भर्खरै :

अग्नि सापकोटा सभामुख ¤

वस्तुराज ‘शीतल’
सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ । तर, प्रतिनिधिसभामा सभामुख पद रिक्त छ । बैठक सञ्चालन गर्न प्रतिनिधिसभामा सभामुख नियुक्ति गरिएको छैन । सभामुख नियुक्ति गर्न ढिलाइ हुनुको मूल कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको मतभेद हो । नेकपाका एक अध्यक्ष ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल अग्नि सापकोटालाई सभामुख बनाउने अडानले गर्दा सभामुखको उम्मेदवार हालसम्म टुङ्गो लागेको छैन । सभामुखको उम्मेदवार टुङ्गो नलागेको हुँदा प्रतिनिधिसभाको बैठक स्थगित हुँदै आएको हो ।
सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन आइतबार साँझ नेकपा सचिवालयको बैठक बस्यो । सो बैठकले सभामुखको टुङ्गो लगाउने सहमति जनायो । सहमतिअनुसार अग्नि सापकोटाको नाउँ सार्वजनिक भयो । सभामुखको टुङ्गो लगाउन यसअघि पार्टीले शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेको थियो । तर, उपसभामुख तुम्बाफाम्फेले सभामुख पदको टुङ्गो लगाएपछि मात्रै राजीनामा दिने या टुङ्गो लगाउने निर्णय गरेकी थिइन् ।
सभामुख टुङ्गो लगाउन नेकपाका अध्यक्षद्वयबीच यसअघि पटक–पटक छलफल भयो । तर, टुङ्गो लागेको थिएन । सत्तारुढ दलको सभामुख र अरू दलको उपसभामुख बनाउनुपर्ने संवैधानिक प्रावधान छ । संवैधानिक सो बन्दोबस्त लागू गर्न र गराउन सरकार केन्द्रित भइरहेको छ । पार्टी एक भएर पनि पूर्वएमाले या पूर्वमाओवादीका सांसदलाई सभामुख बनाउने मनसायले गर्दा विवाद लम्बिएको हो । नेकपाले सभामुख टुङ्गो लगाउन नसके नेकाले प्रक्रिया अघि बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गरिसकेको थियो । सभामुखको टुङ्गो लगाउन नसक्दा नेकपा अन्य राजनीतिक दल र नेपालीबीच बदनाम भएको हो । पार्टी एक भएर पनि भागबन्डाको राजनीति कायम भइरह्यो । सभामुखको उम्मेदवार समयमै टुङ्गो लगाउन नसकेको हुँदा अन्य व्यक्तिहरूसमेत उम्मेदवारीको लागि तयारी भइरहेको जानकारी प्रकाशमा आयो । हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल र टोपबहादुर रायमाझीजस्ता सांसदहरू पनि सभामुख बन्ने तयारीमा जुटे । के यो घुर्की होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *