुम्ने मान्छेले टेबुलमा सकारात्मक कुराको ठेली जम्मा गरेर कमजोर पक्ष लुकाइदिएका छन् । त्यसकारण उनमा सरकारले धेरै काम गरेको छ भन्ने भ्रम परेको हो ।

लोकतान्त्रिक बन्दोबस्तमा सञ्चारमाध्यमले प्रतिपक्षी भूमिका खेल्ने गर्छ । सरकार र प्रतिपक्षसमेतको नजर नपुगेका जनताका समस्यालाई सञ्चारमाध्यमले नै औँल्याइदिने गर्छन् । सञ्चारमाध्यमको यस्तो भूमिकाले लोकतन्त्रलाई अझ बलियो बनाउन र जनताको अधिकार सुरक्षित गर्न मद्दत गर्छ । नेपालको पत्रकारिताको इतिहास शासक वर्गको भजन गाउने प्रचारमाध्यमको रूपमा थालनी भए तापनि आजको नेपालको पत्रकारिता सत्ताको वरपर धुप बाल्ने भूमिकामा सीमित छैन । बरु नेपालका सञ्चारमाध्यमले उत्पीडित जनता, सुशासन र सकारात्मक चिन्तनको विकासमा भूमिका निभाएका छन् । यति लेख्दै गर्दा सञ्चारमाध्यम स्वयम् पनि वर्गीय हुने वास्तविकता भने कदापि भुल्न सकिन्न ।
सरकारले गरेका सकारात्मक कामबारे लेख्ने ‘सम्पादक नभएको’ होइन, बरु प्रधानमन्त्रीमा आफूले जनताको अपेक्षाअनुसार काम गरेको छु भन्ने भ्रम भएको हो । सरकारले दिएको वचनअनुसार जनताको अपेक्षा पूरा हुन सकेको छैन । सरकारको कामले विकासको नाममा सत्ता वरपर रमाउने मानिसको स्वार्थमात्र पूरा भएको छ । जनताको वास्तविक अवस्था हिजो र आजमा कुनै अन्तर नभएको यथार्थ प्रधानमन्त्रीले बुझ्न नसकेका हुन् । प्रधानमन्त्रीको वरपर घुम्ने मान्छेले टेबुलमा सकारात्मक कुराको ठेली जम्मा गरेर कमजोर पक्ष लुकाइदिएका छन् । त्यसकारण उनमा सरकारले धेरै काम गरेको छ भन्ने भ्रम परेको हो । तर, सञ्चारमाध्यमले जनताको वास्तविक अवस्था प्रकाशमा ल्याउने जिम्मेवारी पूरा गरेका छन् । त्यही कुरा प्रधानमन्त्रीले पचाउन नसक्दा ‘सम्पादकको मुटु नभएको’ निष्कर्षमा पुगेका हुन् । सरकारबाट भएका सकारात्मक कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले जनता र प्रधानमन्त्रीबीचको खाडल अझ गहिरो बन्दै गएको देखिन्छ ।
सञ्चारमाध्यमले गरेका सरकारको आलोचना र जनताको अवस्थाको चित्रणप्रति प्रधानमन्त्री रिसाउनु लोकतन्त्रको मूल मर्मविपरीत छ । सरकारको आलोचना गर्न सकिने व्यवस्था भएकोले नै लोकतान्त्रिक बन्दोबस्तलाई अब्बल बन्दोबस्त भनिएको हो । देशको प्रमुख प्रतिपक्षले प्रखर प्रतिपक्षको भूमिका खेल्न नसकेको अवस्थामा सञ्चारमाध्यमको काँधमा यो जिम्मेवारी पनि थपिएको छ । त्यसकारण प्रधानमन्त्रीले प्रतिपक्षीलाई भन्दा बढी सञ्चारमाध्यमलाई प्रहार गर्न थालेका देखिन्छन् । सञ्चारमाध्यममाथि अंकुश लगाउने सरकारी सोचको एउटा प्रस्ट अभिव्यक्ति सूचना प्रविधि विधेयक हो । विधेयकले संविधानको मौलिक हकमा समावेश गरिएको अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लाग्ने विज्ञहरूको भनाइ छ ।
प्रधानमन्त्रीले सम्पादकको मुटु खोज्दै हिँड्नुभन्दा पनि आफ्ना अन्धभक्तहरूको घेरा तोडेर जनताको वास्तविक भावना कस्तो छ, बुझ्नतिर ध्यान दिनु उपयुक्त हुन्छ । मन्त्रीहरू लगाएर सञ्चारमाध्यमलाई थर्काउने र धम्क्याउनेतिर भन्दा जनतालाई दिएका वचनबद्धता पूरा गर्नतिर लाग्नु राम्रो हुने छ । जनता खुसी भएपछि सञ्चारमाध्यमले पनि स्वभावतः सरकारका सकारात्मक उपलब्धि नलेखी सुखै हुन्न । त्यत्तिबेला सम्पादकका कलम र मुटु दुवैले सरकारको कामबारे लेख्न कर लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *