भर्खरै :

मध्यपुरमा फोटो प्रदर्शनी

 केके मानन्धर
भक्तपुर, ५ माघ । मध्यपुर सञ्चार समाजले नेपाल पर्यटन वर्ष २०२० को सन्दर्भमा एकदिने बृहत् फोटो प्रदर्शनी सम्पन्न गरेको छ । मध्यपुर थिमि क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले समाजले फोटो प्रदर्शनी आयोजना गरेको हो ।
मध्यपुर अर्थात थिमी नगरका १८ जना फोटो पत्रकारहरुले खिचेका करिब २ सय ३५ वटा फोटोहरु प्रदर्शनीमा राखिएको समाजका अध्यक्ष बाबुकाजी साःछेँ श्रेष्ठले बताए । राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकसँगै प्रदर्शनीस्थल बनाएर नगरको कला, संस्कृति, जीवनशैलीदेखि राजनीतिक विषयका फोटोहरु प्रदर्शनमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *